• १७ फागुन २०८१, शनिबार

जनताको सामाजिक न्यायको लागि अभियानमा छौं : प्रचण्ड

blog

मुसहर समुदायका अगुवाहरुले बुझाएका ध्यानकर्षण पत्र बुझनुहुँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । तस्बिर : जीवछ यादव

जीवछ यादव

लहान, फागुन १७ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय जनताले पाउनुपर्ने उद्देश्यले तराई-मधेश अभियानमा जुटेको बताउनुभएको छ । 

अभियान अन्तर्गत सिरहा आइपुग्नु भएको माओवादी अध्यक्ष प्रचण्ड नवराजपुर गाउँपालिका–१ भगवतीपुर बलात्कृत भई मृत्यु भएकी रिङकु सदायको घर पुगेर यस्तो बताउनुभएको हो । 

सामाजिक न्याय पाउन नसकिरहेको तराई–मधेशका जनतालाई सामाजिक न्याय दिलाउन, विभेद र अत्याचारबाट मुक्त गराउन जनजागरण चलिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, "संविधानले गरिब र दलितलाई अधिकार दिए पनि प्रहरी प्रशासनले सेटिङगमा घट्ना लुकाउने काम भइरहेको सुनिएको छ । रिङ्कु सदायको घटनाको दोषी नउम्किउन र अपराधमा संलग्नहरूलाई प्रहरीले नियणत्रणमा लिएर कानुनी कारबाही गरुन । पीडित परिवारलाई न्याय दिलाउनका लागि नेकपा मोओवादी केन्द्र पछि पर्दैन । सदनमा समेत आवाज उठिसकेकोले न्याय दिलाउन प्रतिबद्ध छौं ।"

अभियानको क्रममा सिराहा र सप्तरी दुई जिल्लामा सामाजिक न्याय कमजोर हुनुमा स्थानीय राजनीतिक दलहरू प्रहरी प्रशासनको मिलोमतोमा गरिब दलितहरूको आवाजलाई दबाउन काम भइरहेको उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्डले थप्नुभयो, "माओवादी पार्टी कमजोर भए सामाजिक न्याय अझै कमजोर हुने भएकोले पार्टी मजबुत बनाउन सिङ्गै पार्टी अभियानमा लागेका छौं ।" 

घरमै आएर न्याय दिलाउने प्रतिबद्धता गरेपछि अब न्याय हुने रिङ्कु सदायका पिता बिजुली सदायले आशा जागेको बताउनुभयो । हाम्रो कुरा प्रहरी प्रशासनले नसुन्ने र सामाजिक न्याय समेत नभइरहेकोले मुसहर समुदाय समस्यामा रहेको मुसहर समुदायका अगुवाहरूले लिखित ध्यानकार्षण पत्र नेकपा अध्यक्ष प्रचण्डलाई बुझाउनुभएको थियो । अगुवा रामसुफल सदायले बुझाउनु भएको ध्यानकार्षण पत्रमा मुसहर समुदायलाई सुरक्षित आवास, रोजगारीको प्रवन्ध, सामाजिक न्याय छुट्टै मुसहर आयोग र सामाजिक न्यायमा पहुँच हुनुपर्ने र रिङकुको बलात्कारपछिको हत्यामा संलग्न दोषीहरूलाई कानुनी कारबाही हुनुपर्ने लगायतका १३ बुँदे माग समेटिका छन् । 

माघ २७ गते सौच गर्न गएकी रिङकु बिहान तीन बजे बलात्कृत भइ घर फर्केकी थिइन । गाउँमा पञ्चायत बसेर गरेको एकलाख ४० हजार दण्ड समेत नदिदाँ आफ्नै घरमा पञ्चायत भएकै भोलिपल्ट मृत्य अवस्थामा फेला परेकी थिइन् । 

बलात्कार गरेका गाँउकै रुपेश मण्डल चन्दा साह र रामनिय मण्डल फरार हुनुमा प्रहरी प्रशासनको लापरबाही रहेको गुनासो रिङकुका परिवारजनहरूले गुनासो पोखेको थियो । 

बिहान भगवानपुर चोकदेखि सिराहा सप्तरीको सिमाना रहेको बलान नदीसम्म मर्निङ वाक सकेर सखुवानन्कारकट्टी गाउँपालिकाका पार्टी प्रवेश कार्यक्रम सकेर नवराजपुर-१ भगवतीपुर रिङ्कु सदायको घर पुगेर पश्चिमतर्फ नवराजपुर बरियारपटि औरही सन्हैठा र अन्त्यमा सिरहाको कार्यक्रम तय भएको नेकपा माओवादी केन्द्रका मधेश प्रदेशका इन्चार्ज मातृका प्रसाद यादवले जानकारी दिँदै सिराहामा बृहत् अन्तरक्रियापछि आजै धनुषातर्फ लाग्ने कार्यक्रम तय भएको बताउनुभयो ।