भंगहा घटनाको छानबिन गर्न अनुसन्धान टोली घटनास्थलमा
भंगहा नगरपालिकामा कात्तिक १० गते भएको घटनाको छानबिन गर्न गृहमन्त्रालयद्वारा गठित टोली घटनास्थल पुगेको छ।
जनकपुरधामलाई व्यवस्थित बनाउने प्रयास निरन्तर जारी
जनकपुरधाम उपमहानगरपालिका पुनः व्यवस्थित हुन थालेको छ । जनकपुरधामको बजार तथा फोहोर व्यवस्थित गर्न छठको दोस्रो दिनदेखि नै उपमहानगरपालिकाका कर्मचारी निरन्तर खटिएका छन् ।
धान काट्न मजदुर अभाव
सर्लाहीमा धान काट्ने मजदुरको अभाव भएको छ । यस जिल्लाको उत्तरी भेगमा धमाधम धान भित्र्याउने बेला धान काट्ने मजदुर पाउनै गाह्रो भइरहेको ईश्वरपुर नगरपालिका–१२, घारीबथानका किसान कैलाश बानियाँले बताउनुभयो ।
सांस्कृतिक एकताको पर्व छठ : अध्यक्ष यादव
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले छठ पर्वले तराई मधेस पहाड र हिमाली जनतालाई सांस्कृतिक रुपमा जोड्ने काम गरेको बताउनुभएको छ । चुनावी अभियानमा आज छठ समापन समारोहमा पुगेर उहाँले मतदातासँग मत माग्दै सो कुरा बताउनुभएको हो ।
थारु समुदायमा समाचकेवा पर्व मनाइँदै
मध्य तराईका थारु तथा मधेसी समुदायका गाउँघरमा समाचकेवा पर्व सुरु भएको छ । दाजुबहिनीको प्रेमको प्रतीकको रूपमा रहेको तराईको मौलिक पर्व समाचकेवाको रौनक अहिले तराईका बारा, पर्सा, रौतहटलगायतका जिल्लामा छाएको छ ।
गठबन्धनलाई विजयी बनाउन डा.आरजु देउवाको निर्देशन
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवाले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
रौतहट ३ मा पेचिलो प्रतिस्पर्धा
नेकपा माओवादी केन्द्रीय समितिले दिएको निर्देशन माओवादीकै उम्मेदवारले अवज्ञा गरेपछि रौतहट क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य पदको चुनाव निकै रोचक बनेको छ। माओवादीबाट टिकट पाई उम्मेदवारी दिनुभएका धिरज पटेलले नेकपा एमालेको टिकट परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिनुभएका प्रभु साहलाई समर्थन गर्न अस्विकार गरेपछि सो क्षेत्रको निर्वाचन रोचक बनेको हो।
डा. आरजु देउवाद्वारा जनकपुरधाममा छठ पूजा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले हिन्दूहरूको महान् चाड छठ पर्वको अवसरमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्यदान गर्नुभएको छ।
स्कारपियोको ठक्करबाट युवकको मृत्यु
दक्षिणी सीमावर्ती क्षेत्रस्थित सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा आइतबार दिउँसो चुनावी प्रचार प्रसारमा हिँडेको स्कारपियोले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।
गठबन्धनको जीत सुनिश्चित छ : डा आरजु
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गर्नुभएको छ।
छठका लागि जनकपुरमा मात्रै तीन करोडको केरा आयात
छठ पर्वका लागि मधेश–प्रदेशको राजधानी जनकपुरधाममा मात्र रु तीन करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका बर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ । केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि पुग्दैन ।
छठपर्वको तयारी पूरा, आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै
छठपर्वको महत्वपूर्ण दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ । जनकपुरधामसहित तराई मधेसमा अधिकांश पोखरी, ताल तलाउ, खोला र नदी सरसफाइ गरी पूजाघाटलाई दुलहीझैँ सिङ्गारिएको छ ।
गठबन्धनकै दुई नेताबीच प्रतिस्पर्धा
सत्ता गठबन्धनले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्दै सर्लाहीको क्षेत्र नं. २ मा गठबन्धनकै दुई दलबीच मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई समेत समेटेर उम्मेदवारको नामावली सार्वजनिक गर्दै सर्लाही क्षेत्र नं. २ मा गठबन्धनभित्रकै दुई दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र लोसपाका उम्मेदवारबीच मित्रवत् प्रतिस्पर्धा हुने उल्लेख गरिएको हो। यो क्षेत्रमा माओवादी केन्द्रबाट महिन्द्रराय यादव र लोसपाबाट राजेन्द्र महतोले उम्मेदवारी दिनुभएको छ।
कृषिसँगै विकासका मुद्दा प्राथमिकतामा
सप्तरीबाट चुनावी मैदानमा उत्रिएका प्रायजसो उम्मेद्वारले कृषि क्षेत्रको विकास र अन्य विकासका मुद्दालाई आफ्नो चुनावी एजेण्डामा प्राथमिकतामा राखेका छन् ।
मिथिलाञ्चलमा छठको तयारी पूरा
मिथिलाञ्चलको महानपर्वको रूपमा चिनिएको छठ पर्वको तयारी पूरा भएको छ । चार दिवसीय यस पर्वको मुख्य आकर्षण अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गर्नु रहेको छ । यसको लागि पोखरी, तलाउ, नदीहरू सरसफाइ गरी ती स्थलहरूमा सजाइने काम पूरा भइसकेको देखिएको छ ।
मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु
मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आज (शनिबार)देखि सुरु भएको छ । यो पर्व आज पञ्चमीदेखि सुरु भई १० दिनसम्म चल्नेछन् भने एघारौँ दिन पूर्णिमाका रात सामा चकेवालाई विसर्जन गरिन्छ ।
जनकपुरमा छठको तयारी पूरा
जनकपुरधामलगायत मिथिलाञ्चलमा आस्थाको महापर्व छठ औपचारिक रुपमा आज (शुक्रबार) देखि सुरु भएको छ । पर्वको पहिलो दिन आज ‘नहाय खाय’ विधि मनाइँदैछ । श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वका लागि जनकपुरधामलगायत तराई–मधेशको विभिन्न स्थानमा अन्तिम तयारी पूरा भएको छ ।
महँगिँदै छठमा प्रयोग हुने सामग्री
हिन्दु धर्ममा आस्थाको पर्व मानिने छठ पर्व विधिवत् रूपमा सुरु भएसँगै बजार भाउ आकासिएको उपभोक्ताहरूको भनाइ छ । पोहोर परारको छठ पर्वको बेला सय र दुई सय रुपियाँमा पाइने नाङ्लो र ढक्की अहिले चार सयदेखि हजार रुपियाँसम्म पर्ने स्थानीयले बताउनुभयो ।
झाडीले ढाकिएको ‘शहीद स्मृति पार्क’ (फोटो फिचर)
करोडौं रुपियाँ खर्च गरेर निमार्ण गरिएको रौतहटको चन्द्रपुर नगरपालिका २ स्थित शहीद स्मृति पार्क अहिले झाडीमा परिणत हुँदै गएको छ ।
चार दिवसीय छठको मुख्य विधि शुरु
श्रद्धा, भक्ति र सहिष्णुताको सङ्गम मानिने चार दिवसीय छठ पर्व शुक्रबारदेखि विधिवत् रुपमा शुरु भएको छ । सम्पूर्ण मनोरथ पूरा हुने तथा आरोग्य प्राप्त हुने कामना गर्दै छठ व्रतका व्रतालुहरुले शुक्रबार नहाखायबाट महानपर्व छठको शुरुवात गरेका हुन् ।
छठपर्व विधिवत् रुपमा सुरु, आज ‘नहाय–खाय’
महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिन्छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । ‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ ।
महोत्तरीमा निषेधाज्ञा कायमै
महोत्तरीको भङ्गाहा नगरपालिकामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा (कर्फ्यु) कायमै राखेको छ । भङ्गाहा–८ पडरिया बस्तीमा बिहीबार दुई समूहबिच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले पडरिया वरपर क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा आज पनि जारी छ ।
प्रमाण च्यातेर प्रहरीले दुःख दिएको आरोप
चेकजाँचको नाउँमा प्रहरीले सवारीसाधनलाई रोकेर रकम उठाउन कार्यमा लागेको पीडितले आरोप लगाएका छन् ।
छठ पर्व नजिकिएसँगै माटाका भाँडाको माग बढ्यो
छठ पर्व नजिकिएकाले माटोका भाँडाको माग बढेको छ । यहाँको उत्पादनसँगै केही भारतीयसमेत नेपाली बजारमा छठका लागि विभिन्न सामग्रीको बिक्री बढेको छ ।