स्कुल बसको ठक्करबाट एकको मृत्यु
धनुषाको विदेह नगरपालिका–७, जोगियारामा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
सिँचाइ आयोजना पुन : सञ्चालनमा
ट्रान्सफर्मर चोरीपछि अवरुद्ध धनुषाको बटेश्वर गाउँपालिका–३, मा रहेको सिँचाइ आयोजना सञ्चालनमा आएको छ ।
सप्तरीका १४ पालिका दमकलविहीन
सप्तरी जिल्लाका १८ पालिकामध्ये चार पालिकामा मात्र दमकल छन् । जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार जिल्लाका चार नगरपालिकामा मात्र दमकल सेवा सञ्चालनमा छ ।
ध्वनि प्रदूषण गर्ने सवारीसाधनको प्रेसर हर्न निकालियो
ध्वनी प्रदूषण नियन्त्रण अभियान कार्यक्रमअन्तर्गत सो प्रेसर हर्न निकालिएको ट्राफिक प्रहरीले जनाएको छ ।
जनकपुरधाममा जानकी नवमीको रौनक
आज वैशाख शुक्ल नवमीको दिन माता सीताको प्राकट्य दिवस जनकपुरधाममा धुमधामका साथ मनाइदै छ । मिथिलाको राजा जनक र महारानी सुनैनाको जेठी छोरी माता सीतालाई मान्निछ । सीतालाई लक्ष्मीको रुप पनि भन्निछ ।
मधेसमा आज सार्वजनिक बिदा
जनकपुरधाममा आज जानकीनवमी मनाइँदै छ । माता जानकी सीताको जन्मदिनको स्मरणमा जानकी नवमी मनाइँदै छ । वैशाख शुक्ल नवमीको दिनलाई जानकी नवमीको रूपमा मनाउने गरिन्छ ।
स्वास्थ्य र कृषिमा अब्बल बनाउने
महोत्तरीका १० वटा नगरपालिकामध्ये भङ्गहा नगरपालिका २०७४ सालमा साबिकका छ वटा गाविस भङ्गहा, सिङ्ग्याही, धर्मपुर, हतिसर्वा, मेघनाथगोरहन्ना र हरिहरपुर हरिनमरी एकीकृत गरी बनेको हो । जम्मा
कसैलाई छैन उच्च रक्तचाप !
आधुनिक जीवनशैलीसँगै बढ्दो रक्तचाप मानव स्वास्थ्यका लागि चुनौतीपूर्ण बनेको छ तर महोत्तरीको एउटा गाउँका कसैलाई उच्च रक्तचापसमेत नभएको पाइएको छ । भौगोलिक जटिलता र आर्थिक विपन्नता रहेको महोत्तरीकै दुर्गम बस्ती बर्दीबास नगरपालिका–१०, झ्याउरे भाङ्ग्रेमा अनेकन समस्या छन् तर त्यहाँका बासिन्दाको स्वस्थ्य जीवन भने अहिले सबैका लागि उदाहरणीय र चर्चाको विषय बनेको छ ।
जयनगर-जनकपुर-भङ्गहा रेल सेवा तीन दिन बन्द हुने
भारतमा लोक सभा निर्वाचनका कारण जयनगर-जनकपुर-भङ्गहा रेलसेवा तीन दिनसम्म बन्द हुने भएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत हुनु अगावै विश्वासको मत लिन मुख्यमन्त्रीलाई सुझाव
जनता समाजवादी पार्टी नेपाल संसदीय दल मधेश प्रदेशको बिहीबार दिउँसो प्रदेश सरकारको मुख्यालय मधेश भवनमा बसेको बैठक सम्पन्न भएको छ।
सप्तरीमा युवकको शव फेला
सप्तरीको राजविराज नगरपालिका-१३ स्थित खाँडो खोलामा युवकको शव भेटिएको छ । राजविराज नगरपालिका १३ प्रिपाहीका अशोक यादवको छोरा १९ वर्षीय सुनिल कुमार यादव बिहीबार दिउँसो मृत भेटिएको हो ।
खेतको सिमाना विवादमा सँधियारको हत्या
सिरहाको अर्नमा गाउँपालिका-२ स्थित ब्रह्मपुरीमा खेतको सिमाना विवादका क्रममा ५५ वर्षीय बचाइ महतोले कोदालो प्रहार गर्दा सोही उमेरका सँधियार बुधराम महतोको मृत्यु भएको छ ।
अर्गानिक खेतीलाई प्रोत्साहन गर्न ढैँचा मलको बिउँ वितरण
धनुषाको मिथिला नगरपालिकाले अर्गानिक खेतीलाई प्रोत्साहन गर्न अनुदानमा ढैँचा (हरियो) मल वितरण गरेको छ । रासायनिक मल माथिको निर्माता कम गर्न तथा तथा अर्गानिक खेतीलाई प्रोत्साहन गर्न नगरपालिकाले नगरभित्रका किसानलाई ७५ प्रतिशत अनुदानमा ढैँचा मल वितरण गरेको हो ।
कश्मीरमा बन्धक बनाइएका ३५ नेपाली मजदुरको उद्धार
भारतको कश्मीर पुर्याएर बन्धक बनाइएका मजदुर बिहीबार नेपाल आइपुगेका छन् । सर्लाही, महोत्तरी र धनुषाका ३५ जना मजदुर बिहीबार बिहान सर्लाहीको मलङ्गवा नाका हुँदै नेपाल आइपुगेका हुन् ।
भन्सार छलेर ल्याइएको नौ लाखका कपडा बरामद
भन्सार छलेर ल्याइएको नौ लाख रुपियाँभन्दा बढीका भारतीय कपडा महोत्तरी प्रहरीले बरामद गरेको छ । रामगोपालपुर नगरपालिका ६ स्थित सडक छेउबाट बेवारिसे अवस्थामा एक हजार १५७ थान कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।
चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै
तराई–मधेसका जिल्लाहरुमा लोकमार्गदेखि दक्षिणी भेगमा हातेकल सुक्न थालेपछि व्यापकरुपमा खानेपानीको समस्या देखिन थालेको छ । तराई–मधेस क्षेत्रमा खानेपानीका लागि सबैभन्दा चल्तीको साधन हातेकल हो । चैतदेखि सुरू भएको चापाकल सुक्ने समस्या वैशाखसम्ममा विकराल बनेको छ ।
जलवायुको सर्वाधिक जोखिममा मधेश
जलवायु परिवर्तन र मौसमी घटनाक्रमको गम्भीर असर झेल्दै आएको नेपालमा जलवायु अनुकूल योजनामा ध्यान नदिए मुलुकले अनेकन प्रकोप र विपत्को जोखिम झेल्नुपर्ने वातावरण विज्ञहरूले बताउनुभएको छ । ८० प्रति
‘मृत्युभोजका लागि दबाब छैन’
तराई मधेशमा परापूर्वकालदेखि चल्दै आइरहेको मृत्युभोज नियन्त्रण हुन लागेको यादव जातिका सभापति माइनजनहरूले बताएका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य तथा सङ्घीय सांसद गङ्गाप्रसा
जानकी नवमी मनाइने
प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन आयोजना हुने जानकी नवमी अर्थात् जानकी प्रकाट्य जन्मोत्सव यस वर्ष पनि धूमधामका साथ मनाइने भएको छ ।
कानुन कार्यान्वयनका विषयमा राज्यका सबै अङ्ग जिम्मेवार बन्नुपर्छ
मधेश प्रदेशका निवर्तमान गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले राज्यले निमार्ण गरेका ऐन कानुनको प्रभावकारी कार्यान्वयनका विषयमा राज्यका सबै अङ्ग जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ।
तीन दिनमा डेढ करोडभन्दा बढीको सामान बरामद
जिल्ला प्रहरी कार्यालय धनुषाले तीन दिनमा डेढ करोडभन्दा बढी लागतका भन्सार छलेर ल्याइएका सामान नियन्त्रणमा लिएको छ ।
तीन दशकअघिको मधेश चिनाउन 'कल्चरल भिलेज'
वन, वातावरण र वन्यजन्तु संरक्षणको अभियान सक्रिय देवनारायण मण्डलले तीन दशकअघिको मधेश बुझाउन 'कल्चर भिले' सञ्चालन गर्नुभएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका–२, पुरनदाहामा यो भिलेज छ ।
एउटा झुलले प्रमुदित दलित बस्तीकी दुखी सदाय
लामखुट्टेले लहानमा कतिसम्म सताएको छ, त्यसको पीडा यहाँका दलित तथा विपन्न समुदायले भोगेका छन् । बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने समस्यामा रहेका उनीहरू झुलबिनै रात बिताउन बाध्य छन् ।
व्यवस्थित छैन मजदुर बजार
सहरका विभिन्न चोकचौराहामा मजदुरीको खोजीमा रहेकाहरूको भिड लाग्ने गरेको छ । त्यसरी चोक चोकमा मजदुरीको पर्खाइमा बसेकहरूमध्ये २५ प्रतिशतले काम पाउँछन् भने ७५ प्रतिशत मजदुर कामबिना घर फर्किने गर्छन् । दैनिक ज्यालादारीमा काम गर्न सहरआसपासका विभिन्न जिल्लाबाट आएका २२ देखि ६० वर्ष उमेर समूहका नागरिक रहने गरेका छन् । त्यसमा पनि कोही वैदेशिक रोजगारीबाट फर्केका छन् भने कोही भारतबाट फर्केका छन् ।