ख्यालख्यालमै यो दिल तोडेर गयौ
नदीबिच मझधारमा छोडेर गयौ ।
पर्खाइमै बिती गए सारा दिनहरू
हिँडिरहेको बाटो अन्तै मोडेर गयौ ।
मनभित्र फुल्दै थिए पिरतीका मुनाहरू
बोटबिना रित्तो गमला गोडेर गयौ ।
घुम्तीमा हाम्रो आँखा जुधेको बेला
खुसुक्क भनिदेऊ, के के सोचेर गयौ ?
आँसु बनेर खस्यो, बिछोडको पीडा
आफ्नै आँसुले घाउ धोएर गयौ ।
के वरदान माग्यौ, म कसोरी जानुँ ?
द्यौताको सामु दुवै हात जोडेर गयौ ।
बिर्सन गाह्रो हुन्छ, पिरतीको चिनो
सम्झनाको देउराली ढोगेर गयौ ।