• १२ फागुन २०८१, सोमबार

१६ लाखभन्दा बढीको अवैध सामग्रीसहित एक पक्राउ

blog

प्रहरीले पक्राउ परेका विंगर चालक र सामान । तस्बिर : सुधा देव

सुधा देव
भारदह (सप्तरी), फागुन ७ गते ।
ईलाका प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले जिल्लाको खडक नगरपालिका वडा नं ८ भदिया सडक खण्डमा १६ लाखभन्दा बढी अवैध सामग्रीसहित एक जनालाई पक्राउ गरेको छ ।

भारतको लौकहीतर्फबाट जिल्लाको विष्णुपुर आउँदै गरेको ना.१ ज ८०७८ नम्बरको टाटा कम्पनीको विंगर गाडिमा रहेको जिरा, माउन्टेन डिउलगायत १६ लाख ४३ हजार सात सय रूपियाँको भन्सार छलि गरेर ल्याएको सामानसहित प्रहरीले एक जनाले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चालक खडक नगरपालिका वडा नं ८ बस्ने वर्ष ४३ का भगवान चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिनुभएको छ ।

पक्राउ परेको सामान चालक तथा विंगरलाई आवश्यक कारवाहीका लागि राजविराज भन्सार कार्यालयको जिम्मा लगाएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभएको छ ।