निर्वाचन सामग्री आइपुग्यो
सर्लाहीमा मङ्सिर ४ को निर्वाचनका लागि मतपत्रसहित सम्पूर्ण निर्वाचन सामग्री आइपुगेको छ। निर्वाचन आयोगबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फको मतपत्र र मतदानका लागि आवश्यक सम्पूर्ण सामग्री आइपुगेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख निर्मल पोख्रेलले जानकारी दिनुभयो।
मुख्यमन्त्रीसँग तीन जनाको प्रतिस्पर्धा
मधेश प्रदेशका मुख्यमन्त्री उम्मेदवार भएको पर्सा क्षेत्र नं. १ (२) मा रोचक प्रतिस्पर्धा हुने भएको छ। मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। मुख्यमन्त्री राउतसँग कांग्रेसका जिल्ला उपसभापति रामनारायण कुर्मी, जसपाका पूर्वजिल्ला अध्यक्ष शशिकपुर मियाँ र लोसपाका तत्कालीन नगरअध्यक्ष ओमप्रकाश शर्राफसँग रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
डेङ्गु सङ्क्रमण बढेपछि वडा तहमा स्प्रे
वर्षा सकिएर जाडोयाम सुरु भइसक्दा पनि यहाँ डेङ्गुको प्रकोप कम भएको छैन। बर्दिबास अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट कृष्णा महर्जनका अनुसार परीक्षण गराउन आएकामध्ये अधिकांशमा अहिले डेङ्गु ‘पोजेटिभ’ देखिएको छ। ‘यो डरलाग्दो अवस्था हो,’ उहाँले भन्नुभयो।
रोजगारी दिनेलाई मतदान : डोम समुदाय
सप्तरीको तिलाठी कोइलाडी वडा – ८ का गीता मरिकले आफूहरूले गर्दैआएको रोजगारी र श्रमको मूल्य बढाइदिने नेतालाई भोट दिने बताउनुभयो । सप्तरीमा डोम समुदायले सरसफाइ लगायत बाँसको ढकी, पङ्खा, कोनिया बनाएर विक्री गरेर आयआर्जन गरी परिवार चलाउँछन् ।
धनुषा १ : मातृकासँग पुरानै प्रतिस्पर्धी
धनुषा क्षेत्र नम्बर १ मा पुरानै उम्मेदवार प्रतिस्पर्धीमा देखिएका छन् । सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उपमहासचिव मातृकाप्रसाद यादव र एमाले–जसपा गठबन्धनबाट जसपाका दीपक कार्कीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
नेता पोखरेलको प्रतिबद्धतापत्र सार्वजनिक
निर्वाचन प्रचार प्रसार उत्कर्षमा पुगेका बेला दल तथा उम्मेदवारले मतदाता रिझाउन अनेक एजेण्डा राखेर प्रतिबद्धता पत्रमार्फत आफ्ना भावी योजना तथा आश्वासन सार्वजनिक गरिरहेका छन् ।
कमला किनारमा तन्त्र मेला
सिरहा र धनुषा जिल्ला छुट्याउने कमला नदीको किनारमा लागेको तन्त्र मेला सकिएको छ। कार्तिक शुक्ल पूर्णिमाको दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वासका साथ प्रत्येक वर्ष यहाँ मेला लाग्ने गर्छ। मेलाको अवसरमा सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभङ्गा, समस्तीपुरलगायत जिल्लाबाट लाखौँ मानिसले कमला नदीमा स्नान गर्छन्। यो मेलालाई स्थानीयले भूत मेला भन्ने गर्छन्।
सर्लाही–१ मा त्रिपक्षीय प्रतिस्पर्धा
सर्लाहीको क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। पाँचदलीय सत्ता गठबन्धन र नेपाल कम्युनिस्ट पार्टी एमाले–जनता समाजवादी पार्टी गठबन्धन र बागी उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।
माधवको पुनरागमनले चुनावी रौनक
राजदेवी नगरपालिका वडा नं. ९ का ५९ वर्षीय वीरेन्द्र सिंह पछिल्लो ३० वर्षदेखि दैनिक रूपमा डुङ्गामा मोटरसाइकल राखेर वडा नं. ६ स्थित श्री माध्यमिक विद्यालय सेढवा ओहोरदोहोर गर्नुहुन्छ । सिंह पेसाले शिक्षक हुनुहुन्छ । राजदेवी नपाको वडा नं. ९ ब्रम्हपुरी र वडा नं. ६ सेढवालाई बागमती नदीले छुट्याएको छ । नदी पूर्वका पाँच हजार व्यक्ति रौतहटबाट अलग्गिएको महसुस गर्दै आएका छन् ।
मधेशमा असी नाघेका मतदाता असी हजार
मधेश प्रदेशमा मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा आठ दशक उमेर नाघेका मतदाता ८० हजारभन्दा बढी छन्। आठ दशक नाघेका मतदातामध्ये ३९ हजार ८५९ पुरुष र ४१ हजार ६६ महिला गरी ८० हजार ९२५ जना छन्। यस प्रदेशमा उमेरको हिसाबले सबभन्दा कम ८१ वर्षमाथि समूहका मतदाता छन्।
किसान श्रेष्ठको चुनावी एजेन्डा बाराको पूर्वाधार विकास
नेकपा (एकीकृत समाजवाद) का नेता तथा प्रतिनिधिसभाका लागि बारा ४ बाट बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)ले चुनावी एजेन्डामा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिनुभएको छ ।
कमला नदीमा अनौठो भूत मेला सुरु
धनुषा र सिराहा जिल्लाको सिमाना छुुट्याउने कमला नदीमा आज श्रद्धालुको घुइँचो लागेको छ । कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ आज गाउँगाउँबाट भूतमेला भर्न श्रद्धालुको घुइँचो लागेको हो ।
आज र भोलि अतिरिक्त रेल सेवा सञ्चालन हुँदै
जयनगर-जनकपुरधाम-कुर्था रेल सेवा आज र भोलि अतिरिक्त समयमा पनि सञ्चालन हुने भएको छ ।
कमला नदीमा स्नान गर्ने श्रद्धालुको घुइँचो
सिरहा र धनुषाको सिमाना स्थित कमला नदीमा भूत मेला लागेको छ । आज नदी किनारमा बिहानैदेखि स्नान गर्ने श्रद्धालुको घुइँचो लागेको छ ।
यसरी मनाइयो सामाचकेवा पर्व
महोत्तरीसहितका मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीबीच मनाइने प्रेम र समर्पणको पर्व सामाचकेवा सम्पन्न भएको छ ।
लोसपा अध्यक्ष ठाकुर कडा प्रतिस्पर्धामा
महोत्तरी निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्य पदमा दोस्रो पटक निर्वाचन लड्नुभएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरलाई यो वर्ष अन्य वर्ष जस्तो सहज नहुने देखिएको छ । ठाकुरलाई एमाले,जसपा गठबन्धन र स्वतन्त्र उम्मेदवारसँग कडा रूपमा चुनौती सामना गर्नु पर्ने भएको छ ।
मतदातालाई पुरानै आश्वासन
निर्वाचन नजिकिँदै जाँदा सर्लाहीका मतदाताले अघिल्लो निर्वाचनमा उम्मेदवारबाट पाएको आश्वासन अझै पूरा नभएको गुनासो गरेका छन्। जिल्लामा वर्षौंदेखिको समस्या ज्युँका त्युँ रहेको मतदाताको भनाइ छ। विशेष गरी यहाँ हुलाकी सडकको समस्या समाधान नहुँदा मतदातामा नैराश्यता बढी देखिएको छ। गोडैता नगरपालिका–७, का स्थानीय सञ्जित दासले प्रत्येक निर्वाचनमा उम्मेदवारले हुलाकी सडकको एजेन्डा उठाए पनि सडकको अवस्था भने सुधार हुन नसकेको बताउनुभयो। “हुलाकी सडकको अवस्था हेर्दा हामीलाई नै लज्जा महसुस हुन्छ तर यहीँबाट चुनाव जितेर गएका उम्मेदवार फेरि हुलाकी सडकलाई मुद्दा बनाएर मत मागिरहनुभएको छ,” दासले भन्नुभयो, “यो
मुलुकको समृद्धि र संविधानको रक्षाका लागि कांग्रेस नेतृत्वको गठबन्धनः प्रवक्ता डा. महत
नेपाली कांग्रेसका प्रवक्ता तथा निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले मुलुकको विकास र समृद्धिका लागि कांग्रेस नेतृत्वको गठबन्धन विजयी हुनुपर्ने बताउनुभएको छ ।
लोसपाको घोषणापत्र : संविधान संशोधन आवश्यक
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संविधान संशोधन अघि बढाउने प्रतिबद्धतासहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
निर्वाचनमा गठबन्धन गर्नु लोसपाको बाध्यता : अध्यक्ष ठाकुर
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न पार्टीसँग गठबन्धन गर्नु आफ्नो पार्टीको बाध्यता रहेको स्पष्ट पार्नुभएको छ ।
सिराहा ३ पूर्व मन्त्रीको प्रतिस्पर्धा
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सिराहा –३ मा पूर्व कानुन न्याय संसदीय व्यवस्था मामिला मन्त्री लीलानाथ श्रेष्ठ र पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री विश्वनाथ साह बिच हुने कडा प्रतिस्पर्धा हुने भएको छ ।
अनुमति प्राप्त हतियार निर्वाचनमा चुनौती बन्दै
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै प्रशासनले इजाजत प्राप्त हातहतियार बुझाउन जारी गरेको सूचना निष्प्रभावी देखिएको छ। मतदान आउन अब दुई साता मात्र बाँकी छ। प्रशासनले हतियार बुझाउन तोकेको समयसीमा सकिएको सात दिन बितिसकेको छ। बुझाउनेको सङ्ख्या भने अत्यन्तै न्यून छ। प्रशासनको सूचनालाई अटेर गरी हतियार नबुझाउँदा सुरक्षा चुनौतीपूर्ण बढेको छ।
प्रचार सामग्रीले चोक कुरूप
सप्तरीको राजविराजस्थित गजेन्द्र चोकलाई प्रचारप्रसारका सामग्री टाँस्ने स्थलका रूपमा प्रयोग गरिएको छ। नगरलाई सफा बनाउने नारा बोकेका राजनीतिक दल तथा उम्मेदवार नै गजेन्द्र चोकलाई कुरूप र फोहोर बनाउन लागेका छन्।
कांग्रेस मधेश प्रदेशको संकल्पपत्र सार्वजनिक
नेपाली कांग्रेस मधेश प्रदेशले प्रदेशको संकलल्पपत्र आइतबार सार्वजनिक गरेको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी १० बुँदे मधेश प्रदेश संकल्पपत्र सार्वजनिक गरेको हो ।