जनार्जन खत्री
सर्लाही, फागुन १८ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह अनुुगमनमा आउँदा सर्लाहीको नवलपुर बजारमा सञ्चालित अवैध अस्पतालका सञ्चालकहरु फरार भएका छन् ।
मुख्यमन्त्री सिंह पूर्व पश्चिम राजमार्गमा पर्ने रौतहटको चन्द्रनिगाहपुर र सर्लाहीको हरिवनका विभिन्न अस्पतालको अनुुगमन गरी शनिबार राति ९ बजेपछि लालबन्दी नगरपालिका–१, नवलपुर बजारक्षेत्रमा आइपुुग्नुुभएको थियो । मुख्यमन्त्री सिंह अस्पताल अनुुगमनमा आएको सुुइँको पाउनासाथ नवलपुरमा अवैध स्वास्थ्य संस्था सञ्चालन गरेर सर्वसाधारणको स्वास्थ्यमा गम्भीर खेलवाड गरिरहेका सञ्चालक अस्पतालको सर्टर बन्द गरेर भागेका हुन् ।
मुख्यमन्त्री सिंह नवलपुर आइपुुग्दा भानु अन्जली अस्पताल मात्रै खुलेको थियो । मापदण्डविपरीत सञ्चालित उक्त अस्पताललाई तत्कालै बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिनुुभएको छ ।
मुख्यमन्त्री आएको सूचना पाएपछि नवलपुरमा रहेका रक्षा हेल्थकेयर, जय भवानी हेल्थकेयरलगायत अन्य केही अस्पतालका सर्टर बन्द गरेर सञ्चालक फरार भइसकेको पाइएको छ । सर्टर बन्द भएका अस्पताल तथा क्लिनिकमा अनुुगमन हुन पाएन ।
सर्लाहीको नवलपुर बजार पछिल्लो समय अवैध स्वास्थ्य संस्था सञ्चालन गर्ने थलो बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाही र लालबन्दी नगरपालिकाले बारम्बार अनुुगमन गरी नवलपुर बजारमा खुलेका एक दर्जन बढी अवैध अस्पताल र क्लिनिक बन्द गर्न निर्देशन दिएपनि निर्देशनको पालना हुन सकेको छैन ।
प्रदेश प्रदेशका मुख्यमन्त्री सिंहले नवलपुरका अस्पतालअघि हरिवनमा सञ्चालित अस्पतालको अनुुगमन गर्नुभएको थियो । हरिवनमा मापदण्ड पूरा गरेर सञ्चालन गरिएको स्वाभिमान अस्पतालबाहेक अन्य चारवटा अस्पताल तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिनुुभएको छ ।
अनुुमति नलिएको तथा मापदण्ड पूरा नगरेका हरिवन बजारमा सञ्चालित दयन्ती अस्पताल, सर्लाही जीवन हेल्य केयर, लीलावती अस्पताल र सरस्वती अस्पताल तत्काल बन्द गर्न निर्देशन दिइएको मुख्यमन्त्री सिंहको सचिवालयले जनाएको छ । मुख्यमन्त्री सिंहसहित मधेश सरकारका स्वास्थ्य मन्त्री शत्रुुधनप्रसाद सिंह, निमित्त स्वास्थ्य सचिव राजेशकुमार मिश्रलगायत भएर हरिवन र नवलपुरका स्वास्थ्य संस्थाको शनिबार राति अबेर आएर अनुुगमन गर्नुभएको हो ।
मुख्यमन्त्री सिंहले स्वास्थ्य क्षेत्रमा सुधारको अभियानअन्तर्गत विभिन्न जिल्लामा पुुगेर यसैगरी अस्पताल तथा स्वास्थ्य संस्थाको अनुुगमन जारी राख्नुुभएको छ ।