• २३ फागुन २०८२, शनिबार

सर्लाही ४ मा अमरेश सिंह ४४ सय मतले अगाडि

blog

सर्लाहीको क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. अमरेशकुमार सिंह

जनार्जन खत्री
सर्लाही, फागुन २३ गते ।
सर्लाहीको क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. अमरेशकुमार सिंहले अग्रता थप बढाउँदै लैजानुभएको छ ।

शनिबार बिहान ७ बजेको मतपरिणाम अनुसार सिंह नेपाली कांग्रेसका सभापति गगनकुमार थापाभन्दा चार हजार ४३१ मतले अगाडि हुनुहुन्छ । रास्वपाका सिंहले ११ हजार ३८३ मतसहित अग्रता लिँदा कांग्रेसका थापाले छ हजार ९५२ मत प्राप्त गर्नुभएको छ ।

बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही ४ मा ७७ हजार ९३१ मत खसेको थियो । सर्लाही ४ बाट डा. अमरेशकुमार सिंह यसअघि लगातार तीन पटक निर्वाचित भइसक्नुभएको छ ।