• १ चैत २०८१, शुक्रबार

सामाजिक सञ्जालमा देखिएको छाडापन नियन्त्रण गर्नुपर्छ : मन्त्री यादव

blog

प्रेस चौतारी नेपाल महोत्तरी शाखाको दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्नुहुँदै मधेश प्रदेशका भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादव । तस्बिरः अमृतकुमार महतो ।

अमृतकुमार महतो

बिजलपुरा (महोत्तरी), फागुन ३ गते। मधेस प्रदेशका भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवले पत्रकारिता र सामाजिक सञ्जालमा देखिएको छाडापन नियन्त्रण गर्न अति जरुरी रहेको बताउनु भएको छ। 

महोत्तरीको बर्दिबासमा शनिबार प्रेस चौतारी नेपाल महोत्तरी शाखाको दोस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै मन्त्री यादवले सामाजिक सञ्जाल र पत्रकारितामा मौलाएको गैराजिम्मेवारीलाई कानुन बनाएर जिम्मेवार बनाउनुपर्ने बताउनुभयो। 

‘पत्रकारिता र सामाजिक सञ्जालमा छाडापन देखिएको छ। विना तथ्य, प्रमाण र आधारमा लेख्ने प्रवृत्ति मौलाउँदै गएको छ। यो विषयमा पत्रकार पनि संवेदनशील हुनुपर्छ,’ उहाँले भन्नुभयो। 

मधेश प्रदेशको गरिमा बढाउने गरी अहिलेको सरकारले काम गरिरहेको बताउनु हुँदै मन्त्री यादवले यसैवर्ष १५ अर्ब बराबरको बजेट भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका योजनाको टेन्डर प्रक्रिया अघि बढाइरहेको जानकारी दिनुभयो।

अहिले सबै क्षेत्रलाई व्यवस्थित गर्न प्रदेश सरकार लागिरहेको छ। स्वास्थ्य संस्थाको अनुगमन र नियमन पनि द्रुत गतिमा अगाडि बढिरहेको छ,’ मन्त्री यादवले भन्नुभयो। 

मुलुकमा राजनीतिक स्थायित्व दिनका लागि देशको दुई प्रमुख दल एक ठाउँमा उभिएको पनि उहाँले बताउनुभयो।