मधेश र गण्डकीका पर्यटन व्यवसायीबिच सहकार्यको सहमति
छुट्टाछुट्टै सांस्कृतिक विशिष्टता बोकेको मधेश र गण्डकी प्रदेशबिचको सहयोग र सहकार्यले मुलुकको पर्यटन क्षेत्रलाई नयाँ गति नयाँ गन्तव्य, नयाँ उचाई र नयाँ पहिचान दिन सकिने दुवै पक्षले प्रतिवद्धता जाहेर गरेका छन् ।
सिराहाका १३ पालिका दमकलविहीन
यहाँका १७ पालिकामध्ये चार पालिकामा मात्र दमकल छन् । नेपाल रेडक्रस सोसाइटीका अनुसार जिल्लाका चार नगरपालिकामा मात्र दमकल सेवा रहेको छ ।
फेरिँदै छ वीरगन्जको मुहार
वीरगन्ज उद्योग वाणिज्य सङ्घको पूर्व अध्यक्षदेखि संविधान सभाका सदस्य हुनुभएका ओमप्रकाश शर्माले वीरगन्ज महानगरमा स्थानीय जनप्रतिनिधि आएसँगै फोहरमैला व्यवस्थापनमा सुधारको अनुभूति गर्न थाल्नुभएको छ ।
मूल सुकेपछि दमकलबाट पानी वितरण
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा पानीका स्रोत सुकेपछि दमकलबाट पानी वितरण गर्न थालिएको छ । पछिल्लो समय यहाँ चापाकाल र अन्य पानीका स्रोत सुकेपछि वितरण गर्न थालिएको हो ।
मधेश र गण्डकीका व्यवसायीबीच मितेरी सम्बन्ध
मधेश र गण्डकी प्रदेशका पर्यटन व्यवसायीबीच मितेरी सम्बन्ध कायम छ । होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेश र पर्यटन व्यवसायी महिला सङ्घ (टेवान)बीच शनिबार बर्दिबासमा मितेरी सम्बन्ध कायम गरिएको घोषणा भएको हो ।
पानी नपर्दा सुक्न थाल्यो चैते धान
आकासे वर्षा नहुँदा चैते धान सुक्न थालेको छ । चैते धान रोपेदेखि पानी नपर्दा खेतमा धाँजा फाटेको छ । यो वर्ष जिल्लामा चैते धान खेती विस्तार भएको अवस्थामा सुरुमै खडेरीले प्रभाव पारेको लालबन्दी नगरपालिकाको कृषि शाखाका प्रमुख गोकर्ण पौडेलले बताउनुभयो । यो वर्ष दोब्बर बढी क्षेत्रफलमा चैते धान रोपिएकोमा आकासे वर्षा नहुँदा बाली प्रभावित बनेको उहाँले बताउनुभयो । पौडेलले वर्षा नहुँदा पानीको तह नै कम भएर स्यालो ट्युबेलमा समेत पानी आउन छाडेकाले चैते धानलाई सिँचाइको समस्या भएको उहाँले बताउनुभयो ।
जनताको विश्वास जितेको पार्टी एमाले हो : वरिष्ठ उपाध्यक्ष पोखरेल
नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताको विश्वास जित्न सफल भएकै कारण देशको पहिलो पार्टी भएर एमाले यहाँसम्म आएको बताउनुभएको छ ।
सल बेरिएर बाइक दुर्घटना, एकको मृत्यु
पूर्व–पश्चिम लोकमार्गको बर्दीबास –५ स्थित टुटेश्वरको जंगलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
धनुषाका एक सय ७३ साना उद्योग तथा व्यवसाय बन्द
आर्थिक मन्दीका कारण धनुषामा चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा एक सय ७३ उद्योग तथा व्यवसाय बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार उक्त उद्योग तथा व्यवसाय बन्द भएका हुन् ।
एमाले र कांग्रेस मिलेर तत्कालै सरकार बन्ने अवस्था छैन : नेता साउद
पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर तत्काल सरकार बन्ने अवस्था नरहेको बताउनुभएको छ ।
उचित क्षतिपूर्ति नपाएको किसानको गुनासो
लहान नगरपालिकाको उत्तरी क्षेत्रमा पर्ने वडा नम्बर ९, १०, ११, १३ र १४ वडाका पाँच सयभन्दा बढी किसानहरूले उचित क्षतिपूर्ति (मुअब्जा) नपाएको गुनासो गरेका छन् । ढल्केबर दुहबी विद्युतीय प्रसारण परियोजनाको विद्युतीय तार तान्ने क्रममा यस्तो गुनासो गरेका छन् ।
मटिहानी आग्नीपीडितको अवस्थाबारे जानकारी दिनुहुँदै मुख्यमन्त्री यादव
मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले मटिहानीको आगलागीपीडितहरूको अवस्था तथा राहतको बारेमा जानकारी लिनुभएको छ ।
मकै बारीमा युवक मृत फेला
सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२, धर्मपुरमा शनिबार बिहान मकै बारीमा एक युवक मृत फेला परेका छन् । सोही ठाउँका सीताराम साहका छोरा २० वर्षीय अरविन्द साह गाउँकै रामचन्द्र साहको मकै बारीमा मृत फेला परेका हुन् ।
अलपत्र खानेपानी आयोजना सञ्चालनमा आउने
सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ सखडास्थित अलपत्र खानेपानी आयोजना सञ्चालनमा आउने भएको छ ।
वैशाखमै अचाक्ली गर्मी, जनजीवन प्रभावित
कोशी प्रदेशका तराईका जिल्लामा पछिल्लो दुई साता यता अत्यधिक गर्मीका कारण दिउँसोको समयमा घरबाहिर निस्कन कठिन भएको छ । औसत तापक्रम ३९–४० डिग्री सेल्सियसको हाराहारीमा पुग्दा सर्वसाधारणले सास्ती खेप्नु परिरहेको छ ।
घरको छतबाट खसेर एक जनाको मृत्यु
सर्लाही सदरमुकाम मलङ्गवामा शनिबार बिहान घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका–१०, घर भएका ४५ वर्षीय सन्तोष राउतको छतबाट खसेर मृत्यु भएको हो ।
विद्यालय सुधारका लागि प्रधानमन्त्रीलाई पत्र
विद्यालयमा शैक्षिक सुधार गरियोस् र गुणस्तरीय शिक्षा दिइयोस् भन्दै पर्साका सरकारी विद्यालयमा अध्ययनरत बालबालिकाले प्रधानमन्त्रीलाई पत्र (चिठी) लेखेका छन् ।
महोत्तरीमा ७ लाखभन्दा बढीलाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने
मधेश प्रदेशका अधिकांश जिल्लामा स्वास्थ्य चुनौती बनेको हात्तीपाइले रोग निवारणका लागि महोत्तरीमा आम औषधी सेवन अभियान सञ्चालन गरिने भएको छ ।
धनुषामा नौ सय जनामा हात्तीपाइले रोग
धनुषा जिल्लामा नौ सय ३१ जनामा हातीपाइले रोग देखापरेको छ । जनस्वास्थ्य कार्यालय धनुषाले गरेको सर्वेक्षणअनुसार जनकपुर उपमहानगरपालिकामा सबैभन्दा बढी हात्तीपाइले रोगका बिरामी रहेका छन् ।
कुष्ठरोग अस्पतालमा नयाँ संरचना बन्दै
लालगढ कुष्ठरोग असपताल तथा सेवा केन्द्रमा नयाँ संरचना निर्माण हुने भएका छन्। नेपाल लेप्रोसी ट्रष्टद्वारा संचालित अस्पतालको भवन विस्तार कार्यक्रम अन्तर्गत सेवा केन्द्र परिसरमा एकैसाथ सात वटा नयाँ भवन निर्माण तथा तीन वटा पुराना भवनको पुर्ननिर्माण गरिने भएको हो।
आगलागी पीडितलाई जिल्ला विपद् व्यवस्थापन समितिकाे २० हजार रुपियाँ राहत
समितिले आगलागी पीडितहरुलाई राहत, अस्थायी बसोबासको लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानुन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
हिलो र धुलोमुक्त नगर बनाउँछौँ
सिराहा जिल्लाको सदरमुकाम रहेको सिराहा नगरपालिकामा २२ वटा वडा छन् । लगडिगदियानी, लक्ष्मीनियाँ, सन्हैठा, लगडीगोठ र हक्परा गाउँ विकास समिति जोडिएर बनेको सिराहा नगरपालिकाको क्षेत्रफल ९४.२ वर्ग
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
सर्लाहीको लालबन्दी नगरपालिका–४, स्थित जरुवा पानी नजिक रेल्वे ट्रयाकमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
पूर्वमन्त्री आलमसहित चारलाई जन्मकैद
रौतहट जिल्ला अदालतले पूर्वमन्त्री मोहम्मद आफताव आलमसहित चार जनालाई जन्मकैदको सजाय सुनाएको छ ।