• २० चैत २०८१, बुधबार

मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते

blog

जनार्जन खत्री
सर्लाही, फागुन २४ गते ।
नवलपुर–मलङ्गवा सडकअन्तर्गत सर्लाहीको कविलासी नगरपालिका–१०, सलेमपुरमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको भने तीन जना घाइते भएका छन् ।

सलेमपुरको पिडारी चोकमा मलङ्गवाबाट कविलासीतर्फ जाँदै गरेको बिआर ३० ए एच ७६३० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बिआर ३० ए एल ८२७८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा चार जना घाइते भएका थिए ।

घाइतेमध्ये चक्रघट्टा गाउँपालिका–८, औरही बस्ने ५० वर्षीय विनोद राउतको शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते राउतको उपचारका क्रममा न्यूरो अस्पताल वीरगन्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डिएसपी सरोज राईले जानकारी दिनुभयो ।

यसैगरी, चक्रघट्टा गाउँपालिका–८, औरही कै ४० वर्षीय ओमशङ्कर साह, गोडैता नगरपालिका–७, जानकीटोल बस्ने रामसिंहासन राउतको वीरगन्जमा उपचार भइरहेको डिएसपी राईले बताउनुभयो । 

त्यस्तै, गोडैता नगरपालिका–७, जानकीटोलकै २० वर्षीय गुल्शन महतो प्रादेशिक अस्पताल मलङ्गवामा उपचारपछि डिस्चार्ज भइसक्नुभएको छ । दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका छन् ।