विनय कर्ण
कल्याणपुर (सप्तरी) साउन १६ गते । सप्तरीमा एक बालिकासँग सामूहिक बलात्कार भएको घटना बाहिरिएको छ । राजविराज नगरपालिका घर भएकी एक बालिकासँग जबरजस्ती करणी भएको घटना बाहिरिएको हो ।
बुधबार राति घर अगाडि उभिरहेकी ती बालिकालाई चार जना युवाको समूहले उठाएर लगी जबरजस्ती करणी गरेको परिवारजनको आरोप छ ।
राति ८ बजेतिर बालिकालाई लगि बिहानपख घरमा ल्याएर छाडेको परिवारका सदस्यले बताएका छन् ।
घटनाबारे जानकारी आएलगतै घटनामा संलग्न रहेका एक युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो । उहाँले पीडित परिवारको तर्फबाट अहिले सम्म जाहेरी नआएको र जाहेरी आएपछि अनुसन्धान अगाडि बढाइने बताउनुभयो ।