• ६ वैशाख २०८२, शनिबार

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

blog

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको लेलेपस्थित चाँगा भएको ट्याक्टर दुर्घटना । तस्बिर : गाउँपालिका उपाध्यक्ष रविन लिम्बू साम्रा विकासको फेसबुकबाट

साहारा लिम्बू 

फुङलिङ, वैशाख ६ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

शनिबार दिउँसो भएको दुर्घटनाबाट एक जनाको मृत्यु भएको फक्ताङलुङ गाउँपालिकाको उपाध्यक्ष रविन लिम्बु साम्राले जानकारी दिनुभयो । दुर्घटनामा फक्ताङलुङ गाउँपालिकाको लेलेप इलाडाँडाका २८ वर्षीय भुछिरिङ शेर्पाको मृत्यु भएको हो ।

लेलेपबाट सदरमुकामतर्फ आउने क्रममा लेलेपको चाँगामा ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनास्थलतर्फ सदरमुकामबाट प्रहरीको टोली खटाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) रवि रावलले जानकारी दिनुभयो । 

गत बिहीबार सोही पालिकामा पिकअप दुर्घटना हुँदा चालक पाँचथर घर घएका सरोज श्रेष्ठको मृत्यु भएको थियो भने सहचालक घाइते सौजन श्रेष्ठको उपचार भइरहेको छ ।