• २६ फागुन २०८१, सोमबार

सवारी दुर्घटनामा चार जना गम्भीर घाइते

blog

जयकृष्ण यादव 

इनरुवा, फागुन २६ गते । सुनसरीमा सवारी दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् । 

सोमबार सुनसरीको कोशी गाउँपालिका वडा नं.७ हरिपुर केराबारीस्थित पूर्वपश्चिम राजमार्गमा बसले मोटरसाइकललाई ठक्कर दिएर भएको सवारी दुर्घटना हुदाँ चार जना गम्भीर घाइते भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाका अनुसार सिन्धुलीबाट काँकड्भिट्टातर्फ आउँदै गरेको मे. १ ख. १९९४ नम्बरको बसले सोही बा. प्र.०३–००१ क. १०७४ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा ठक्कर दिई पुन: अर्को प्र.०२–०३–००९ प. ४६६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

सवारी दुर्घटनामा रौतहटका गौर नगरपालिका ७ का २८ वर्षीय राजन पण्डित, सिन्धुली कमला नगरपालिका ९ का ३२ वर्षीया माया लामा, धनुषा लालगण नगरपालिका १० का ७६ वर्षीय कृष्ण पौडेल र सोही ठाउँकी ७६ वर्षीया सीतादेवी पौडेल घाइते हुनुभएको हो । 

घाइते पण्डितको गोल्डेन अस्पताल विराटनगर, लामा र पौडेल द्वय कोशी अस्पताल भण्टाबारीमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न तीन वटै चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।