राजदेवी मन्दिर परिसरमा सरसफाइ
गणतन्त्र दिवसको अवसरमा लहान–१५ स्थित राजदेवी मन्दिर परिसरमा मेरी चिल्ड्रेन बोर्डिङग स्कुलका वातावरण क्लबमा आबद्ध विद्यार्थीहरूले सरसफाइ गरेका छन् ।
गणतन्त्र दिवसमा जानकी मन्दिरको सरसफाइ
गणतन्त्र दिवस २०८१ को अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवद्वारा जनकपुरधामको जानकी मन्दिरमा विशेष सरसफाइको आयोजना गरिएको छ ।
सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति
नागरिकता कसुर मुद्दामा धनुषा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहियालाई तेस्रो पटक तीन दिन हिरासतमा राख्न जिल्ला अदालत धनुषाले अनुमति दिएको छ ।
बजेटमा कमला पुललाई समेट्न माग गर्दै सिरहामा स्थानीय आन्दोलित
हुलाकी लोकमार्ग अन्तर्गत १३ वर्षदेखि निर्माणाधीन सिरहा र धनुषा जोड्ने कमला पुल निर्माण गर्न आगामी बजेटमा बजेट सुनिश्चितताको माग गर्दै सिरहाका स्थानीय आन्दोलित भएका छन् ।
मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिनुहुने
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले यही जेठ २३ गते बस्ने प्रदेश सभाको बैठकमा आफूले विश्वासको मत लिनका लागि प्रस्ताव प्रस्तुत हुने जानकारी दिनुभएको छ ।
‘सरकारले बालबालिकाको क्षेत्रमा लगानी गर्नुपर्छ’
समुन्नत समाज निमार्णका लागि तीनवटै तहका सरकारले बालबालिकाको क्षेत्रमा लगानी गर्नुपर्नेमा वक्ताहरूले जोड दिनु भएको छ ।
नौ दिनदेखि महिला बेपत्ता
धनुषाको ढल्केबरबाट एक जना महिला नौ दिनदेखि बेपत्ता भएकी छन् । मिथिला नगरपालिका–६, ढल्केबरका श्रीराम यादवकी ४३ वर्षीया श्रीमती सुभद्रा भन्ने मनकुमारी यादव नौ दिनदेखि बेपत्ता हुनुभएको हो ।
काकाकुल अँधेरीगाउँ
मिर्चैया बजारबाट करिब १५ किलोमिटर उत्तर-पूर्वको चुरेफेदमा पर्छ अँधेरीगाउँ । मिर्चैया नगरपालिका-९ को यो गाउँवासीले हिजोआज धित मरुञ्जेल पानी पिउन पाएका छैनन्, त्यो पनि महिनौँसम्म । खडेरी लम्बिएको छ । खोला, इनार र कुवा सुकेका छन् ।
चन्दा सङ्कलनबाट मलामी विश्राम गृह निर्माण
धनुषाको मिथिला नगरपालिका–१०, लालगढस्थित शवदाह स्थल रातु मुक्तिधाममा स्थानीयले चन्दा सङ्कलन गरेर मलामी विश्राम गृह निर्माण गरेका छन् । दाहसंस्कारमा सहभागी हुन आउने मलामीको सुविधा हेतु सो मलामी विश्राम गृह निर्माण गरिएको हो ।
अत्यधिक गर्मीले वीरगञ्जका विद्यालय तीन दिन बन्द
अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालयको पठनपाठन तीन दिन बन्द हुने भएको छ । वीरगञ्ज आसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्न लागिएको हो ।
अग्नि पीडितलाई पङ्खा वितरण
तराई मधेशमा बढेको उखरमाउलो गर्मीका कारण आगलागीपीडित प्रभावित भइरहेका छन् । आगलागीमा सर्वस्व गुमाएका आगलागीपीडितहरू टन्टलापुर घाममा दिन काट्न साह्रै अप्ठ्यारो भइरहेको अवस्थामा नेपाली कांग्रेस सप्तरीले जिल्लाको महदेवा गाउँपालिका-१ चिम्टीका अग्नि पीडितहरूलाई एक-एक थान सिलिङ पङ्खा वितरण गरेको हो ।
बालउद्यान व्यवसायमा ठुलो राजस्व छली
बालउद्यानका सञ्चालकहरूले वार्षिक अरबौँ रुपियाँ राजस्व छली गर्ने गरेको तथ्य खुलेको छ । मेला महोत्सवमा रोटेपिङ लगायत विभिन्न मनोरञ्जनका साधन सञ्चालन गर्ने बालउद्यानका सञ्चालकहरूले भन्सार तथा आन्तरिक राजस्व छली गर्ने गरेका हुन् ।
अध्यक्ष सिरोहियालाई अदालत उपस्थित गराइँदै
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई सोमबार अदालत उपस्थित गराइँदै छ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका उहाँलाई तेस्रो पटक म्याद थपका लागि जिल्ला अदालत धनुषामा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
पढाइ कम्प्युटर पेसा ड्र्यागन खेती
सप्तरीको रूपनी गाउँपालिका–४, लक्ष्मीपुरकी सुषमा यादवको पढाइ कम्प्युटर विज्ञान हो । उहाँले पढ्नुभएको विषयमा सजिलै सरकारी, अर्धसरकारीमा जागिर पाउन सक्नुहुन्थ्यो तर उहाँको रोजाइमा जागिर परेन, उहाँ व्यावसायिक कृषिकर्ममा लाग्नुभएको छ ।
जेसिबीमा आगलागी हुँदा क्षति
सर्लाहीको लालबन्दीमा जेसिबीमा आगलागी भएको छ । लालबन्दी नगरपालिका –५, स्थित कालिन्जोर खोलामा रोकिराखेको बा ३ क २९८६ नम्वरको जेसिबीमा आगलागी हुँदा जलेर क्षति भएको छ ।
ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सर्लाहीको बसबरिया गाउँपालिका–१, मानपुरमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक धनकौल गाउँपालिका–३, हरकठवाका ३० वर्षीय सुरेशकुमार सिंहको मृत्यु भएको हो ।
विदेशको कमाइ कृषिमा लगानी,कोभिडले बनायो कृषक
विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ (कोरोना) का कारण वैदेशिक रोजगारीमा गएका धेरै जसो युवा घर फर्किन बाध्य भए । यसरी फकिर्नेमध्ये महोत्तरी लोहारपट्टी नगरपालिका–७, भमरपुराका दीपेन्द्र राय पनि एक हुनुहुन्छ ।
आविष्कार केन्द्रले बनायो दश किसिमका कृषि औजार
राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ ।
राजविराजमा भलुवाही खोला सरसफाइ अभियान सुरु
सप्तरीको राजविराज नगरपालिकामा रहेको भलुवाही खोला सरसफाइ अभियान सुरु गरिएको छ ।
पर्सामा आइतबारदेखि पोलियोविरुद्धको खोप लगाइने
जिल्लामा आइतबारदेखि पहिलो चरणअन्तर्गत पोलियोविरुद्धको (आइपिभी) खोप अभियान सञ्चालन हुँदैछ ।
स्वास्थ्यमा समस्या देखिएपछि सिरोहिया अस्पताल भर्ना
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना हुनुभएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उहाँ शुक्रबार राति अस्पताल भर्ना हुनुभएको हो।
एक गाईले फेरिदियो पाँच युवाको जीवन
सरकारी, गैरसरकारी संस्थाको जागिर छाडेर पाँच जना युवा मिलेर एउटा मात्र गाई किनेर सुरु गरेको व्यवसायबाट अहिले करोडौँको कारोबार भइरहेको छ । यसरी जागिर छोडेर तत्काल बेरोजगार भएका युवाले गाई किन्दा घरपरिवारबाट असहयोग मात्र होइन सबैले पागल भइस् भन्थे ।
कान्तिपुरका अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति
नागरिकता कसुर मुद्दामा पक्राउ परेका कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
‘सीमावासीसङ्ग सशस्त्र प्रहरी कार्यक्रम’ले सीमाक्षेत्रका बासिन्दा खुसी
सशस्त्र प्रहरी बल रौतहटले नेपाल भारत सीमाक्षेत्रमा सम्पन्न ‘सीमावासीसङ्ग सशस्त्र प्रहरी कार्यक्रम’ले सीमाक्षेत्रका बासिन्दा खुसी भएका छन् ।