• १९ चैत २०८१, मङ्गलबार

मिथिला माध्यमिकी परिक्रमा : यात्रुलाई हेल्पडेक्सको निरन्तर सहयोग

blog

विजयकुमार साह 

ढल्केबर, फागुन २५ गते। नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैङ्क नेपालले संयुक्त रुपमा सञ्चालन गरेको हेल्पडेक्सले मिथिला माध्यमिकी परिक्रमाका यात्रीलाई निरन्तर सहयोग गर्दै आएको छ। परिक्रमाका यात्रीको स्वास्थ्य जाँच, औषधी वितरण तथा अन्य आवश्यक सामग्री प्रदान गरेर सहयोग गर्दै आएको हो। 

नेपाल–भारत खुला सीमा सम्वाद समूहका केन्द्रीय अध्यक्ष राजीव झाले परिक्रमामा सहभागी भएका श्रद्धालुको सुविधाका लागि हेल्पडेक्स सञ्चालन गरिएको बताउनुभयो। उहाँका अनुसार परिक्रमा सुरु भएदेखि नै प्रत्येक विश्रामस्थलमा पुगेर यो सेवा प्रदान गरिएको छ। 

विशेषगरी लामो दूरीको यात्राका क्रममा यात्रुलाई पर्ने स्वास्थ्य समस्यालाई ध्यानमा राखी आवश्यक उपचार उपलब्ध गराइएको छ।

परिक्रमाको १० औँ विश्रामस्थलमा हेल्पडेक्सले शिविरमार्फत् साधु-सन्तको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधी वितरण गरिएको बताउँदै अध्यक्ष झाले अहिलेसम्म तीन हजारभन्दा बढी भक्तजनलाई सेवा दिएको जानकारी दिनुभयो। भक्तजनको स्वास्थ्य जाँचका साथै आवश्यक परामर्श, प्राथमिक उपचार, पिउने पानी, विश्रामस्थलको व्यवस्थापन जस्ता विभिन्न सेवाबाट उपलब्ध गराउँदै आएको उहाँको भनाइ छ। 

अध्यक्ष झाले केही वर्षयता प्रत्येक साल यस प्रकारको शिविर सञ्चालन गर्दै आएको बताउँदै आगामी वर्षमा सेवा अझ व्यवस्थित र प्रभावकारी बनाउने योजना रहेको जानकारी दिनुभयो। परिक्रमाका क्रममा हेल्पडेक्सबाट प्राप्त सहयोगले यात्रा गर्न सहज भएको साधुसन्तको भनाइ छ। 

मिथिलाको महाकुम्भ मानिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा फागुन १५ गते धनुषाको कचुरीबाट सुरु भएको थियो।