• १९ चैत २०८१, मङ्गलबार

जनतालाई केन्द्रमा राखेर स्थानीय तहले काम गर्नुपर्छ : सभापति देउवा

blog

नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवा मनरा सिसवा नगरपालिकाको नव निर्मित प्रशासनिक भवनको उद्घाटन गर्नुहुँदै । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती 

बर्दिबास, फागुन २३ गते । महोत्तरीको सीमावर्ती नगरपालिका मनरा सिसवाको नयाँ प्रशासनिक भवनको उद्घाटन गरिएको छ । नेपाल सरकार र मनरा सिसवा नगरपालिकाको करिव ७ करोड बढीको लागतमा निर्माण सम्पन्न प्रशासनिक भवनको नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाले शुक्रवार एक समारोहबिच उद्घाटन गर्नुभएको हो ।

नगरपालिका प्रशासनिक भवनको उदघाटन गर्दै देउावाले नया भवनबाट जनताले पाउने सेवा सुविधाहरु थप प्रविधि मैत्री, चुस्त दुरुस्त र सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थानीय सरकार भनेको जनताको हरेक समस्यामा साथ  दिने सरकार भएकोले जनतालाई केन्द्रमा राखेर काम गर्नु पर्ने आवश्यकता औँल्याउनु भयो । जनतासँग प्रत्यक्ष सरोकार राख्ने भएकोले पनि स्थानीय सरकारको कामकारबाहीबाट समग्र सरकारको मूल्यांकन हुनेहुदा विकास निर्माण र जन्ताको कामलाई सर्वोपरि मानेर दायित्व निर्वाह गर्नु पार्ने धारणा राख्नुभयो ।

“संघीय सरकारको सफलताको पछाडि स्थानीय सरकारको हात हुने भएकोले जनप्रतिनिधिहरुले जन सेवक भएर कम गर्नु पर्छ भन्ने मेरो मान्यता छ ।" पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका देउवाले आर्थिक समृद्धका लागि स्थानीय प्राकृतिक, धार्मिक र पुरातात्त्विक सम्पदाको प्रचारप्रसारदेखी कृषि पर्यटन लगायत क्षेत्रको आधुनिकीकरण र उर्वर भूमिको अधिकतम प्रयोग आवश्यक रहेको बताउनुभयो ।

नयाँ प्रविधिको प्रयोगले स्थानीय उत्पादनको प्रवर्द्धन र बजारिकरण गर्नेदेखि नव प्रवर्द्धनात्मक क्षेत्रको पहिचान र परिचालन गरि आर्थिकरूपमा सम्पन्न स्थानीय तह बनाउन सकिने सम्भावना व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सीपमूलक तालिमको अभियान सुरुगरेर रोजगारीको सम्भावना पहिचान गरेर कर्यान्वन गर्न सकिने नयाँ योजनाहरु अघि बढाउन सरकार र नेपाली काङ्ग्रेसले सहयोग पुर्याउने बिश्वास दिलाउन चाहन्छु । सडक, बिजुली, खानेपानी, सिचालगायतका क्षेत्रमा केन्द्र सरकारले साथ सहयोग र सहकार्य गर्ने छ ।

काङ्ग्रेस नेता विमलेन्द्र निधीले सहिद शिवचन्द्र मिश्र, मिथलेश दुवेको पवित्र भूमि रहेको मनरा सिसवा प्रजातान्त्रिक आन्दोलनका योद्धा र प्रेरक नगरपालिका रहेको स्मरण गर्नुभयो । उहाँले नेपाली काङ्ग्रेस मुलुकको अग्रणी पार्टी भएकोले अन्य पार्टीले पनि काङ्ग्रेसलाई अभिभावक भएको धारणा राख्नुभयो ।

यसअघि मनरा सिसवा नगरपालिकाका नगरप्रमुख मोहन पाण्डेले ९ सय ५० वर्ग फिटमा फैलिएको तीन तले नयाँ भवन वातानुकुलित, भुकम्प प्रतिरोधि र आधुनिक उपकरणले युक्त रहेको बताउनुभयो। भवनमा २६ वटा कार्यकक्षका साथै ३ सय जना अटने सेमिनार हल २ वटा बैठक कक्ष, स्तनपान कक्ष, अपाङ्गता भएका सेवाग्राहीका लागि र्‍याम्प सुविधा तथा अग्नी नियन्त्रक र जल आपूर्तिको समुचित व्यवस्था रहेको प्रमुख प्रशासकीय अधिकृत राजेश शर्माले बताउनुभयो ।

कूल ७ करोड २८ लाख ५० हजार लागतमा निर्माणसम्पन्न यो संरचनाको ५० प्रतिशत रकम नेपाल सरकार र बाँकी नगरपालिकाको बजेटबाट खर्च भएको नगरप्रमुख मोहन पाण्डेले बताउनुभयो । नगरप्रमुख पाण्डेले नगरपालिकाको वटा वडामध्ये वटा वडा कार्यालय भवन निर्माण सम्पन्न गरि सकेको, वडा कार्यालय निर्माणको चरणमा रहेको र नगर असपतला संचालनमा ल्याएको जनाउँदै नयाँ प्रशासनिक भवनले अव मानव संशासधन र सुशासनको क्षेत्रमा काम गर्न सहज हुने अपेक्षा जगाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नयाँ भवनले नगरवासीको गौरव र जनप्रतिनिधीको मनोवल बढाएको छ ।’

नगरका सामुदायिक विद्यालयमा संस्कृत शिक्षा र योग शिक्षा अनिवार्य गरेको नगर क्षेत्रका छात्रछत्राले कार्यक्रममा योगाभ्यास गरेका थिए । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता विमलेन्द्र निधि, संघीय सांसद महेन्द्रकुमार राय, नेपाली काङ्ग्रेस महोत्तरीका सभापति नागेश्वर यादव, मधेस प्रदेशका शिक्षा मन्त्री रानी शर्मा तिवारी, लगायतले समसामयिक समस्या र विषयमाथी ध्यानाकर्षण गराइएकाे छ ।