• १४ फागुन २०८१, बुधबार

फोनिज मधेश प्रदेशले चार पत्रकारलाई पुरस्कृत गर्ने

blog

गोरखापत्र अनलाइन

बारा, फागुन १४ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) मधेश प्रदेशले चार जना पत्रकारलाई सम्मानित गर्ने भएको छ । फोनिज मधेश प्रदेशले स्थापना गरेको क्रिएटिभ क्रियाशील पत्रकारिता पुरस्कार र देवनारायण गनिया स्मृति पत्रकारिता पुरस्कारबाट चार जना पत्रकार पुरस्कृत हुनुहुनेछ ।

सञ्चार क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार सत्यप्रसाद श्रेष्ठ र रिना आलेलाई देवनारायण गनिया स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ । अर्को क्रिएटिभ क्रियाशील पत्रकारिता पुरस्कार लक्ष्मी चौधरी र डम्बर राईलाई प्रदान गर्ने निर्णय गरेको हो । 

फोनिज मधेश प्रदेशका अध्यक्ष दुष्यन्त चौधरीको संयोजकत्वमा गठित पुरस्कार छनाेट समितिले पत्रकारद्वय श्रेष्ठ, आले, राई र चौधरीलाई प्रदान गर्ने निर्णय गरेको फोनिज मधेश प्रदेशका महासचिव बृजमान तमाङले जानकारी दिनुभयो ।

देवनारायण गनिया स्मृति पत्रकारिताबाट पुरस्कृत पत्रकार श्रेष्ठ पुरानो पत्रकार हुनुहुन्छ । उहाँ राससमा कार्यरत हुनुहुन्छ । त्यस्तै पुरस्कृत हुने अर्का पत्रकार आले  विगत ७ वर्षदेखि पत्रकारितामा संलग्न हुनुहुन्छ । आले सामुदायिक रेडियो सर्लाहीमा कार्यरत हुनुहुन्छ । 

त्यसैगरी क्रिएटिभ क्रियाशील पत्रकारिताबाट पुरस्कृत पत्रकार चौधरी गोरखापत्र दैनिकको जनकपुर समाचारदाता हुनुहुन्छ । १० हजार राशिको उक्त पुरस्कार फोनिज मधेश प्रदेशका साधारणसभाका दिन १७ गते प्रदान गरिने महासचिव तामाङले बताउनुभयो ।

बाराको कोल्हवी नगरपालिका वडा १० बेल्वा निवासी कमलबाबु चौधरीले स्थापना गर्नुभएको क्रिएटिभ वल्ड डिजिटल प्रालि. कम्पनीका नाममा क्रिएटिभ क्रियाशील पत्रकारिता पुरस्कार स्थापना गरिएको हो । चौधरी सामाजसेवी र सफल व्यवसायी हुनुहुन्छ । 

त्यसैगरी देवनारायण गनिया स्मृति पत्रकारिता पुरस्कारको संरक्षक बाराको करैयामाई गाउँपालिका ८ का किशोरीप्रसाद चौधरी तथा महेन्द्रप्रसाद चौधरी रहनुभएको छ ।  उहाँहरू दाजुभाइ हुनुहुन्छ ।