वीरगञ्ज भन्सारबाट लक्ष्यअनुसार राजस्व उठेन
वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा रु ४९ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयलाई यो अवधिमा रु ७० अर्ब ४४ करोड सङ्कलन गर्ने लक्ष्य भन्सार विभागले निर्धारण गरेको थियो ।
विवाहपञ्चमी महोत्सव : जानकीमाताको मटकोर विधि सम्पन्न
मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रत्येक वर्ष मनाइने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव उल्लास पूर्वक मनाइँदैछ।
‘महिलालाई रोजगारसँग जोड्नुपर्छ’
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले महिलालाई रोजगार र उद्योगसँग जोड्न सकियो भने मात्र नेपाललाई विकासोन्मुख मुलुकमा स्तरोन्नति गर्न सकिने बताउनुभएको छ ।
१८ जना अपाङ्गता भएका व्यक्तिलाई 'ह्वील चेयर' वितरण
महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले अपाङ्ग दिवसको अवसरमा नगरपालिकाका १८ जना अशक्त अपाङ्गता भएकाहरुलाई ह्वील चेयर वितरण गरेको छ।
वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि
मुलुकका अन्य भन्सारका तुलनामा यहाँस्थित भन्सार कार्यालयबाट निर्यात बढेको छ । यहाँ एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भएकाले देशका अन्य २६ स्थानका भन्सार कार्यालयले भन्दा बढी वस्तु निर्यात भएको हो ।
आज गङ्गा सागरमा सीताको मटकोर हुँदै
साताव्यापी विवाह पञ्चमी महोत्सवको बिहीबार पाँचौ दिन अर्थात् मटकोर विवाहको अघिल्लो दिन गरिने विधि हर्षोउल्लासका साथ मनाइने भएको छ ।
‘अपाङ्गमैत्री वातावरण निर्माणमा मधेश सरकार प्रतिबद्ध छ’
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अपाङ्गमैत्री वातावरण निमार्णका लागि मधेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपाल रेल सेवा यात्रु भरिएलगतै सञ्चालन गरिने
जयनगर–जनकपुर सञ्चालन भइरहेको नेपाल रेल्वे सेवा तीन दिन यात्रु भरिएपछि तुरुन्त सञ्चालन गरिने भएको छ । जनकपुरधाममा आयोजना हुन गइरहेको विवाहपञ्चमी महामहोत्सव मेलालाई ध्यानमा राखेर तीन दिन यात्रुको चापअनुसार रेल सेवा सञ्चालन गरिने नेपाल रेल्वे कम्पनी लिमिटेड केन्द्रीय कार्यालय जनकपुरधामले जनाएको छ ।
गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउन पहल गरिनेछ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउन सरकारले पहल गर्ने बताउनुभएको छ।
'संविधानमा देखिएका त्रुटिहरूलाई संशोधन गरी अघि बढ्नुपर्छ'
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधान कानुनमा उल्लेखित धेरैजसो विषयवस्तुले विभिन्न खालका समस्याहरू उत्पन्न हुने गरेको भन्दै संविधानमा देखिएका त्रुटिहरूलाई संशोधन गरी अघि बढ्नुपर्ने बताउनुभएको छ ।
धान काट्न मजदुरको सट्टा रिपर मेसिन !
सदरमुकाम जलेश्वरसँग जोडिएको दक्षिणवर्ती क्षेत्रका किसानका लागि (धान काट्ने) रिपर मेसिन उपयोगी सावित भएको छ ।
खाद्य कम्पनी ४२ हजार क्विन्टल धान खरिद गर्दै
यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी कम्पनीले ३२ हजार क्विन्टल सोनामन्सुली र १० हजार क्विन्टल जिरामसिनो धान खरिद गर्ने भएको छ ।
विवाह पञ्चमीअन्तर्गत आज तिलकोत्सव समारोह हुने
जनकपुरधाममा बुधबार विवाह पञ्चमी महोत्सवअन्तर्गतको तिलकोत्सव विधिको आयोजना हुने भएको छ । प्राचीनकालमा राजा जनकले अयोध्याबाट आएका राम र उनका परिवारका सदस्यहरूलाई सम्मानपूर्वक स्वागत गर्दै साताव्यापी विवाह महोत्सवको चौथो दिन आज तिलकोत्सव समारोह हुन थालेको हो ।
दुधमतीको अतिक्रमण हटाइने
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले दुधमती नदीको अतिक्रमण तत्काल हटाउने बताउनुभएको छ । मुख्यमन्त्री सिंहको अध्यक्षतामा मङ्गलबार जनकपुरधाममा बसेको उच्चस्तरीय समितिको बैठकले दुधमतीको प्राकृतिक बहाव क्षेत्रको सीमाङ्कन तथा नक्साङ्कन गरी तत्काल उत्खनन कार्य सुरु गर्ने निर्णय गरेको बताउनुभएको हो ।
भालुको आक्रमणबाट एक जना घाइते
सर्लाहीको लालबन्दी नगरपालिका–१३, मा भालुको आक्रमणबाट एक जना घाइते भएका छन् ।लालबन्दी नगरपालिका–१३, का ५० वर्षीय मिठ्ठु भन्ने मानबहादुर बम्जनलाई लालबन्दी बजारमा चामल किनेर घर फर्कदै गर्दा मङ्गलबार दिउँसो ४ बजेतिर सेतिभिर गाउँ र कर्मडण्डीको बिच भागमा पर्ने चुरेपाखाको जङ्गलमा भालुले आक्रमण गरेको हो ।
विद्यालय शिक्षा विज्ञान र प्रविधियुक्त हुनुुपर्छ : मन्त्री भट्टराई
सङ्घीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षालाई विज्ञान र प्रविधिसँग जोडेर अघि बढाउनुुपर्ने बताउनुभएको छ ।
विवाह पञ्चमी महोत्सव : पाँच सय जन्तीको लर्को
सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको मङ्गलबार तेस्रो दिन धनुष यज्ञ कार्यक्रम गरी मनाइयो ।
दातृ निकायले प्रदेशको आवश्यकता अनुसार कार्यक्रम सञ्चालन गर्नुपर्छ : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशको विकास र समृद्धिमा दातृ निकायको स्थान महत्त्वपूर्ण रहने बताउनुभएको छ।
विवाह पञ्चमीमा धनुष यज्ञ
सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुष यज्ञ कार्यक्रम गरेर महोत्सव मनाइँदै छ।
विवाहपञ्चमी महोत्सवमा प्रदेश सरकारको अपनत्व
मधेश प्रदेश सरकारले विवाहपञ्चमी महोत्सवलाई पहिलो पटक अपनत्व ग्रहण गरेदेखि व्यवस्थापनमा सक्रियता देखाएको छ।
अयोध्याबाट आएका जन्ती जनकपुर प्रस्थान
विवाहपञ्चमी महोत्सवमा भाग लिन भारतको अयोध्याबाट आएका जन्तीलाई महोत्तरी विभिन्न पालिकामा स्वागत र बिदाइ गरिएको छ। सोमबार राति जिल्लाको मटिहानीमा विश्राम गरेका जन्ती मंगलबार बिहान मटिहानी हुँदै जलेश्वर तथा पिपरा हुँदै जनकपुर प्रस्थान गरेका छन्।
सबै धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै अघि बढ्नुपर्छ : कार्यवाहक प्रधानमन्त्री सिंह
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सबैले आफ्नो आस्थाअनुसारको धर्म, संस्कृति र परम्पराअनुसार अघि बढ्ने अवस्थाको जगेर्ना गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ ।
ट्याक्टर पल्टिँदा चालकको मृत्यु
धनुषामा उखु लोड गरिएको ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।
प्रविधिले दाइँ गर्ने परम्परा लोप हुँदै
कृषिमा भित्रिएको आधुनिक प्रविधिले गर्दा गाउँघरमा दाइँ गर्ने परम्परा लोप हुँदै जान थालेको छ । केही वर्ष अघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ हाल्दै आएका धनुषाका अधिकांश किसान पछिल्लो समय आधुनिक थ्रेसर मेशिन र ट्रयाक्टरका सहायताबाट धान चुट्न थालेपछि दाइँ परम्परा लोप हुन लागेको हो ।