एसिडपीडित साहले नागरिकता नपाउँदा थप पीडा
लामो समय संघर्ष गर्दा पनि एसिड पीडित आरती साहले नागरिकता पाउन सक्नुभएको छैन । नागरिकता नहुँदा विभिन्न खालका समस्यासँग जुध्नु परेको छ भने सोचे र चाहे जस्तो काम समेत गर्न पाउनुभएको छैन आरतीले ।
हेटौँडा ढल्केबर इनरुवा प्रसारण लाइनको निर्माण सकिने
सरकारले आगामी आर्थिक वर्षमा हेटौँडा ढल्केबर इनरुवा प्रसारण लाइनको निर्माण कार्य सक्ने भएको छ ।
जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिने
सरकारले राष्ट्रिय संस्कृति नीति कार्यान्वयनमा ल्याउने भएको छ। राष्ट्रिय महत्त्वका अभिलेख आधुनिक प्रविधिबाट संरक्षण गर्ने भएको छ।
प्रत्येक प्रदेशमा एक हजार गाई र भैँसी पालन क्षमता
तीन तहको सरकार र निजी क्षेत्रको सहकार्यमा प्रत्येक प्रदेशमा कम्तीमा एक हजार गाई र भैँसी पालन क्षमताको पूर्वाधारसहित स्रोत केन्द्र विकास हुने भएको छ।
शिलान्यास भएको तीन वर्ष बित्दा पनि सुरु भएन मन्दिर निर्माण कार्य
लहान नगरपालिका –१३ गणेशपुरमा शिव मन्दिर निर्माणका लागि शिलान्यस गरेको तीन वर्ष पूरा हुन लाग्यो, तर अझैपनि मन्दिर निर्माण कार्य सुरु हुन सकेको छैन ।
करछलीको ८९ लाख मूल्यको मुस्ताङ गोल्ड रक्सी बरामद
इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाले बिल बिजकभन्दा बढी मदिरा लोड गरिएको एउटा ट्रक नियन्त्रणमा लिएको छ । धनुषाको मिथिला नगरपालिका–६, ढल्केवर चोकबाट सोमबार साँझ मुस्ताङ गोल्ड ब्रान्ड मदिरा बोकेको मालवाहक एउटा ट्रक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
आगलागी पीडितलाई सात लाख नगद राहत वितरण
जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले सोमबार जिल्लाको महादेवा गाउँपालिका १ चिम्टीका आगलागी पीडित परिवारलाई सात लाख ८५ हजार नगद राहत वितरण गरेको छ ।
मधेश सरकार अल्पमतमा : नयाँ गठबन्धन बनाउन दल सक्रिय
मधेश प्रदेश सरकारका सत्ता गठबन्धनका दुई दलले एकै दिन समर्थन फिर्ता लिएपछि मधेश सरकार अल्पमतमा परेको छ ।
एक महिनामा घरेलु हिंसासम्बन्धी ९९ वटा उजुरी
धनुषा जिल्लामा एक महिनामा ९९ वटा घरेलु हिंसाविरुद्ध उजुरी दर्ता भएका छन् ।
'प्रतिभाहरुको उजागर गर्न प्रतिष्ठानले काम गरिरहेको छ'
मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष राम भरोसी कापरले प्रदेशका भाषा कला साहित्य र संस्कृतिसँगै प्रतिभाहरुको उजागर गर्न मधेश प्रज्ञा प्रतिष्ठान काम गरिरहेको बताउनुभएको छ ।
सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार दुवैजनालाई जनकपुरबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुबाट लुटेकोमध्ये रु १४ लाख ५३ हजार बरामद गरेको उहाँले बताउनुभयो ।
मधेश सरकारबाट एमाले र माओवादी बाहिरिए : आठ मन्त्रीको राजीनामा
मधेश प्रदेश सरकारबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाहिरिएका छन्। दुवै पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए लगत्तै एमालेका छ र माओवादी केन्द्रका दुई गरेर आठ मन्त्रीले आइतबार राजीनामा दिएका छन्।
मधेश सरकारबाट बाहिरियो एमाले : ६ मन्त्रीको राजीनामा
आइतबार मधेश प्रदेशको एमाले संसदीय दलका नेता सरोजकुमार यादवले विज्ञप्ति सार्वजनिक गर्नुहुँदै समर्थन फिर्ता लिएको जानकारी गराउनु भएको हो ।
हत्यामा संलग्न अभियुक्त पक्राउ
सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुरस्थित नेपाल बैङ्क लिमिटेडका सुरक्षागार्ड परशुराम फुयाँलको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र
नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । आइतबार माओवादी केन्द्रबाट मन्त्री बनेका भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा बुझाउनुभएको हो ।
स्रोत नखुलेको ६ लाख ६८ हजार नगदसहित एक पक्राउ
महोत्तरीको मटिहानीबाट प्रहरीले स्रोत नखुलेको ६ लाख नेपाली रुपियाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वर्षाले राहत : मूल फुट्ने आस
गर्मी बढेर पानीका स्रोतका रूपमा रहेका मुहान सुक्दै गएका बेला एक साताभित्रै दुईपटक वर्षा भएपछि महोत्तरीमा सर्वसाधारणले राहत महसुस गरेका छन् ।
बिदाका दिन चलाएका सरकारी गाडी कारबाहीमा
सार्वजनिक बिदाका दिन सञ्चालन गरिएका सरकारी नम्बर प्लेटका सवारीसाधन धनुषा प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेका छन् । शनिवार सार्वजनिक बिदाका पास बिना सञ्चालन गरिएका १५ वटा सरकार नम्बर प्लेटका सवारीसाधन नियन्त्रणमा लिएर कारबाही गरिएको धनुषा प्रहरीले जनाएको छ ।
श्रीमान् बचाउन खोज्दा श्रीमतीको गयो ज्यान
सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित रामनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर भएका छन् । ईश्वरपुर नगरपालिका –९, रामनगर निवासी अन्दाजी २८ वर्षकी कुसुम देवीको करेन्ट लागेर मृत्यु भएको हो ।
विपद्मा स्वास्थ्यकर्मीको योगदान अतुलनीय छ : उपप्रधानमन्त्री यादव
उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा विपद्को घडीमा स्वास्थ्यकर्मीले नागरिकको जीवन रक्षाका लागि गरेका योगदान अतुलनीय रहेको बताउनुभएको छ।
अतिविपन्न तीन परिवारको आवास निर्माण
लालबन्दी नगरपालिका ५ र १० मा अतिविपन्न तीन परिवारलाई आवास (घर) निर्माण गरी हस्तान्तरण गरिएको छ । मधेश सरकारको महेन्द्र नारायण निधी आवास कार्यक्रम अन्तर्गत निर्माण गरिएको घर शनिबार सम्बन्धित लाभग्राही परिवारलाई हस्तान्तरण गरिएको हो ।
युवालाई प्रोत्साहन गर्न ‘यूथ कार्निभल’
क्षमतावान् युवालाई प्रोत्साहन गर्न जनकपुरधाममा ‘यूथ कार्निभल’ हुन लागेको छ । ‘एमएम डिजिटल ग्राज’को आयोजनामा अगामी जेठ ४ र ५ गते जनकपुरधाम उद्योग वाणिज्य सङ्घको हलमा यो कार्यक्रम हुन लागेको हो ।
मरुभूमिको जोखिम बढाएको भन्दै मसलाको रुख काटेर हटाइँदै
धनुषाको धनुषाधाम नगरपालिकाले नगर क्षेत्रभित्रबाट मसला (भिक्स) प्रजातिका रुख काटेर हटाउने भएको छ । तराईमा पानीको अभाव सिर्जना हुनुमा मसलाको रुख पनि एक कारण भएको ठहर गर्दै नगरपालिकाले यो प्रजातिको रुख नगर क्षेत्रबाट काटेर हटाउने भएको हो ।
सर्लाहीमा पूर्व-पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्व-पश्चिम विद्युतीय रेल मार्ग निर्माणको काम सर्लाहीमा मात्र ९० प्रतिशत सकिएको छ ।