• ७ मंसिर २०८१, शुक्रबार

जन्मदर्ता लिन सहज गरिदिन आग्रह

blog

कार्यक्रममा सहभागी भएकाहरु तस्विरः धर्बेन्द्र झा

धर्बेन्द्र झा 

जनकपुरधाम, मङ्सिर ४ गते । मधेश प्रदेशमा जन्मदर्ताको अभावमा पाँच वर्षमुनिका धेरै बालबालिका बाल पोषण भत्ता लिनबाट बञ्चित हुनु पर्ने बाध्यात्मक अवस्था रहेको भन्दै एक सहज बताउन आग्रह गरिएको छ । 

मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयले समाजिक सुरक्षा नागरिक समाज सञ्जालको समन्वय र सेभ द चिल्ड्रेनको सहयोगमा मंगलबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा गरेको बालपोषण भत्ता एवं अभिभावक सचेतनासम्बन्धी प्रदेशस्तरीय सम्बाद कार्यक्रममा बोल्ने बक्ताले यस्तो बताउनुभएको हो ।

बक्ताहरुले पाँच वर्षमुनिको बालबालिका लाई लक्षितगरी राज्यले पोषणका लागि अनुदान दिए पनि शिक्षाको अभावमा केही अभिभावकले बालपोषण भत्ताको सही सदुउपयोग नगरेको पाइएको बताएका थिए । 

कार्यक्रममा गृह मन्त्रालय अन्तर्गतका राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक सानुवावु अधिकारीले आफनो प्रस्तुती प्रस्तुत गर्दै मधेश प्रदेशमा ९२ हजार ९३६ जना दलित र चार लाख ६६ हजार ६४३ जना अन्य बालबालिका गरी जम्मा पाँच लाख ५९ हजार ५७९ जना बालबालिका पोषण भत्ताको लाभग्राही रहेको बताउनुभयो । 

उहाँले पोषिलो खाना खानका लागि राज्यले पाँच वर्षमुनिको बालबालिकालाई प्रदान गर्दै आएको बाल पोषण भत्तालाई केही अभिभावकले बालबालिकाको पोषिलो खानाका लागि नभई अन्यत्र खर्चिने अवस्थाहरु पनि देखिएकाले बाल पोषण भत्ताको सही सदउपयोगका लागि अभिभावक शिक्षा पनि त्यतिकै आवश्यक भएर अभिभावक सचेतना कार्यक्रम सञ्चालन भएको बताउनुभयो ।

उहाँले समाजिक सुरक्षा भत्ताहरुको वितरणमा योग्य लाभग्राहीको पहुँच सुनिश्चित हुनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका प्रशासन शाखा प्रमुख शिवराज शेढाइँले हुँदा खाने वर्गलाई लक्षित गर्नेकि हुने खाने वर्गलाई लक्षित गर्ने विषयमा गम्भीर छलफल हुनु पर्नेमा जोड दिनुभयो । 

मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव चुडा मणि फुयालको अध्यक्षतामा भएको सो कार्यक्रममा बाल पोषण भत्ता वितरणमा देखिएका समस्या र चुनौतीहरुको बारेमा सहभागीहरुले आ–आफनो विचार व्यक्त गर्नुभएको थियो ।