काठमाडौँ, असार २ गते । सूर्य नेपाल गल्फ टुरअन्तर्गत सिजनको अन्तिम तथा सर्वाधिक नगद पुरस्कार राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन रवि खड्काले अग्रता बनाउनुभएको छ ।
पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोटर्छमा सोमबारदेखि सुरु भएको प्रतियोगितामा रविले पाँच अन्डर ६७ खेल्नुभयो । साविक विजेता सुवास तामाङ चार अन्डर ६८ स्कोरसहित दोस्रो स्थानमा हुनुहुन्छ ।
यस्तै तीन अन्डर ६९ स्कोरसहित एमेच्योर निम दोर्जी तामाङ र राहुल विश्वकर्मा तथा प्रोद्वय भुवन नगरकोटी र धन बहादुरथापाले संयुक्त रूपमा तेस्रो स्थान रहनुभएको छ ।
चारदिने ७२ होलको प्रतियोगितामा ३७ जना प्रोफेसनल गल्फरले सर्वाधिक १६ लाख रुपियाँम् पुरस्कार राशीको लागि प्रतिस्पर्धा गर्ने छन् ।
उपाधि विजेताले तीन लाख, उपविजेताले एक लाख ८५ हजार र तेस्रो हुनेले एक लाख २५ हजार रुपियाँ पुरस्कार पाउने छ ।
यस्तै चौथोदेखि २१औँ स्थानमा रहने प्रोले आकर्षक नगद हात पार्ने छन् । प्रतियोगितामा १८ जना एमेच्योर पनि प्रतिस्पर्धामा छन् ।