पर्सा, फागुन ९ गते । पर्सास्थित वीरगञ्ज महानगरपालिका–१६ भन्सार मेनगेटबाट सशस्त्र प्रहरी बलले एउटा एयर गन र त्यसमा लाग्ने सानो–सानो ८२ राउन्ड गोली (छर्रा)सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको एयर गन र गोलीसहित अन्दाजी ३४ वर्षीय भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो । उनलाई हतियारसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।