अमृत कुमार महतो
बिजलपुरा (महोत्तरी) फागुन २६ गते । महोत्तरीको बर्दिबास नगरपालिका–३ गरिबासमा एक करोड ४० लाखको लागत तीन योजनाको शिलान्यास गरिएको छ । भौतिक पूर्वाधार मन्त्रालय मधेस प्रदेशको लगानिमा सामुदायिक भवन तथा विधालय भवनको शिलान्यास गरिएको हो ।
भौतिक पूर्वधार मन्त्री सरोज कुमार यादव, प्रतिनिधि सभासदस्य लक्ष्मी महतो, प्रदेश सभा सदस्य सारदा देवि थापा र वडाध्यक्ष विराट विष्टले संयुत रुपमा शिलान्यास गरेका हुन् ।
पाटुको कल्पेश्वर महादेव मन्दिरमा ४५ लाखको लागतमा सामुदायिक भवनको निर्माण हुँदैछ । राजबासको दुधेश्वरी आधारभूत विद्यालयमा ९५ लाखको लागतमा चार कोठे पक्की भवनको निर्माण कार्य थालिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष राम बहादुर थापाले बताउनुभयो ।
जस्तापताले छाएको जिर्ण भवनामा घामले पाठन पाठनमा समस्या हुदैआएको प्रधानाध्यापक शिव रानाले बताउनुभयो । भवन निर्माण पश्चात् आउँदै शैक्षिक सत्रबाट मावि स्तरको पढाइ सुरु गर्ने जनाएको छ । उहाँले रातु खोलामा मोटरेवल पुल निर्माणका लागि जनप्रतिनिधिहरुलाई ध्यानाकर्षण गराउनुभयो । विकासमा पछाडि रहेको राजाबासलाई माया गर्ने स्थानीयहरुले माग गरेका छन् ।
नेताहरुले राजाबासलाई प्राथमिकतामा राखी विकासका कामहरु अगाडि बढाएको बताउनुभयो । भौतिक पूर्वाधार मन्त्री सरोज यादवले आफूले आफ्नो मन्त्रालयबाट राजाबास सहित गौरिबासमा विकासका लागि शिक्षा, स्वास्थ्य, सिचाइ र भौतिक पुर्वधारमा बजेट पठाएर सहयोग गरेको उहाँको भनाइ छ ।
प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले राजाबासमा स्वास्थ्य चौकिको भवन निर्माण भैरहेको बताउनुभयो । आउँदो आर्थिक वर्षमा पुल निर्माण गराउने प्रतिबद्ध गर्नुहुँदै उहाँले गौरिबासलाई विराटकिल्ला बनाउन आफूले गरेको घोषणा कार्यान्वयनमा अगाडि बढाएको सुनाउनुभयो ।