• ७ मंसिर २०८१, शुक्रबार

स्थानीय तह उपनिर्वाचन : सप्तरीमा उम्मेदवारी दर्ता

blog

मनोनयन दर्ताको लागि दलबलसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पातोस्थित पुग्दै गरेका जनता समाजवादी पार्टी नेपालका नेता तथा कार्यकर्ताहरू । तस्बिर : ललिता साह

ललिता साह

वोदेवर्साइन (सप्तरी), मङ्सिर २ गते । स्थानीय तह उपनिर्वाचन अन्तर्गत आज सप्तरीमा उम्मेदवारी दर्ता गरिएको छ । मङ्सिर १६ गते हुने उपनिर्वाचनमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर १ र ४ वडामा वडा अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।

पातोस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको मनोनयनमा वडा नम्बर १ को अध्यक्ष पदका लागि जनता समाजवादी पार्टी नेपालबाट वडा अध्यक्षमा धीरेन्द्र साहले मनोनयन दर्ता गराएका छन् । साहका वारेस राजेश्वर रायले उम्मेदवारी दर्ता गराउनु भएको जनता समाजवादी पार्टी नेपाल सप्तरीका अध्यक्ष केदार यादवले जानकारी दिनुभयो ।

वडा अध्यक्षको उम्मेदवार बनेका साह नेकपा एमाले परित्याग गरी केही दिनअघि मात्र जसपामा प्रवेश गरेका थिए ।

यसैगरी ल‍ोसपा, नेपाली काँग्रेस, नेकपा एमाले, जनमत, जसपासहितका अन्य दल र अरू वडाका लागि उम्मेदवारी दर्ता गराउने क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृत दीपक दाहालले जानकारी दिनुभयो ।