विवाह पञ्चमीका लागि सिङ्गारिएको जनकपुरधाम
सीताराम विवाह पञ्चमी महोत्सवका अवसरमा सिङ्गारिएको जनकपुरधाम
लाेसपाका उम्मेदवार मेहताको उम्मेदवारी खारेज
निर्वाचन आयोगले सुनसरी जिल्लाको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं ४ को (ख)का लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी स्वतः बदर हुने निर्णय गरेसँगै मेहताको उम्मेदवारी खारेज भएको छ ।
रेल सेवा चार दिन बन्द हुने
नेपाल रेल सेवा चार दिन बन्द हुने भएको छ । जयनगरदेखि जनकपुरसम्म सञ्चालन भइरहेको नेपाल रेल सेवा भोलि बिहीबार मङसिर १ गतेदेखि ४ गतेसम्म सेवा बन्द रहने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिनुभयो ।
गाउँमा डेरी चलाउनेलाई किसानको मत
ग्रामीण भेगका किसानले पशुपालन गरेर उत्पादन गरेको दूध बिक्री गर्न डेरी सञ्चालन गरिदिन विश्वासिलो आधार दिने उम्मेदवारहरूलाई मत दिने किसानले बताएका छन्। लहानको मुख्य चोकमा सडक किनारमा बिहानै आई घण्टौँ उभिएर दूध बिक्री गर्न समस्या खेपिरहेका ग्रामीण भेगका किसानले यस्तो माग गरेका हुन्। लहान–२० का शिवनाथ साह, रामप्रसाद महतोलगायत तीन दर्जनभन्दा बढी किसान दूध बिक्री गर्न चोकमा आउँछन्। उनीहरूले चार/पाँच घण्टा उभिएर दूध बिक्री गर्नु परिरहेको बाध्यता व्यक्त गर्दै यो समस्या समाधान गर्ने दलहरूलाई मत दिने बताए।
धनुषा–४ मा कांग्रेस र एमाले उम्मेदवारबीच प्रतिस्पर्धा
धनुषा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ४ मा सत्ता गठबन्धन र एमालेसहित २९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यस क्षेत्रमा एमाले–जसपाको गठबन्धन छैन । एमाले र जसपाले छुट्टाछुट्टै उम्मेदवार खडा गरेका छन् । सत्ता गठबन्धनबाट कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेकपा (एमाले)का रघुवीर महासेठ, जनता समाजवादी पार्टी (जसपा)बाट महाजन यादवलगायत आठ जना विभिन्न पार्टीबाट र २१ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
चर्चामा सप्तरी-२ : उपेन्द्र, जयप्रकाश र सिके छैनन् ढुक्क
राष्ट्रिय राजनीति चर्चा कमाएका व्यक्तिहरु अहिले मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार रहेकाले सप्तरीको निर्वाचन क्षेत्र नं. २ यतिबेला चर्चामा छ ।
पर्साका चार निर्वाचन क्षेत्रमा महिला उम्मेदवार शून्य
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा जिल्लाका चार निर्वाचन क्षेत्रमा महिला उम्मेदवारको सङ्ख्या शून्य रहेको छ ।
क्रान्तिकारी माओवादीका सातजना प्रहरी नियन्त्रणमा
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनविरुद्ध गतिविधि गरेको आरोपमा सशस्त्र प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ ।
मतदान शिक्षाबारे अनभिज्ञ रौतहटका पिछडावर्ग
निर्वाचन आउन अव एक साता मात्र बाँकी भए पनि रौतहटको ग्रामीण क्षेत्रका गरिब, पिछडा वर्ग तथा दलित समुदायका मतदाता भने मतदान प्रक्रिया बारे अन्योलमा छन् ।
सप्तरी–२ मा त्रिपक्षीय प्रतिस्पर्धा देखिँदै
मङ्सिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति नजिकिँदै गर्दा सप्तरीमा चुनावी सरगर्मी बढेको छ। विगतमा मत दिएर पनि आफूले चाहेको विकास र एजेन्डामा विजयी नेताबाट काम नहुँदा ठगिएको भन्दै मतदाताले यस पटक कुन पार्टी र राम्रो एजेन्डा बोकेका उम्मेवारलाई दिने भन्ने मनसाय बनाइसकेको छन्। बोल्न जान्ने र त्याग गर्न सक्ने नेता आफूहरूको चाहना रहेको महदेवा–६ का महेश मण्डल बताउनुहुन्छ।
शहीद परिवारलाई उपेक्षा गरेकोमा गुनासो
महोत्तरीको जलेश्वर नगरपालिका ७ बस्ने मधेश आन्दोलनका शहीद अमित कापरको बुबा रामवृक्ष कापरले शहीद परिवारको उपेक्षा भएको गुनासो गर्नुभएको छ । आफ्नै घरमा भेट्नु भएका कापरले मधेश आन्दोलनमा कमाउने छोरा गुमाउनुपर्दा ठूलो पीडा भएको दुःख व्यक्त गर्नुभयो ।
मधेश कृषि विश्वविद्यालयमा विद्यार्थी भर्ना सुरु
मधेस कृषि विश्वविद्यालयले आफ्नो पहिलो शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना सुरु गरेको छ । विश्वविद्यालयका रजिस्ट्रार डा. श्रीभगवान ठाकुरका अनुसार विश्वविद्यालयले नयाँ शैक्षिक सत्रमा कक्षा सञ्चालन गर्नेछ । तयारीसहित कात्तिक २९ गतेदेखि मङ्सिर २८ गतेसम्म अनलाइन माध्यमबाट विद्यार्थी भर्ना लिने उहाँले बताउनुभयो ।
५१ हजार १९१ मेट्रिक टन भदैया धान उत्पादन
बारामा चालु आर्थिक वर्ष २०७९–८० मा कृषकहरूले ५१ हजार १९१ दशमलव ५ मेट्रिक टन भदैया धान उत्पादन गरेका छन् ।
सप्तरीका चार निर्वाचन क्षेत्र : ७० जना उम्मेदवारबीच प्रतिस्पर्धा
निर्वाचन आयोगका अनुसार सप्तरी निर्वाचन क्षेत्र नं. १ मा २०, २ मा १६, ३ मा १८ र ४ मा १६ जना गरी ७० जना उम्मेदवार चुनावी मैदानमा छन् ।
निर्वाचन सुरक्षा भरपर्दो बनाउँदै जिल्ला प्रशासन
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि सुरक्षा व्यवस्थाबारे चासो र चर्चा बढ्न थालेको छ । केही समूहले निर्वाचन बिथोल्न औपचारिक रुपमै आह्वान गरेको र गतिविधि बढाएकाले सुरक्षा व्यवस्था थप कडा पारेको प्रशासनले जनाएको छ ।
निर्वाचनका लागि ७२ घण्टा सीमा सिल हुने
भारतीय सीमासँग जोडिएको मधेश प्रदेशका जिल्लाको सीमा नाका ७२ घण्टा बन्द (सिल) गरिने भएको छ । सुरक्षित, व्यवस्थित एवम् भयरहित वातावरणमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ७२ घण्टा नेपाल–भारत सीमानाका बन्द गरिने निर्णय भएको हो ।
नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय
मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमानाका बन्द गरिने भएको छ ।
लालसलाम र जय नेपाल चिया पसल
चुनाव नजिकिँदै जाँदा बिहान–बेलुका चिया पसललाई दलहरूले भेटघाट र चुनाव प्रचारप्रसारको केन्द्र बनाउन थालेका छन् । लहान–१ मुख्य चोकमा रहेको दुईवटा चिया पसल यति बेला नेताहरू भेला हुने स्थल नै बनेको छ । लालसलाम चिया पसलको नामले चिनिने रामऔतार साहको पसल र उहाँको पसलसँगै टाँसिएर रहेको जय नेपाल चौधरी चिया पसलमा बिहान–बेलुका नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका अगुवा नेता–कार्यकर्ताहरूको भेटघाट गर्ने स्थल बनेको छ ।
महेन्द्र र राजेन्द्रबीच कडा प्रतिस्पर्धा
“दशक बित्यो तर सर्लाहीमा हुलाकी राजमार्गको ४२ किलोमिटर खण्ड निर्माण भएन, हुलाकी सडक निर्माणमा किन उदासीनता ?” सर्लाही कौडेना–७ का विजयकुमार यादवले प्रश्न गर्नुभयो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आफ्नो कार्यकालको उपलब्धिमा ‘प्रत्येक दिन पाँच किलोमिटर कालोपत्रे सडक’ प्रचार सामग्री साझा गर्नुभएको छ । उक्त प्रसङ्ग कोट्याउँदै यादवले थप्नुभयो, “महिनामा एक किलोमिटर कालोपत्रे गरेको भए तीन वर्षमा बनिसक्थ्यो तर अहिले पनि हामी धुलो र हिलोमा नै छौँ ।”
चुनावले होटेलको व्यापार बढ्यो
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रचार तीव्र भएपछि बारा, पर्सालगायतका जिल्लाहरूमा रक्सी र मासुको व्यापार फस्टाएको छ। उम्मेदवारहरूले चुनावी प्रचारप्रसार तीव्र बनेपछि सहरदेखि ग्रामीण क्षेत्रमा रहेका मदिरा पसलहरूको व्यापार फस्टाएको हो।
पूरा भएनन् नागरिकका अपेक्षा
स्थानीय तहमा दोस्रो पटक जनप्रतिनिधि निर्वाचित भएर आए पनि सर्लाहीको दक्षिणी भेगको अवस्था भने सुधार हुन सकेको छैन। उत्तरी भेगमा पूर्व–पश्चिम राजमार्गसँगै जोडिएका ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाको तुलनामा दक्षिणी भेगका पालिकामा विकासका काम न्यून मात्र हुने गरेको स्थानीय बताउँछन्।
नगरप्रमुख जैसवारलाई २५ हजार जरिवाना
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को उल्लङ्घन गर्ने छ जनालाई पाँचदेखि २५ हजार रुपियाँसम्म जरिवाना गरेको छ ।
धनुषा क्षेत्र नं ३ : गठबन्धन र एमालेबीच प्रतिस्पर्धा
निर्वाचनमा पाँचदलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिल झा र विपक्षी गठबन्धन एमालेबाट नेतृ जुलीकुमारी महतो चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
तत्काल मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न निर्देशन
निर्वाचन आयोगले सिरहाका सुखिपुर नगरपालिका र सखुवानान्कारकट्टी गाउँपालिकालाई यथाशीघ्र मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरी २४ घण्टाभित्र जानकारी गराउन निर्देशन दिएको छ ।