• १० फागुन २०८१, शनिबार

गहुँ बारीमा पुुरुष मृत फेला

blog

जनार्जन खत्री

सर्लाही, फागुन ९ गते । सर्लाहीको गोडैता नगरपालिका–९, रोहुवास्थित गहुँ खेतमा शुक्रबार दिउँसो एक पुरुष मृत फेला पर्नुभएको छ । रौतहटको गढिमाई नगरपालिका–२, हथियौल घरभई रोहुवामा रहेको ससुुरालीमा बसेर सागसब्जी बेच्दै आउनुुभएका ४५ वर्षीय शुद्धिलाल साह मृत फेला पर्नुभएको हो । 

गहुँखेतमा रहेको बिजुलीको ट्रान्सफर्मरमुनि साहलाई मृत अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । घटनास्थलको प्रकृति हेर्दा साहको करेन्ट लागेर मृत्युभएको जस्तो देखिएको स्थानीयको भनाइ छ । 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक बालिष्टार सिंहले साहको हातमा ट्रान्सफर्मरमा जोडिएको अर्थिङको तार छोइरहेको र नजिकै एक थान पिलास समेत फेला परेको जानकारी दिनुुभयो । प्रहरी निरीक्षक सिंहका अनुसार मृतक साहको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको छ ।