आचारसंहिता पालनाबारे सूक्ष्म निगरानी
आगामी मङ्सिर ४ मा हुन गइरहेको आसन्न निर्वाचनमा आचारसंहिताको पालना भए नभएको बारेमा निर्वाचन आयोगले सूक्ष्म अनुगमन गरिरहेको सप्तरीका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले बताउनुभएको छ ।
लोसपाको चुनावी घोषणापत्र सार्वजनिक
महोत्तरीको सदरमुकाम जलेश्वरमा लोसपा अध्यक्ष महन्थ ठाकुर, नेता शरतसिंह भण्डारी, अनिलकुमार झा र उमाकान्त झाले संयुक्त रुपमा चुनावी घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
सामाचकेवा पर्व भोलि विसर्जन गरिँदै
कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म मिथिलामा मनाइने सामाचकेवा पर्व अन्तिम चरणमा पुगेको छ ।
जग्गा रजिस्ट्रेसन नहुँदा अस्पताललाई समस्या
लहान–३ मा रहेको प्रादेशिक अस्पतालको हाताभित्र रहेको एक बिगाहा पन्ध्र कठा जमिन अस्पतालको नाममा रजिस्ट्रेसन नहुँदा अस्पतालको स्तरोन्नतिमा समस्या भएको अस्पतालले जनाएको छ ।
तीन दिन ‘अनटाइम्ली’ रेल सेवा सञ्चालन हुने
जयनगर–कुर्था रेलमार्गमा यही कात्तिक २१ गतेदेखि तीन दिन यात्रुको सुविधाअनुसार अनटाइम्ली (निर्धारित सिफ्टभन्दा बाहेक) रेल सेवा सञ्चालन गरिने भएको छ ।
उम्मेदवारलाई भोटको हतारो
किसान खेतमा व्यस्त रहँदा प्रतिनिधि तथा प्रदेश सभाका उम्मेदवार धान खेतमै भोट माग्न पुग्न थालेका छन्। निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारलाई भोट माग्न हतारो छ भने सुनसरीका कृषकलाई धान थन्क्याउने चटारो परेको छ।
पूर्वमन्त्रीहरूबीच प्रतिस्पर्धा देखिँदै
सत्तापक्षीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता चित्रलेखा यादव र एमाले जसपा गठबन्धनबाट जसपा उम्मेदवार राजकिशोर यादवबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ।
सप्तरीमा उम्मेदवारहरू घरदैलाेमा व्यस्त
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि यतिबेला उम्मेदवारहरू घरदैलोमा व्यस्त छन् । सप्तरीको चार वटै निर्वाचनमा सत्तारुढ गठबन्धन र एमाले जसपा गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
तस्करीका काठसहित एक पक्राउ, दुई फरार
वन कर्मचारीको टोलीले तस्करीका काठसहित बर्दिबासबाट एकजनालाई नियन्त्रणमा लिएको छ भने दुईजना फरार छन् । ५८ वर्षीय शोभा थिङलाई काठ चिरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
गोवरगाढामा हेलिकप्टरद्वारा मतपेटिका लगिने
भौगोलिक रूपमा सप्तकोसी नदीले चारैतिरबाट घेरिएको गोवरगाढा मतदानस्थलमा मङ्सिर – ४ मा हुन गइरहेको निर्वाचनको लागि मतपेटिकालगायतका निर्वाचन सामग्रीहरु हेलिकप्टरबाट लगिने तय भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो ।
हटाइयो प्रचार सामग्री
जनकपुरधामको जानकी मन्दिरलगायत विभिन्न स्थानमा नियमविपरीत टाँसिएका र झुन्ड्याइएका निर्वाचन प्रचार सामग्री हटाइएको छ।
अग्निपरीक्षामा केन्द्रीय तहका नेता
प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन प्रचारप्रसारको औपचारिक चरणमा प्रवेश गरेको छ । मतदाताको मत जित्न उम्मेदवार तथा तिनका समर्थक सघन कार्यक्रममा जुटेका छन् । मतदाता रिझाउन सभा सम्मेलन, सम्पर्क तथा घरदैलोजस्ता कार्यक्रमका आयोजनाले जिल्ला निर्वाचनमय देखिएको छ ।
निहारिकाको छोरोको डिएनए शिवराजसँग मिल्यो
लक्ष्मी चौधरीजनकपुरधाम, कात्तिक १८ गते। कुमारी आमा निहारिका सिंह राजपुतका छोराको डिएनए बलात्कार आरोपी शिवराज श्रेष्ठसँग मिलेको छ।करिब नौ महिनाको सङ्घर्षपछि महोत्तरी जिल्ला जलेश्वरकी निहारिका राजपुतको छोराको डिएनए धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ का शिवराज श्रेष्ठसँग मिलेको हो।विधि विज्ञान प्रयोगशाला काठमाडौंले शुक्रबार उच्च अदालत जनकपुरलाई पठाएको डिएनए रिपोर्टमा बच्चा र शिवराजको डिएनए ९९.९९९ प्रतिशत मिलेको रिपोर्ट आएको निहारिकाले जानकारी दिनुभयो।निहारिकाले २०७९ साउन २७ गते राष्ट्रपति कार्यालय, शीतल निवास अगाडि आत्मादाहको प्रयास गर्नु भएको थियो। त्यसपछि भदौ ५ गते तत्कालीन कानुनमन्त्री गोविन्द बन्दीको उपस्थितिमा तीन बुँदे सहमति भएपछि निहारिकाले अनशन तोड्नु भएको थियो ।सहमतिमा उहाँको माग बमोजिम आरोपी श्रेष्ठसँग कुमारी आमा निहारिकाको बच्चाको डिएनए परीक्षण गर्न उच्च अदालत जनकपुरसँग माग गर्ने सहमति गरिएको थियो। त्यसक्रममा भएको राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा छोरा र श्रेष्ठको डीएनए जाँच भएको थियो। सो डीएनए रिपोर्ट श्रेष्ठसँग छोरासँग मिलेको शुक्रबार सार्वजनिक गरेको निहारिकाले बताउनुभयो।डिएनए रिपोर्ट आएता पनि सार्वजनिक गर्न नमानेपछि शुक्रबार निहारिका प्रधानमन्त्री निवास बालुवाटार गएर धर्नामा बस्नुभएको थियो। सो धर्ना पश्चात् रिपोर्ट सार्वजनिक गरिएको निहारिकाले बताउनुभयो। बच्चा शिवराजकै रहेको निहारीकाको दाबीपछि उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले गएको भदौ ८ गते दुवै जनाको डिएनए परीक्षण गर्न आदेश दिएको थियो।
आन्दोलनको उपलब्धि संस्थागत गर्नुपर्छ : अध्यक्ष यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घर्षबाट प्राप्त उपलब्धि संस्थागत गर्नुपर्ने बताउनुभएको छ । सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएका उपाध्यक्ष यादवले सो कुरा बताउनुभएको हो ।
सुरक्षा व्यवस्था चुस्त बनाउन मुख्यमन्त्री राउतको निर्देशन
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई केन्द्रित गरी सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ ।
सप्तरी–२ को निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा
अँगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सप्तरी क्षेत्र नं २ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ ।
मधेशका पन्ध्र क्षेत्रमा महिला उम्मेदवार शून्य
मधेश प्रदेशको प्रतिनिधि सभा सदस्यको १५ वटा निर्वाचन क्षेत्रमा महिलाको उम्मेदवारी नै छैन। मधेश प्रदेशका छवटा जिल्लाका १५ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवारी शून्य रहेको निर्वाचन आयोगले जनाएको छ। यहाँ आठवटा जिल्लामा ३२ वटा प्रतिनिधि सभा र ६४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र छन्। प्रत्येक जिल्लामा चार/चारवटा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र छन्।
प्रचार सामग्रीले कुरूप बनाइँदै जानकी मन्दिर
जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरलाई प्रचारप्रसारका सामग्री टाँस्ने स्थलका रूपमा प्रयोग गरिएको छ। जनकपुर सफा बनाउने नारा बोकेका राजनीतिक दल तथा उम्मेदवार नै जानकी मन्दिर कुरूप र फोहोर बनाउन लागेका छन्।
सिराहामा उम्मेदवारहरू घर दैलोमा व्यस्त
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि यतिबेला उम्मेदवारहरु घरदैलोमा व्यस्त रहेका छन् । छठपर्व सकिएपछि प्रचारप्रसारले तीव्र गति लिएको हो ।
चाडपर्वको फोहोर सफा गरिँदै
चाडपर्वमा लाग्ने मेलाले अव्यवस्थित बन्ने गरेको जनकपुरधाम उपमहानगरपालिका सफा र व्यवस्थित बनाउन लागिएको छ। दशैँ, तिहार र छठ नसकिँदासम्म जनकपुरधामका सडकपेटीमा फुटपाथ बजार राख्ने गरिएको थियो। यस्तो बजार राख्दा चारैतर्फ फोहोर बढेको थियो र बजारका मुख्य सडक अस्तव्यस्त भएका थिए। चाडपर्व सकिएपछि सरसफाइ र बजार व्यवस्थित बनाउन लागिएको हो।
कृषि औजार कारखाना चलाउन जुट्यो आविष्कार केन्द्र
दिपकप्रसाद गौतमवीरगञ्ज, कात्तिक १६ गते। वीरगञ्जमा रहेको कृषि औजार कारखाना सञ्चालन गर्न मंगलबारदेखि राष्ट्रिय आविष्कार केन्द्र सरसफाई तथा मेसिनरी चेकजाँचमा जुटेको छ। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले गोरखापत्रसँग कुरागर्दै मंगलबारदेखि वीरगञ्जमा रहेको कृषि औजार कारखाना सञ्चालन गर्ने लक्ष्यकासाथ सरसफाई तथा मेसिनरी चेकजाँच सुरु गरेको जानकारी दिनुभयो। सरकारले कारखाना सञ्चालनमा आएदेखि १० वर्षका लागि आविष्कार केन्द्रलाई सञ्चालनको जिम्मा दिएको छ। आविष्कार केन्द्रका १५ जनाको टोली सरसफाई तथा मेसिनरी चेकजाँचमा लागेको हो।अध्यक्ष पुनले कृषि औजार कारखाना करिब ३० वर्षदेखि बन्द रहेकाले सुरुमा सरसफाई गर्ने काम थालनी भएको बताउनुभयो। केही स्वयम्सेवक, केही विद्यार्थी मिलेर मंगलबार सरसफाई तथा कारखानाभित्रका औजार, उपकरणको व्यवस्थापन गर्ने कार्य गरेका हुन्। कारखाना भित्र रहेका मेसिनमध्ये मंगलबार र बुधबार आठ वटा लेथ मेसिन चेकजाँच गरिएको छ। जेकजाँच गरिएकामध्ये ७ वटा मेसिन मर्मत सम्भार गरेर चलाउन सकिने उहाँले बताउनुभयो। ‘सबै ५०–६० वर्ष पुराना मेनुअल (मानिसले हातले चलाउने) पद्दतिका मेसिन रहेछन्। तिनीहरुलाई स्वचालित अर्थात् अटोमेटिक बनाउनुपर्ने हुन्छ, कारखाना पूर्णरुपमा सञ्चालन गर्न त समय लाग्ला तर, हामी काममा जुटी सकेका छौं। जतिसक्दो छिटो सञ्चालनमा ल्याउनेछौं’, उहाँले गोरखापत्रसँग भन्नुभयो। कारखाना क्षेत्र होचो भएकाले भुइँ केही अग्लो पारेर ढलान गरिनु पर्ने, सरसफाइ, रङ रोगन गरिनुपर्ने त्यहा रहेका मेसिन तथा औजार मर्मत गर्नुपर्ने, पाँच बिगाह क्षेत्रफलमा उद्योग र पाँच बिगाह क्षेत्रफलमा आवास क्षेत्र रहेकाले जग्गा पर्याप्त भए पनि सरकारले १० देखि १५ करोड रुपियाँ सरसफाई तथा थप उपकरण खरिदका लागि सहयोग गर्नुपर्ने उहाँको भनाइ छ। केन्द्रसँग भएका जेनरेटरबाट जाँच गर्न नसकिने केही मेसिन परीक्षणका लागि विद्युत लाइन जडान गर्नुपर्ने उहाँको भनाइ छ। जाँच गरेपछि मात्र कति मेसिन सञ्चालन गर्न सकिन्छ । कुन–कुन मेसिन चल्छन् भनेर थाहा हुने राष्ट्रिय आविष्कार केन्द्रका मेकानिकल इन्जिनियर सुवास पालले जानकारी दिनुभयो। यो कारखाना पूर्णरुपमा सञ्चालनमा ल्याउँदा पाँच सयजनाभन्दा बढी कर्मचारी आवश्यक गर्ने र उद्योगलाई नाफामा सञ्चालन गर्न कम्ती दुई सिफ्टमा चलाउनु पुनको भनाइ छ। वीरगञ्जको परिवर्तन नेपाल नामक संस्थाका केही युवाले मंगलबार र बुधबार सरसफाई कार्यमा सहयोग गरेकाले ती स्वयम्सेवक युवालाई केन्द्रका प्रमुख पुनले धन्यवाद दिनुभएको छ।
मोरङ कारागारमा कैदीको मृत्यु
जिल्ला कारागार मोरङका एक जना कैदीको मृत्यु भएको छ । पाचन प्रणालीमा समस्या देखिएपछि उपचारका लागि कोशी अस्पतालमा उपचाररत ५४ वर्षे मानबहादुर खपाङ्गीको मृत्यु भएको हो ।
भारतीय नक्कली नोटसहित दुई जना पक्राउ
नेपाल प्रहरीले महोत्तरी जिल्लाको मटिहानीबाट भारतीय नक्कली नोटसहित भारतका दुईजना नागरिकलाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा भारतको मधुवनी बेनीपट्टी कटैया बस्ने वर्ष ३५ को सुनिल कुमार शास्त्री र सितामढी चोरौत पूर्वी वडा न.१ बस्ने वर्ष २४ को मनिषकुमार पासवान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
मिटरब्याज पीडितद्वारा प्रदर्शन
मिटरब्याज पीडितहरूले कारबाहीको माग गर्दै मङ्गलबार सप्तरीको राजविराजमा प्रदर्शन गरेका छन्। मिटरब्याजी रामदेव साहलगायतलाई यथाशीघ्र कारबाहीको माग गर्दै सप्तरी जिल्ला प्रशासन कार्यालयअगाडि पीडितहरूले प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।