सजिवनको फूल चुरेको डाँडादेखि मधेशको मैदानसम्म
जाडो जाने र गर्मी बढने क्रमसँगै ढकमक्क फूलले तराईका बारी बगैँचा, खेतखरिहान र सडकपेटीसम्म सेताम्मे देखिएका छन्। यो बहुपयोगी तरकारी सजिवनको फूल हो। फागुन महिना लागे यता ढकमक्क फुलले चुरेको डाँडादेखि मधेशका मैदानसम्मको रुपरंग फेरेको छ।
मधेशबाट ८८ हजार ८५८ विद्यार्थीले एसइई दिने
आगामी चैत ७ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मधेश प्रदेशबाट ८८ हजार ८५८ जना विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका अनुसार परीक्षाका लागि ३१२ परीक्षा केन्द्र तोकिएको छ । परीक्षामा एक हजार २३१ वटा विद्यालयका विद्यार्थी सहभागी हुँदै छन् ।
विंगर दुर्घटनामा एक जनाको मृत्युु
सप्तरीमा विंगर दुर्घटना हुँदा चालकको मृत्युु भएको छ । मृत्युु हुनेमा रूपनी गाउँपालिका वडा नं १ नकटी रायपुरका रघु यादव रहेका छन् ।
टपरीको माग धानी नसक्नु
रौतहट, फागुन २७ गते । हातेमालो सामुदायिक वन उपभोक्ता समूह चन्द्रपुर रौतहटले उत्पादन गरेको वातावरणमैत्री सालको दुना–टपरीको माग अत्यधिक बढेको छ । समूहमा आबद्ध महिलालाई उद्यमशीलताको विकास गर्न भन्दै मेसिनको सहायतामा दुना–टपरी उत्पादन गर्दै आइरहेको छ । तर, समूहमा आबद्ध भएका महिलाले सालको पात टिपेर पञ्चिङ मेसिनद्वारा उत्पादन गरिएको दुना टपरीको माग थेगिनसक्नु छ । हातेमालो सामुदायिक उपभोक्ता समूहका अध्यक्ष रामलाल ठोकरले समूहमा आबद्ध भएका महिलालाई उद्यमशीलताको विकास गर्न सालको दुना–टपरीको व्यावसायिक उत्पादन गर्दै आइरहेको बताउनुभयो । “यहाँ उत्पादन भएको दुना–टपरीको माग थेगिनसक्नु छ”, उहाँले भन्नुभयो, “ग्राहक आफैँ समूहको कार्यालयमा आएर लिएर जाने गर्नुहुन्छ । हामीले अझै पनि मागअनुसारको आपूर्ति गर्न सकेका छैनौँ ।”समूहका अनुसार सालको पातबाट बनाइएको प्रति टपरीको मूल्य रु. चार, ठूलो दुनाको रु. दुई र सानो दुनोको रु. एक बजार मूल्य तोकिएको छ । “प्लाष्टिकबाट उत्पादन भएको प्लेटभन्दा सस्तो र धार्मिक दृष्टिकोणले पनि चोखो हुने भएकाले सालको दुना–टपरीको माग अत्यधिक छ”, समूहका कार्यालय सचिव लक्ष्मण महतोले भन्नुभयो, “यहाँ उत्पादन भएको दुना–टपरीको महिला उद्यमीलाई आवश्यक पर्ने सबै खर्च दिएर समूहले पनि मासिक रु. ३० हजारभन्दा धेरै रकम बचत गर्दै आइरहेको छ ।” समूहले महिला उद्यमीले सालको पात टिपेर र सामान्य खालको टपरी खुटेर ल्याउनेसँग टपरी प्रतिगोटा रु. दुई मा खरिद गर्ने गर्छ । बिजुलीको महसुल र टपरी बनाउनेलाई ज्याला र अन्य खर्चका लागि भने प्रतिटपरी रु. दुई लिँदै आइरहेको छ । दुना–टपरी बनाउने उपकरण चलाउँदै आइरहनुभएकी लक्ष्मी लामाले आफ्नै गाउँघरमा सानो भए पनि उद्यम गर्न पाएकामा हर्षित भएको बताउनुभयो । “आफ्नै गाउँघरमा बसेर दैनिक छ सय आम्दानी गर्दै आइरहेकी छु । यसले पक्कै पनि हाम्रीलाई काम गर्न सहयोग पुर्याएको छ”, उहाँले भन्नुभयो, “समूहमा आबद्ध भएका महिलाले फुर्सदको समयमा सामुदायिक वनबाट सालको पात टिपेर ल्याउनुहुन्छ ।”टपरी बनाउनका लागि सालको पातलाई सामान्य ढङ्गले खुटेर फलामको डाइमेसिनमा राखेर टपरी वा दुनाको आकार दिने गरिन्छ । समूहले २०८० जेठ १० गतेदेखि व्यावसायिक रूपमा सालको दुना–टपरीको उत्पादन गर्दै आइरहेको छ । यहाँ दैनिक दैनिक छ सय टपरी र एक हजारको हाराहारीमा सानाठूला दुना उत्पादन हुने गर्छ ।
पुल नबन्दा सास्ती
सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–६, पिपरा र हरिपुर्वा नगरपालिका–३, धनकौल पूर्वारीलाई जोड्ने सपाहा (नख्खा) खोलामा पुल नहुँदा स्थानीय सास्ती खेप्न बाध्य छन् । पूर्वपश्चिम
खाद्यलाई धान बेच्न किसानको अरुचि, स्थानीय तहले पनि चासो देखाएनन्
मधेश प्रदेशका स्थानीय तहले उत्पादन खरिदबिक्रीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग कारोबार गर्न चासो देखाएका छैनन् । जसका कारण किसानले निजी व्यापारीलाई धान र गहुँ बेच्न बाध्य छन् ।
सवारी दुर्घटनामा चार जना गम्भीर घाइते
सुनसरीमा सवारी दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् ।
सडक अलपत्र छाडेपछि ठेक्का तोड्न पत्र काटियो
सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडकको निर्माण कार्य अलपत्र छाडेर निर्माण व्यावसायी (ठेकेदार) सम्पर्कविहीन बनेका छन् ।
मिथिला मध्यमा परिक्रमाः बेवारिसे विश्रामस्थल, निर्माणको छैन ठोस योजना
मिथिला मध्यमा परिक्रमा हिन्दू धर्मावलम्बीहरूका लागि मात्र नभई विश्वकै सबैभन्दा लामो धार्मिक पदयात्राका रूपमा परिचित छ, यसलाई मिथिलाको महाकुम्भ पनि भन्ने गरिन्छ । तर परिक्रमा यात्रीको विश्राम स्थल वेवारिसे अवस्थामा छन् भने विश्राम स्थलका लागि कुनै ठोस योजना समेत बनाइएको छैन ।
आगलागी हुँदा लाखौंको क्षति
स्थानीय नयनी यादवको घर नजिकै बालिएको घुरबाट सल्केको आगो फैलिएर नयनीको दुई घरका साथै छिमेकी गोकर्ण मुखिया र लखन मुखियाको घर पनि खरानीमा परिणत भएको हो ।
एक करोड ४० लाखको लागतमा तीन योजनाको शिलान्यास
महोत्तरीको बर्दिबास नगरपालिका–३ गरिबासमा एक करोड ४० लाखको लागत तीन योजनाको शिलान्यास गरिएको छ ।
जहाँबाट मजदुर छानेर लगिन्छ
सप्तरीको राजविराज नगरपालिकाको मुख्य गजेन्द्र चोकको दक्षिणपट्टिको मुख्य सडकछेउमा बिहानैदेखि जिल्लाको विभिन्न ठाउँबाट मजदुर आउने गरेका छन् । हात हातमा खानाको झोला बोकेर एकैठाउँमा जम्मा हुन थाल्छन् ।
महोत्तरीमा एसइई दिने परीक्षार्थीको सङ्ख्या वृद्धि
एसइई परीक्षामा महोत्तरीबाट सहभागी हुने परीक्षार्थीको सङ्ख्या यो वर्ष (०८१) १ दशमलव ०३२ प्रतिशतको झिनो अङ्कले वृद्धि भएको छ ।
मिथिला माध्यमिकी परिक्रमा : यात्रुलाई हेल्पडेक्सको निरन्तर सहयोग
नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैङ्क नेपालले संयुक्त रुपमा सञ्चालन गरेको हेल्पडेक्सले मिथिला माध्यमिकी परिक्रमाका यात्रीलाई निरन्तर सहयोग गर्दै आएको छ।
सबैला नगरपालिकामा आज सार्वजनिक बिदा
धनुषाको सबैला नगरपालिकाले मिथिला माध्यमिकी परिक्रमाका भक्तजनलाई स्वागत गर्न एक दिने स्थानीय बिदा दिएको छ ।
उखु अभावले क्रसिङ प्रभावित
सर्लाहीका दुई वटा चिनी उद्योगले यस वर्षको क्रसिङ बन्द गरेका छन् भने अर्को चिनी उद्योग पनि बन्द हुने तरखरमा छ । जिल्लाको दक्षिणी क्षेत्रस्थित महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकोलले चालु सिजनका लागि उखु क्रसिङ बन्द गरेका हुन् ।
वीरगन्ज गोल्डकप पुलिसको पोल्टामा
वीरगन्ज गोल्डकपको उपाधि साविक विजेता नेपाल पुलिस क्लबले जितेको छ ।
संविधानमा मौलिक हक सुनिश्चित गर्नु सुखद् : प्रदेश प्रमुख भण्डारी
मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानले महिलाको हकलाई सुनिश्चित गर्नु सुखद पक्ष रहेको बताउनुभएको छ।
प्रदेश सरकारले समाज कल्याण ऐन ल्याउने
मधेश प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवालले समाजकल्याणसँग सम्बन्धित विभिन्न विषयलाई समेटेर एकिकृतरूपमा प्रदेश सरकारले समाज कल्याण ऐन ल्याउन लागेको बताउनुभएको छ।
देशको आर्थिक अवस्था कमजोर भएकामा राप्रपाको चिन्ता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको आर्थिक अवस्था कमजोर भएकामा चिन्ता व्यक्त गर्नुभएको छ ।
मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते
नवलपुर–मलङ्गवा सडकअन्तर्गत सर्लाहीको कविलासी नगरपालिका–१०, सलेमपुरमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको भने तीन जना घाइते भएका छन् ।
सर्लाहीका दुई चिनी उद्योग बन्द
सर्लाहीका दुई वटा चिनी उद्योगले यस वर्षको क्रसिङ्ग बन्द गरेका छन् भने अर्को चिनी उद्योग पनि बन्द हुने तरखरमा छ ।
जनसङ्ख्याका आधारमा महिलाको प्रतिनिधित्व हुनुपर्छ : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनसङ्ख्याका आधारमा महिलाको समानुपातिक प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनुभएको छ ।
रिंकु सदा मृत्यु प्रकरणका अभियुक्त सार्वजनिक
यहाँको नवराजपुर गाउँपालिका–१ भगवतिपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको सामूहिक बलात्कार तथा शंकास्पद मृत्यु घटनामा पक्राउ परेका अभियुक्तहरूलाई जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।