• २० असार २०८२, शुक्रबार

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

blog

अर्जुन काफ्ले
स्याङ्जा, असार २० गते । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । गाउँमै लुकीछिपी बसेको अवस्थामा प्रहरीले स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. –९ सुन्तलीटार बस्ने ५० वर्षीय ध्रुबराज भण्डारीलाई पक्राउ गरेको हो ।

जबरजस्ती करणी मुद्दामा तीन वर्ष छ महिना कैद सजाय र एक लाख ५० हजार रुपियाँ जरिवाना फैसला भई फरार रहेका भण्डारीलाई पक्राउ गरेको प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिनुभयो ।

कैद र जरिवाना फैसला तोकिएका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले भण्डारीलाई पक्राउ गरी कैद भुक्तान र जरिवाना असुलका लागि स्याङ्जा जिल्ला अदालतमा पेस गरिएको तिवारीले बताउनुभयो ।