लोकेन्द्र प्रसाद जोशी
दार्चुला, फागुन २३ गते। प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह ठगुन्ना विजयी हुनुभएको छ । ठगुन्नाले १८ हजार ८९१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत भुवन गिरीले जानकारी दिनुभयो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धर्मानन्द जोशीले १५ हजार ८८५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेशसिंह सामन्तले ८ हजार ९३६ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार लक्ष्मणदत्त जोशीले ३ हजार ६५ मत प्राप्त गर्नुभयो।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेश चन्दले ६६५ र नेकपा (माओवादी) का उम्मेदवार नवराज भट्टले २८५ मत प्राप्त गर्नुभएको छ । ९२ हजार ९ सय ४८ मतदाता रहेको दार्चुलामा ४९ हजार ९६८ मत खसेको थियो ।
पूर्वमन्त्री ठगुन्ना दार्चुलाबाट तेस्रो पटक निर्वाचित हुनुभएको हो । यसअघि उहाँ २०७० सालको दोस्रो संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित हुनुभएको थियो । ठगुन्ना २०७८ सालमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री समेत बन्नुभएको थियो ।
दार्चुलामा प्रतिनिधि सभा सदस्यको लागि ११ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए । अन्य उम्मेदवारहरुले भने १ सय मत समेत कटाउन नसकेको मुख्य निर्वाचन अधिकृत गिरीले बताउनुभयो।