• १९ असार २०८२, बिहिबार

साउनदेखि बीमितले जुनसुकै सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा प्राप्त गर्न सक्ने

blog

काठमाडौँ, असार १९ गते । साउन १ गतेदेखि बीमितले जुनसुकै सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा प्राप्त गर्न सक्ने भएका छन् । 

बीमितबाट सेवा प्राप्त गर्न समस्या भएको गुनासो आएकोले सहज र सरल रूपमा सेवा प्रदान गर्न स्वास्थ्य बिमा बोर्डले यस्तो निर्णय गरेको हो ।

बोर्डले आर्थिक वर्ष २०८२/८३ को सुरुवातसँगै साउन १ गतेदेखि लागु हुने गरी स्वास्थ्य प्रथम सेवा विन्दुको रूपमा काम गर्ने गरी अनुमति प्राप्त गरेका जुनसुकै सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बिमितले सेवा प्राप्त गर्न सक्ने निर्णय भएको छ । 

विगतमा बीमितले तोकिएको एक मात्र प्रथम सेवा विन्दुबाट सेवा लिनुपर्ने बाध्यता थियो । स्वास्थ्य बिमा ऐन, २०७४ तथा नियमावाली, २०७५ मा भएको संसोधन भएसँगै बीमितले जुनसुकै सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा प्राप्त गर्न सक्ने भएका छन् ।