मलङ्गवाबाट लाइसेन्स वितरण सुरु
सर्लाही सदरमुकाम मलङ्गवाबाट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु भएको छ । यातायात व्यवस्था कार्यालय मलङ्गवाले शुक्रबार चक्रघट्टा गाउँपालिका–६, पडरिया निवासी स्नेहाकुमारी मण्डललाई
पोखरिया अस्पताललाई स्तरोन्नति गर्न माग
पर्साको पुरानो सदरमुकाम पोखरियास्थित पोखरिया अस्पताललाई स्तरोन्नति गर्न सङ्घीय सरकारसमक्ष माग गरिएको छ ।
धनुषाको ढल्केबरमा मालपोत र नापी कार्यालय सञ्चालन हुँदै
धनुषाको ढल्केबरमा मालपोत र नापी कार्यालय सञ्चालनमा आउने निश्चित भएको छ । जनकपुरधामबाट भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालयबाट मोठ स्रेस्तालगायत आवश्यक कागजात ढल्केबर ल्याइएपछि यहाँका कार्यालय सञ्चालनमा आउने निश्चित भएको हो ।
जलेश्वरस्थित कारागार भवन जीर्ण हुँदा त्रासमा कैदीबन्दी
जलेश्वरस्थित महोत्तरी कारागार भवन मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएको छ । भवन पुरानो भएकाले छत उप्कने, पर्खालको इँटा चोइटिने र मक्किएका दलिनबाट धमिराले खाएको धुलो झर्ने थालेपछि जोखिम बढेको कैदीबन्दीले गुनासो गरेका छन् ।
जनकपुरधाममा तालिमप्राप्त गाइड विस्थापित, रिक्सा चालकले गाइड गर्दै
विगत लामो समयदेखि पर्यटक गाइडको रुपमा कार्यरत जनकपुरधाम उपमहानगरपालिका-३ निवासी सुदर्शनलाल कर्ण भन्नुहुन्छ, “तीन दशकभन्दा लामो समयदेखि स्वदेशी तथा विदेशी पर्यटकहरुलाई मार्गदर्शन गर्दै आएको छु तर, जनकपुरधामा पर्यटक गाइडको व्यवस्थापन नहुँदा पर्यटकहरु ओझेलमा पर्नुका साथै गाइडहरु पेशा छाड्न बाध्य छन् । यस पेशाबाट गाइडहरु पलायनसमेत भएका छन् ।”
बारामा दश महिनामा दुई करोड ४३ लाख राजस्व सङ्कलन
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चालु आर्थिक वर्षको १० महिनामा रु दुई करोड ४३ लाख १५ हजारभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
सीमान्तकृत समुदायलाई शिक्षामा सहभागी गराउन घरदैलो कार्यक्रम
दलित तथा सीमान्तकृत समुदायका बालबालिकाहरुलाई शिक्षामा सहभागी गराउन श्री राष्ट्रिय प्राथमिक विद्यालय, तुलसियाही, जवदीका शिक्षकशिक्षीकाहरुले घरदैलो अभियान सुरु गरेका छन् ।
विपन्न, असहायलाई वरदान साबित
मधेश प्रदेशमा एउटा मात्र प्रदेशस्तरीय जनस्वास्थ्य प्रयोगशाला सञ्चालन गरिएको छ । मधेश प्रदेशको स्थायी राजधानी जनकपुरधाममा सञ्चालित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वास्थ्य जाँच गराउने मानिसको आकर्षण पनि बढ्दै गएको छ ।
भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने
भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले यही जेठ १० देखि १२ गते बेलुका ६ बजेसम्म भारतसँग जोडिएका पर्साको सीमानाका बन्द हुने जनाएको छ ।
ढल्केबरमा मालपोत र नापी कार्यालय सञ्चालनमा आउने निश्चित
धनुषाको ढल्केबरमा मालपोत र नापी कार्यालय सञ्चालनमा आउने निश्चित भएको छ । जनकपुरधामबाट भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालयबाट मोठ स्रेस्ता लगायतका आवश्यक कागजात ढल्केबर ल्याएपछि यहाँका कार्यालय सञ्चालनमा आउने निश्चित भएको छ ।
स्वास्थ्य शिविरबाट ७०८ जना लाभान्वित
नेपाली सेनाले शनिबार सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित नाढीमन ताल परिसरमा स्वास्थ्य शिविर आयोजना गरेको छ । स्वास्थ्य शिविरबाट ७०८ जना लाभान्वित भएका छन् ।
चार वर्षीय छोराद्वारा पत्रकारलाई दागबत्ती
मधेश प्रदेशको राजधानी जनकपुरधामका पत्रकार शिवेन्द्र रोहितालाई उहाँको ४ वर्षीय छोराले दागबत्ती दिएका छन् । रोहिताको सडक दुर्घटनामा मृत्यु भएको थियो ।
‘भारतीय ठेकेदारको चङ्गुलमा परेर दुःख पाउँछन् कामदार’
आर्थिक समस्यामा रहेका अधिकांश विपन्न परिवारका पुरुष तथा युवालाई आर्थिक प्रलोभन देखाइ भारतमा बन्धक बनाउने प्रवृत्ति बढ्दै गएको छ । राम्रो काम र मनग्य आम्दानीको प्रलोभनमा भारतीय ठेकेदारले आफ्नो चङ्गुलमा पार्ने गरेका छन् ।
बेरोजगार युवालाई रोजगारमुखी बनाउन मोटर ड्राइभिङ तालिम सञ्चालन
बेरोजगार तथा गरिबीको रेखामुनि रहेका ६० जना बेरोजगार युवालाई आत्मनिर्भर तथा रोजगारमुखी बनाउन चन्द्रपुर नगरपालिकाले मोटर ड्राइभिङ तालिमको व्यवस्था गरेको हो ।
विकट बस्तीमा सडक शिलान्यास
बर्दिबास नगरपालिकाको खयरमारा–११ स्थित विकट भेगमा पर्ने चनौटे, छोड्के, सुकेडाँडा, राईदमार हुँदै मदन भण्डारी राजमार्ग जोड्ने खयरमारा सिन्धुली सडकको शिलान्यास गरिएको छ ।
मुसहर बस्तीमा ग्यास चुल्हो र सिलिण्डर वितरण
बरियारपटि गाउँपालिका –३ वडा कार्यालयले वडाका मुसहर बस्तीका ९९ घरपरिवारलाई खाना पकाउन ग्यास चुल्होसहित भर्ती ग्यास सिलिण्डर र बाल्ने लाइटर वितरण गरेको छ ।
तातो हावाले जनजीवन प्रभावित
विगत केही दिनयता सप्तरीलगायत तराई मधेशका जिल्लामा बढेको अत्यधिक गर्मी र नियमित चलिरहेको तातो हावा ‘लू’ का कारण बिरामी हुनेको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । यसबाट बसैभन्दा बढी बालबालिका, वृद्ध प्रभावित भएका छन् ।
नौ करोडभन्दा बढी राजस्व सङ्कलन
आर्थिक वर्ष २०८०/०८१ को चैत मसान्तसम्मा यातायात व्यवस्था कार्यालय राजविराजले नौ करोड ६९ लाख ७२ हजार १४७ रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा २१ च ३३४३ नम्बरको कारले पत्रकार रोहिता सवार प्रदेश २ ज ५६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
नेपाल भारत सीमा सिल
भारतमा सोमवार हुने अठारौँ लोकसभा निर्वाचनलाई ध्यानमा राखी नेपाल भारत सीमा नाका सिल गरिएको छ । महोत्तरीसँग सीमा जुटेको भारत विहारको सीता मढी र मधुवनी जिल्लामा पा“चौ चरणअन्तर्गत जेठ ७ गते मतदान हुँदै छ ।
कवि कोकिल विद्यापति
मैथिली भाषाका महाकवि विद्यापतिको जन्म विक्रम संवत् १४०७ मा प्राचीन मिथिला र आधुनिक भारतको विहार प्रान्तको दरभङ्गा जिल्लाको विसफी भन्ने गाउँमा भएको थियो । विद्यापतिको अवसान भएको कार्तिक धवल (शुक्ल) त्रयोदशीको दिनलाई विद्यापति स्मृति दिवसका रूपमा मनाइने गरिन्छ । कवि कोकिल विद्यापतिलाई नेपाल र मिथिला भारतको विहार, पश्चिम बङ्गाल र अन्य क्षेत्रमा पनि राष्ट्रिय विभूतिको रूपमा सम्मान गर्ने गरिन्छ । त्यहाँ उनी धरोहरका रूपमा सम्मानित र पूज्य छन् । महाकवि विद्यापतिलाई बङ्गालीहरूले पनि आफ्नो कवि ठान्दछन् जब कि नेपाली भाषासाहित्य तथा संस्कृतिमा पनि विद्यापतिको प्रभाव परेकै हो । वि
मुलुक आफ्नो कब्जामा पार्न काँग्रेसले प्रपञ्च रच्यो: अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनतालाई मतलब छैन, मुलुक आफ्नो कब्जामा पार्न नेपाली काँग्रेसले विभिन्न प्रपञ्च रच्दै आएको बताउनुभएको छ।
मेयर कप भलिबलमा चार खेल सम्पन्न
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा जारी चौथो मेयर कप पुरुष भलिबल प्रतियोगितामा शुक्रबार चार खेल सम्पन्न भएका छन्।
मधेस प्रदेशका चार जिल्लाको सिमानाका तीन दिन बन्द रहने
भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार जिल्लाका सिमानाका आज राति १२ बजेदेखि तीन दिनका लागि बन्द रहने भएका छन् ।