• २८ फागुन २०८१, बुधबार

विंगर दुर्घटनामा एक जनाको मृत्युु

blog

दुर्घटना भएको विंगर । तस्बिर : सुधा देव

सुधा देव
भारदह(सप्तरी), फागुन २७ गते ।
सप्तरीमा विंगर दुर्घटना हुँदा चालकको मृत्युु भएको छ । मृत्युु हुनेमा रूपनी गाउँपालिका वडा नं १ नकटी रायपुरका रघु यादव रहेका छन् ।

सोमबार राति राजविराजबाट रूपनी आउने क्रममा विपरित दिशाबाट आइरहेको मोटरसाइकललाई जोगाउन खोज्दा विंगर दुर्घटना भएको हो ।

दुर्घटना परी गम्भीर घाइते हुनुभएको यादवको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्युु भएको रूपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले जानकारी दिनुभएको छ ।