• ८ असार २०८२, आइतबार

पशुपतिका वैद्यको दुर्घटनामा निधन

blog

काठमाडौँ, असार ८ गते । पशुपति आर्यघाट सेवा केन्द्रका आयुर्वेदिक चिकित्सक सुवर्ण वैधको निधन भएको छ । 

गत मङ्गलबार त्रिशूल जात्रा सहभागी भएर फर्कने क्रममा दुर्घटनामा पर्नुभएका वैद्यको आइतबार राति उपचारकै क्रममा निधन भएको हो । आइतबार नै उहाँको अन्तिम दाहसंस्कार गरिएको हो । वि.स. २००६ साल असार १५ गते जन्मनुभएका वैद्यको उपचारको क्रममा ७६ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

उहाँले बिरामी भएर अन्तिम अवस्थामा पशुपति पुर्‍याइएका बिरामीलाई आयुर्वेदिक औषधी खुवाएर उपचार गर्नुहुन्थ्यो, थुप्रै  बिरामीले उहाँको उपचार पाएर नयाँ जीवन पनि पाउनुभएको छ ।  काठमाडौँ महानगरपालिका वडा ८ को उहाँ ४६ र ६३ सालमा वडाध्यक्ष समेत हुनुभयो ।

उहाँको निधनको शोकमा आइतबार वडाभरमा सार्वजनिक बिदा पनि दिइएको थियो भने श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीरलाई वडाको प्राङ्गणमा राखिएको थियो ।