बर्दिबासका मुसहर समुदायको सामूहिक बिमा
बर्दिबास नगरपालिकाले नगर क्षेत्रका थप २ वडामा बसोबास गर्ने १७५ घरधुरीका २४५ जना मुसहर समुदायको जीवन बिमा गरेको छ।
आगलागी पीडितलाई राहत वितरण
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ६ स्थित जरलहवा गाछीमा आगलागीबाट पीडित बनेका परिवारहरुलाई राहत स्वरुप खाट (पलङ) वितरण गरिएको छ ।
इनरुवा नगर शैक्षिक सुधार गर्न ध्यानाकर्षण
इनरुवा नगरपालिकाका ३० सामुदायिक विद्यालय र ४५ बढी नीति विद्यालयको शिक्षा सुधारको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको साहुले जानकारी दिनुभयो ।
सामुदायिक विद्यालयमा पनि बढ्यो अभिभावकको चासो
भर्ना गरेपछि आफ्ना नानीबाबुको पढाइ तथा अन्य क्रियाकलाप बुझ्न एक दिन पनि उपस्थित नहुने सामुदायिक विद्यालयका अभिभावक अचेल विशेष चासोकासाथ विद्यालय पुग्ने गरेका छन् ।
भारतमा हुने निर्वाचनका कारण रेलसेवा तीन दिन बन्द हुने
भारतमा हुने लोकसभा जयनगर-जनकपुर-भङ्गहा रेलसेवा तीन दिनसम्म बन्द गरिने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ (वैशाख २५) मा लोकसभा चुनाव हुन लागकोले रेलसेवा तीन दिन बन्द रहने नेपाल रेल्वे कम्पनी लिमिटेडद्वारा आज जारी सूचनामा जनाइएको छ ।
मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैन : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको सम्मान र उनीहरूको आर्थिक एवं सामाजिक विकासका निम्ति आफू प्रतिबद्ध रहेको बताउनुभएको छ।
चिम्टीका अग्निपीडितलाई दैनिक निः शुल्क खाना खुवाइँदै
सप्तरीको महादेवा गाउँपालिका-१ चिम्टीका अग्निपीडितलाई विभिन्न सङ्घसंस्थाले निः शुल्क खाना खुवाउने व्यवस्था मिलाएको छ ।
दक्षिणी भेगमा पनि खानेपानीको समस्या
लोकमार्गदेखि दक्षिणी भेगमा हातेकल सुक्न थालेपछि खानेपानीको समस्या देखिन थालेको छ । मोटरजडान गरिएर खानेपानीका लागि पर्याप्तता पानी उपलब्ध हुने दक्षिणी भेगमा देखिएको समस्याको समाधान नभए विकराल परिस्थिति आउने स्थानीयहरूले चिन्ता जाहेर गरेका हुन् ।
जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने
भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने भएको छ । भारतमा लोकसभा चुनावका लागि नेपाल–भारत सीमा सिल हुने भएका कारण यही वैशाख २३ देखि २५ गतेसम्म रेल सेवा बन्द रहने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
आगलागीपीडितलाई सशस्त्र प्रहरीको राहत
सशस्त्र प्रहरीले सर्लाहीको विष्णु गाउँपालिका–१, बारा उद्योरणस्थित पूर्वारी टोलका आगलागीपीडितलाई शनिबार बिहान राहत प्रदान गरेको छ ।
लामखुट्टेबाट बच्न खानेपानीका उपभोक्तालाई झुल वितरण
धनुषाको मिथिला नगरपालिका–८ जमुनिवासस्थित जमुनिवास खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले लामखुट्टेबाट बच्न आफ्ना उपभोक्तालाई किटनाशकयुक्त झुल वितरण गरेको छ ।
उल्कै तात्यो चुरे भेग
सर्लाहीको चुरे भेगका बस्ती खानेपानी समस्याले काकाकुल बनेका छन् । बढ्दो खडेरीका कारण त्यस भेगमा रहेका धारा, इनार र कुवा सुकेपछि खानेपानीको समस्या चुलिएको हो । चुरे पाखामा बसोबास गर्ने स्थानीय पिउने पानीको जोहोमा रातदिन भौँतारिन थालेका छन् ।
प्रधानमन्त्री प्रचण्ड आज सर्लाहीको बलरा आउँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (शनिवार) सर्लाहीको दक्षिण–पश्चिम ग्रामीण भेगस्थित बलरा आउँदै हुनुहुन्छ ।
बाराउद्योरण गाउँका आगलागी पीडित समस्यामा
आगलागीबाट घरसहित सामग्री जलेर नष्ट भएपछि सर्लाहीको सीमावर्ती क्षेत्रस्थित विष्णु गाउँपालिका –१, बाराउद्योरण गाउँका स्थानीय समस्यामा परेका छन् ।
आगलागीमा करोडौँको क्षति
सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँमा भएको आगलागीबाट करोडौँको क्षति भएको छ । जिल्लाको दक्षिण पश्चिम स्थित विष्णु-१, बाराउद्योरण गाउँमा बिहीवार भिषण आगालागी भएको थियो ।
नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा
नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा.विश्वम्भर शर्मा निर्विरोध चयन हुनुभएको छ । नेकपा एमाले पर्सा जिल्लाको नवौँ अधिवेशनबाट शर्मा निर्विरोध चयन हुनुभएको हो ।
सिँचाइ र खानेपानीलाई प्राथमिकतामा राखिएको छ
धनुषाको हंसपुर नगरपालिका नौ वटा वडा मिलेर बनेको नगरपालिका हो । यो पालिका जनकपुरधाम उपमहानगरपालिका, सहिदनगर नगरपालिका, मिथिला बिहारी नगरपालिका, औरही गाउँपालिका, सबैला नगरपालिका
गाउँ नै आगलागीको चपेटामा, ७० घर जल्यो
सीमावर्ती क्षेत्रस्थित सर्लाहीको विष्णु गाउँपालिका –१, बारा उद्योरण बस्तीमा बिहीबार भएको भिषण आगलागीबाट गाउँ नै आगलागीको चपेटामा परेको छ ।
खमटिहानीका खरानीका घर फेरि बौरिने प्रतीक्षामा पीडित
बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन् । न छानाको चिन्ता छ न मानाको । चिन्ता छ त केवल ‘खरानीको घर’ अरूको भन्दा राम्रोसँग कसरी ठड्याउने !
कर्मचारी बेपत्ता भएपछि पीडित परिवारको बिच्चली
जनता आवास कार्यक्रम अन्तर्गत करिब ८७ वटा घरको रकम झिकेर ठेकेदार र तत्कालीन करारका कर्मचारी बेपत्ता भएपछि पीडित परिवार बिच्चलीमा परेका छन् ।
सप्तरीका अग्निपीडितको निःशुल्क उपचार
सप्तरीको महादेवा गाउँपालिकाका अग्निपीडित परिवारको बिहीबार निःशुल्क प्राथमिक उपचार गरिएको छ ।
स्कुटर दुर्घटनामा आमाको मृत्यु, छोरा गम्भीर घाइते
सर्लाहीको ईश्वरपुर नगरपालिका–४, सागरनाथमा बिहीबार बिहान स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । यसैगरी दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् ।
गर्मी छल्न नहरमा पौडी खेल्दै बालबालिका (फोटो फिचर)
तराइ मधेशमा पानी पर्न नसकेपछि उखरमाउलो गर्मी छ । गर्मी छल्न ग्रामीण क्षेत्रका बालबालिका नहरमा पौडी खेलेर दिन बिताउँछन् । धनुषाको सबैला नगरपालिका रघुनाथपुरस्थित कमला सिँचाइ नहरमा दिनहुँ बालबालिका नुहाउन आउनुहुन्छ । उहाँहरू नहरको पानीमै खेलेर दिन बिताउनुहुन्छ । पानी त्यति सफा नभए पनि उहाँहरू रमाइलो मान्दै पौडी रहेका हुन्छन् ।
भारतीय मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु
सर्लाही सदरमुकाम मलङ्गवामा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका–१, स्थित भेडियाहीमा बुधवार साँझ बिआर ३० के ६६८८ नं. को मोटरसाइकलको ठक्करबाट सोही ठाउँकी ६५ वर्षीया मलकिनया देवीको मृत्यु भएको हो ।