सर्लाहीबाटै काठमाडौँको कार्यालय भ्याउने दिन आउँदै छ : रक्षामन्त्री उप्रेती
रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सर्लाहीका नागरिकले अब आफ्नै घरमा खाना खाएर काठमाडौँमा रहेको कार्यालय भ्याउने दिन चाँडै आउने बताउनुभएको छ ।
मधेशमा १४ सदस्यीय मन्त्रिपरिषद् गठन
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । मुख्यमन्त्री सिंहले शुक्रबार १४ सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।
मधेश प्रदेशको मुख्यमन्त्रीमा सिंहले लिनुभयो शपथ
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले शपथ लिनुभएको छ । शुक्रबार मध्याह्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट सिंहले शपथ लिनुभएको हो ।
मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त
मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंहलाई नियुक्त हुनुभएको छ । शुक्रबार मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
मधेस प्रदेश: मुख्यमन्त्रीमा सतिशको दाबी पेस
मधेस प्रदेश सरकारको मुख्यमन्त्रीमा शुक्रवार बिहान जनमत पार्टीले सतिशकुमार सिंहको दाबी पेस गरिएको छ ।
जीवन उपयोगी शिक्षाका लागि योजनावद्ध काम गर्नु आवश्यक छ : सभामुख मण्डल
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले तीन तहका सरकारले जीवन उपयोगी शिक्षाका लागि योजनाबद्ध रुपमा काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ।
मन्त्रालयको भागबण्डा नमिल्दा मधेस प्रदेशको मुख्यमन्त्रीको दाबी पेशमा ढिलाइ
मन्त्रालयमा भागबण्डा नमिल्दा मधेस प्रदेशको मुख्यमन्त्रीको दाबी पेशमा ढिलाइ भएको छ।
हावाहुरीले ४७ घरमा क्षति
हावाहुरीले सर्लाहीको बरहथवा नगरपालिका–१, हजरियामा ४७ वटा घरको छानो उडाएको छ । बुधबार रातिको हावाहुरीले बरहथवा नगरपालिका वडा नं. १ को दुसाद टोल र नयाँबजार टोलमा व्यापक क्षति पुर्याएको हो ।
निर्वाचन आयोगद्वारा चौथो रणनीतिक योजना छलफल
निर्वाचन आयोगले चौथो रणनीतिक योजना (२०८१-२०८६) तर्जुमाका लागि मधेस प्रदेशमा छलफल सुरुआत गरेको छ । प्रदेशका आठवटै जिल्लाका सरोकारवालाबिच आयोगले आज महोत्तरीको बर्दिवासमा अन्तरक्रिया आयोजना गरेको हो ।
सामाजिक सौहार्दको प्रतीक बन्दै बटसावित्री पर्व
विवाहित महिलाहरूले अटल सौभाग्य र पतिको दीर्घायुको कामनासहित जिल्लाभरबाट सावित्री पर्व मनाएका छन् । यस अवसरमा विवाहित महिलाहरूले बाट वृक्षको सामूहिक रूपमा पूजा गर्नुका साथै बरको रुखको फेदीमा काँचो धागोको फेरी बाँधी पतिको अटल सौभाग्यको कामना गर्ने गर्छन् ।
खानेपानी समितिको निर्वाचनमा राजनीतिक दलबाट प्रतिनिधित्व गर्दै उम्मेदवारी
धनुषाको लालगढमा रहेको लालगढ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ नेतृत्व चयन निर्वाचन विधिबाट हुने भएको छ । सहमतिको प्रयासबाट नयाँ कार्यसमिति चयन हुन नसकेपछि निर्वाचन प्रक्रियामा गएको हो ।
धनुषामा आँपको उत्पादन २३ हजार एक सय मेट्रिकटन
धनुषामा यस वर्ष अर्थात् चालु आर्थिक वर्षमा आँपको उत्पाादन गत वर्षको तुलनामा अत्यधिक भएको छ । आँपको उत्पादन राम्रो रहकाले आर्थिक समस्याबाट गुज्रिरहेका किसानलाई धेरै राहत भएको बताइएको छ ।
सतिशलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने जनमतको निर्णय
मधेश प्रदेश सरकारको मुख्यमन्त्रीमा जनमत पार्टीले सतिशकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको बैठकले सिंहलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको पार्टीका सचिव बिपी साह जानकारी दिनुभयो ।
सात वर्षपछि मधेसको सत्ताबाट बाहिरियो जसपा
मुलुकमा सङ्घीयता आएपछि गठन भएको मधेस सरकारबाट जनता समाजवादी पार्टी, नेपाल मधेसको सत्ताबाट बाहिरिएको छ ।
मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइँदै
आज ज्येष्ठ कृष्णपक्षको आमावस्या । मिथिलाका नारी (मिथिलानी) वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजाआराधनाका साथ पतिको दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै वटसावित्री पर्व मनाउँदैछन् । वटसावित्री पर्वलाई स्थानीय भाषामा ‘वसराइत पावइन’ पनि भनिन्छ ।
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान
मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गर्नुभएको हो ।
मुख्यमन्त्री यादवलाई प्राप्त भएन विश्वासको मत
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत पाउन असफल हुनु भएको छ । सभाको तेस्रो अधिवेशनको तेस्रो बैठकमा विश्वासको मतका लागि मुख्यमन्त्री यादवले गर्नुभएको प्रस्तावको पक्षमा बहुमत आएन ।
माटोको उर्वराशक्ति बढाउन कृषि चुन वितरण
अर्गानिक खेतीलाई प्रोत्साहन गर्न ७५ प्रतिशत अनुदानमा ढैँचा (हरियो) मल वितरण गरेको धनुषाको मिथिला नगरपालिकाले माटोको उर्वराशक्ति बढाउन ठूलो मात्रामा कृषि चुन वितरण गरेको छ ।
बालविवाह अन्त्यका लागि अभियान चलाउँदै पालिका
महोत्तरीका स्थानीय पालिकाहरू बालविवाहविरुद्ध विभिन्न अभियानहरू सञ्चालन गरेको छ । बालविवाह मुक्त गर्ने राष्ट्रिय नीतिलाई सफल बनाउन लागिपरेका स्थानीय पालिकाहरू अग्रसर बनेका हुन् ।
मोबाइल व्यवसायी सङ्घ सिराहाको जिल्ला कमिटि गठन
मोबाइल व्यवसायीहरुको सिराहा जिल्ला भेलाबाट मो सरफरा अन्सारीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटि गठन गरिएको छ ।
मुख्यमन्त्री यादव पाँचौँपटक विश्वासको मत लिँदै
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उहाँले बुधबार १८ महिनामा पाँचौँपटक विश्वासको मत लिन लाग्नुभएको हो ।
मिथिलाञ्चलमा बिहीबार वटसावित्री पर्व मनाइँदै
धनुषासहित समस्त मिथिलाञ्चलमा पतिका दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै भोलि बिहीबार वटसावित्री पर्व मनाइँदैछ ।
नेकपा एसद्वारा मधेस सरकारलाई दिएको समर्थन फिर्ता
मधेश प्रदेश सरकारको सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) पार्टीले मंगलबार साँझ सरकारबाट बाहिरिएको छ । सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। सो पार्टीका दुई जना मन्त्रीले पदबाट राजीनामा दिनु भएको छ ।
मुख्यमन्त्री यादवले बुधबार पाँचौँ पटक विश्वासको मत लिने
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार पुनः विश्वासको मत लिँदै हुनुहुन्छ । पदभार सम्हालेको डेढ वर्षको अवधिमा उहाँले यो पाँचौँ पटक विश्वासको मत लिइँदै हुनुहुन्छ ।