विनय कर्ण
कल्याणपुर (सप्तरी), फागुन ७ गते । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा बुधबार कुकुरले भर्खरै जन्मेको नवजात शिशु मुखमा लिएर अस्पताल प्राङ्गणमा घुमिरहेकाे भेटिएको छ ।
मृत अवस्थामा पूर्ण विकसित शरीर नभएको नवजात शिशुलाई कुकुरले बोकेर अस्पतालको प्राङ्गणमा घुमिरहेको पाइएको हो ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर दिलीप साहले पूर्णरुपमा शरीर विकसित नभएको शिशुको शव फेला परेको जानकारी दिनुभयो ।
अस्पतालमा देखेका प्रत्यक्षदर्शीहरुले कुकुरलाई घेराउ गरी पोषण पुनःस्थापना केन्द्रको पछाडि राखेर प्रहरीलाई खबर गरेका थिए । शिशु कसको हो भन्ने कुरा खुल्न सकेको छैन । यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।