मधेश कृषि विश्वविद्यालयमा तालाबन्दी
मधेश कृषि विश्वविद्यालयका आन्दोलनरत उप–प्राध्यापकहरूले राजविराजस्थित मधेस कृषि विश्वविद्यालयमा बिहीबार तालाबन्दी गरेका छन् ।
नसर्ने रोग पहिचानका लागि एक महिने अभियान सुरु
प्रदेशका स्वास्थ्य तथा जनासङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले नसर्ने रोग पहिचानको लागि एक महिने अभियानको शुभारम्भ गर्नुभएको छ ।
९ वटा क्रसर उद्योगको विद्युत लाइन काटियो
धनुषाको मिथिला नगरपालिकामा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका क्रसर उद्योगहरुको विद्युत आपूर्ति बन्द गरिएको छ ।
सडक छेउका रुख व्यवस्थापन गरिँदै
सडक आवागमन र मानव बस्तीलाई जोखिममा पार्दै आएको सडक छेउका रुख विस्थापन प्रक्रिया अघि बढेको छ । स्थानीयले विभिन्न चरणमा गरेको दुई वर्ष लामो सङघर्ष र अनेकन प्रयासपछि वीपी राजमार्ग दायाँ–बायाँ रहेका विविध प्रजातिका रुखहरु विस्थापनको पहल थालिएको हो ।
व्यावसायिक सुर्तीखेती
महोत्तरी, फागुन १ गते । महोत्तरीको महोत्तरी गाउँपालिका ६ मा स्थानीय किसानले व्यावसायिक रूपमा गरेको सुर्तीखेती । तस्बिरः रासस
मालपोतको काम प्रभावित
गाउँ ब्लक जग्गा फुकुवाको माग गर्दै लहानस्थित मालपोत कार्यालयअगाडि स्थानीय धर्नामा बसेपछि दुई दिनदेखि नियमित काम प्रभावित भएको छ । लहान नगरपालिकाको २४ वटै वडाका स्थानीयले सङ्घर्ष समिति गठन गरेर धर्ना दिएका हुन् ।
विधेयक समितिमा पठाउन माग
मधेश प्रदेश सभाका सदस्यले गाउँ सभा, नगर सभा र जिल्ला सभा कार्य सञ्चालन ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयकलाई विस्तृत छलफलका लागि समितिमा पठाउन माग गरेका छन् ।
छोरीलाई शिक्षा दिएर बालविवाह रोकथान गर्न सकिन्छः मुख्यमन्त्री सिंह
मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरिबीको रेखामुनि रहेका बहुसङ्ख्यक जनतामा छोरीको विवाह गरेर बोझ हटाउने मानसिकताका कारण बालविवाहले प्रश्रय पाइरहेको बताउनुभएको छ ।
सप्तरीमा निर्माणाधीन शीत भण्डार अलपत्र
सप्तरीको राजविराज–१५ स्थित देउरी भरुवामा निर्माणाधीन सहकारी शीत भण्डार अलपत्र अवस्थामा छ ।
प्राधिकरण अध्यक्ष यादवको बिदाइ
आमसञ्चार प्राधिकरण मधेश प्रदेशका संस्थापक अध्यक्ष श्यामसुन्दर यादवको बिदाइ गरिएको छ । प्राधिकरणका अध्यक्ष यादवको चार वर्षे कार्यकाल मंगलबार समाप्त भएपछि जनकपुरधामस्थित प्राधिकरणको कार्यालयमा आयोजित एक कार्यक्रममा उहाँलाई विदाइ गरिएको हो ।
हराउँदै जाँतो र सिलौटो
परापूर्व कालदेखि चलनचल्तीमा रहेको जाँतो, सिलौटोमा पिस्ने चलन दिन प्रतिदिन घट्दै गएको छ । नयाँनयाँ प्रविधिको आविष्कार, सर्वसाधारणको व्यस्तता कारण जातो सिलौटोमा पिस्ने चलन हराउँदै गएको हो ।
मालपोत कार्यालय लहानको कामकाज प्रभावित
गाउँ ब्लक जग्गा फुकुवाको माग गर्दै लहान नगरपालिकाको २४ वटै वडाका स्थानीयहरूले सङ्घर्ष समिति गठन गरेर लहान स्थित मालपोत कार्यालय अगाडि धर्नामा बसेपछि दुई दिनदेखि नियमित कामकाज प्रभावित भएको छ ।
निकास नहुँदा वीरगञ्जको दुई सय बिघा खेतीयोग्य जमिन डुबानमा
वर्षातकाे पानीको निकास नहुँदा वीरगञ्ज महानगरका चार वडाको दुई सय बिघाभन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ । वीरगञ्ज महानगरका वडा नम्बर १७, २४ र २६, २८ का दुई सय बिघा खेतीयोग्य जमिन डुबेको हो ।
खेतीयोग्य जमिन डुबानमा
वीरगञ्ज, माघ ३० गते । वर्षातको पानीको निकास नहुँदा वीरगञ्ज महानगरको चार वडाको करिब दुई सय बिघाभन्दा धेरै खेतीयोग्य जमिन डुबानको चपेटामा परेको छ । हिउँदेयामको माघ महिना सकिन लागे पनि प्राकृतिक ढङ्गले पानीको बहाव रोकिएपछि वीरगञ्ज महानगरको वडा नम्बर १७, २४ र २६, २८ पर्ने करिब दुई सय बिघा क्षेत्रफल खेतीयोग्य जमिनमा अहिलेसम्म डुबानको समस्या यथावत् नै छ । तस्बिरः रासस
सरकार अनौठो र बलियो : खनाल
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले ठुला नेताको बुद्धि नफेरिएसम्म देशमा वामपन्थी सरकार बन्न नसक्ने बताउनुभएको छ ।
किसान सूचीकरण कार्यक्रममा सहभागी हुन आग्रह
मधेश प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्रीले किसानको पहिचान कायम गर्न सरकारले सञ्चालन गरेको किसान सूचीकरण कार्यक्रममा सहभागी हुन मधेश प्रदेशका किसानलाई आग्रह गर्नुभएको छ ।
‘मानव अधिकारको संरक्षणमा आयोग क्रियाशील छ’
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको संरक्षण, सम्बर्धन र प्रबर्धनका लागि आयोग क्रियाशील रहेको बताउनुभएको छ ।
स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेका छौँ : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभएको छ।सगरमाथा चौधरी आँखा अस्पताल लहानको ४२ औं वार्षिकोत्स समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो।
मन्दिरमा दान पेटिका राखिएपछि पुजारी असन्तुष्ट
धनुषाको धनुषाधामस्थित प्रसिद्ध धनुष मन्दिरमा दान पेटिका राखिएपछि त्यहाँका पुजारी असन्तुष्ट बन्नुभएको छ । गत शनिबार मेला व्यवस्थापन समितिको पहलमा मन्दिरमा पहिलो पटक दानपेटिका स्थापना गरेको थियो ।
गोडैतामा १६ कोठे विद्यालय भवन
सीमावर्ती क्षेत्रस्थित सर्लाहीको गोडैता नगरपालिका –१२, मधुवनीमा १६ कोठे विद्यालय भवन निर्माण गरिएको छ । सङ्घीय सरकार र गोडैता नगरपालिकाको संयुक्त लगानीमा समपुरक अनुदान अन्तर्गत बैजनाथ माध्यमिक विद्यालयमा दुुई करोड ८० लाख ८६ हजार ९५० रुपियाँ खर्चिएर दुुई तले १६ कोठे भवन तयार पारिएको हो ।
सवारी दुर्घटनामा शिक्षकको मृत्यु
मिथिला नगरपालिका–४, पुष्पवलपुरका पूर्णबहादुर विश्वकर्माको सवारी दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।
‘एचपिभी खोप’ अभियान : खोपस्थलमा न्यूनतम सावधानीअपनाइएन
जिल्ला प्रशासन कार्यालयले किशोरीलाई महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने क्रममा लापरवाही भएकाले कमजोरी सच्याउन वीरगञ्ज महानगरलाई निर्देशन दिएको छ ।
बाग्मती पुलको बिम चर्किएपछि मर्मत थालियो
पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहट र सर्लाही जिल्लाका बीचमा रहेको बाग्मती नदीको पुल मर्मत थालिएको छ ।
सप्तरीमा चार अर्ब लगानीमा छवटा उद्योग खोलिदै
सप्तरीको सुरुङ्गा नगरपालिका–३ स्थित लक्ष्मीनगरमा ‘बिग इन्डस पदमनगर’ औद्योगिकग्राम स्थापना गरिने भएको छ । व्यवसायी वीरेन्द्र न्यौपानेका अगुवाइमा दुई वर्षभित्र रु चार अर्ब लागतमा १४ बिघा क्षेत्रफलमा छवटा उद्योगको निर्माण हुने जनाइएको छ ।