धीरेन्द्रप्रसाद साह
जनकपुर, माघ ३ गते । मधेश प्रदेशको सभामुखमा नेकपा (एमाले) का रामचन्द्र मण्डल निर्वाचित हुनुभएको छ ।
मंगलबार प्रदेश सभामा उपस्थित १०३ प्रदेश सदस्यमध्ये सभामुखमा मण्डलले ७४ मत प्राप्त गर्नुभएको ज्येष्ठ प्रदेश सदस्य गोविन्दबहादुर न्यौपानेले बताउनुभयो ।
सभामुखमा नेपाली काँग्रेसका प्रदेश सभा सदस्य जंगीलालराय यादवले २९ मत प्राप्त गर्नुभएको थियो ।