• २३ फागुन २०८२, शनिबार

झापा-१ बाट रास्वपाकी निशा डाँगी भारी मतान्तरले विजयी

blog

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की निशा डाँगी

विष्णुप्रसाद पोखरेल

दमक, फागुन २३ गते । बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की निशा डाँगी ठुलो मतान्तरसहित विजयी हुनुभएको छ । शनिबार राति सम्पन्न मतगणना अनुसार डाँगीले ४५ हजार ६८० मत प्राप्त गर्नुभएको छ ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत ल्याउनुभएको छ । तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका केवलराम राईले १० हजार ४ मत र नेकपा (एमाले) का रामचन्द्र उप्रेतीले ७ हजार ६५९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय झापा-१ ले जनाएको छ ।

निर्वाचित डाँगी यसअघि रास्वपाबाट कम उमेरकी समानुपातिक प्रतिनिधिसभा सदस्य रहनुभएको थियो । यो नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माको निर्वाचन क्षेत्र हो । अघिल्लो निर्वाचनमा शर्माले विजय हासिल गर्नुभएको थियो ।