कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना छैनः नेता खनाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले हाल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताउनुभएको छ ।
शिक्षक नहुँदा बालबालिका टाढाको विद्यालय जान बाध्य
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–९, हथराटोलमा विद्यालय भवन निर्माण भएको दुई वर्ष भयो
कुमालेलाई माटोका भाँडा बनाउन भ्याइनभ्याइ
सप्तरीको विष्णुपुर गाउँपालिका ३ का वर्ष २० का श्रीराम पण्डितलाई यतिबेला माटोका भाँडा बनाउन भ्याइनभ्याइ छ ।
स्ववियु निर्वाचन : ठाकुरराम क्याम्पसमा ३४ विद्यार्थी समूहद्वारा दर्ता
त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को आसन्न निर्वाचनका लागि वीरगञ्जको चर्चित ठाकुरराम क्याम्पसमा ३४ विद्यार्थी सङ्घ, सङ्गठन र समूहले दर्ता गरेका छन् ।
स्कारपियो दुर्घटनामा चालकको मृत्यु
सर्लाहीको चक्रघट्टा गाउँपालिका–२, बेल्हीमा स्कारपियो पल्टिँदा चालकको मृत्युु भएको छ ।
डोला दर्शनका लागि श्रद्धालुको भीड
‘सियावर रामचन्द्रकी जय हो’ एउटै वाणी, एउटै लय । मिथिला माध्यमिकी परिक्रमाका यात्रीको अचेल मन्त्र पनि यही, जाप पनि यही ।
अस्पतालका सञ्चालक पक्राउ
रौतहटको चन्द्रपुर–४ चन्द्रनिगाहपुरमा लामो समयदेखि अवैधरूपमा अस्पताल सञ्चालन गर्दै आइरहेका एकजना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा
धनुषाको गणेशमान चारनाथ नगरपालिकाले गर्भवती तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा थालनी गरेको छ । घरमा सुत्केरी हुने दरलाई शून्यमा झार्न तथा अस्पतालमा सुरक्षित रुपमा सुत्केरी गराउनका लागि अभिप्रेरित गराउने उद्देश्यका साथ एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो ।
सप्तरीमा बाघको आक्रमणबाट दुई जना घाइते
सप्तरीको सप्तकोसी नगरपालिका १ मा सोमबार बिहानै आएको पाटे बाघले दुई जनालाई घाइते बनाएको छ । स्थानीय गणेश खत्री र कृष्ण विष्टलाई घाइते बनाएको स्थानीय खगेन्द्र कार्कीले जानकारी दिनुभएको छ ।
राष्ट्रिय सदाचार नीति कडाइका साथ लागु गर्नुपर्छ : मुख्यमन्त्री सिंह
राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेश प्रदेशको राजधानी जनकपुरधाममा आइतबार आयोजना गरेको राष्ट्रिय सदाचार नीति, दिगो विकास लक्ष्य र संकल्प प्रस्ताव सम्बन्धमा प्रदेशस्तरीय अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
सात वर्षमा पनि बन्न सकेन सडक र नाला
सप्तरीको राजविराज नगरपालिकाभित्र विभिन्न सडक तथा नाला निर्माण कार्य सात वर्षमा पाँचौँ पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न भएन ।
मधेशमा जघन्य अपराध बढ्दै
गत शनिबार धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–५, बनिनियाँस्थित एक घरमा सातादेखि ताल्चा लागेको सूचना पाएपछि प्रहरीले अनुसन्धान सुरु गर्यो ।
राजविराज बजार बन्द
सप्तरीको राजविराजवासीले बिटौरी तथा ब्लक जग्गाको लालपुर्जाको माग गर्दै आज बिहानैदेखि बजार बन्द गरेर आन्दोलन गरेका छन् ।
गोरखापत्रकर्मी चौधरीसहित पत्रकार पुरस्कृत
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) मधेस प्रदेश समितिले गोरखापत्र दैनिकका समाचारदातासहित चार जना पत्रकारलाई पुरस्कृत गरेको छ ।
गाडीको ठक्करबाट निलगाईकाे मृत्यु
कार चालक सम्पर्कमा आएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार कारबाही चलाइने डिभिजन वन कार्यालयका वन अधिकृत बस्यालले बताउनुुभएको छ ।
मुख्यमन्त्री आउँदा अवैध अस्पताल सञ्चालक फरार
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह अनुुगमनमा आउँदा सर्लाहीको नवलपुर बजारमा सञ्चालित अवैध अस्पतालका सञ्चालकहरु फरार भएका छन् ।
‘मधेशी समुदायको पहिचानका लागि सबैभन्दा बढी त्याग माओवादीले गरेको छ’
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशीलगायत देशका उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबभन्दा बढी त्याग माओवादीले गरेको बताउनुभएको छ । धनुषाको कमला नगरपालिका ३ पर्सामा आयोजित सहिद परिवार सम्मान तथा जनभेटघाटमा उहाँले यस्तो धारणा राख्नुभएको हो ।
छिमेकीबाटै बालिका बलात्कृत
सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ घर भएकी पाँच वर्षीय बालिका छिमेकीबाटै बलात्कृत भएकी छिन् ।
वीरगञ्ज नाका हुँदै सात महिनामा आठ अर्ब ६८ करोड मूल्य धान–चामल आयात
वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु आठ अर्ब ६८ करोड मूल्य पर्ने २२ करोड ६४ लाख आठ हजार दुई सय २९ किलोग्राम धान आयात भएको छ ।
दोस्रो वीरगञ्ज गोल्डकप : वीरगञ्ज युनाइटेड क्लब विजयी
शनिबारदेखि सुरु भएको दोस्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगितामा आयोजक वीरगञ्ज युनाइटेड क्लब वीरगञ्ज उद्घाटन खेलमा विजयी भएको छ । शनिबारको खेल वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले उदघाटन गर्नु भएको थियो ।
सुरुङ खनेर एकैरात पाँच घरमा चोरी
शुक्रबार राति चोरको समूहले सक्रौल टोलका श्रीभुपनारायण राय, राजदेव राय, तेजा सहनी, गगनदेव साह र सुकदेव रायको घरमा चोरी गरेको हो। पाँचवटा घरमा घरभित्र रहेका गरगहना, नगदलगायतका सरसामग्री चोरी भएको पीडितले बताएका छन्।
घरभित्रै गाडिएको अवस्थामा शव भेटियो
धनुषाको लक्ष्मीनिया गाउँपालिका–५, बनिनियाँमा एक महिलाको शव घरकै पूजाकोठामा गाडिएको अवस्थामा फेला परेको छ। शनिबार दिउँसो २० वर्षीया अञ्जली यादवको शव घरभित्रै फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वरुणकुमार सिंहले पुष्टि गर्नुभएको छ।
नमुना बलाष्टरलाई कोशी प्रिमियर लिगको उपाधि
सुनसरीको भोक्राहा नरसिंहमा सम्पन्न कोशी प्रिमियर लिगको उपाधि नमुना बलाष्टर इटहरीले जितेको छ ।
हावाहुरी र वर्षाले खेती नष्ट गरेपछि किसान चिन्तित
बैमौसममा परेको वर्षासँगैको असिना र हावाहुरीले मकै, गहुँ लगायत कृषिउपज नष्ट गरेपछि यहाँका किसान चिन्तित बनेका छन् ।