‘हरवा चरवाको समस्या समाधान गर्नमा मधेस सरकार सचेत छ’
मधेस प्रदेशका सामाजिक विकास राज्यमन्त्री शेख अबुल कलाम आजादले देशमा गणतन्त्र स्थापना भएकै कारण सबै वर्ग समुदायले आफ्नो माग उठान गर्न पाएको बताउनुभएको छ । मुक्त हरवा चरवा पुनःस्थापनाबारे आइतबार गरुडामा आयोजित सन्देश सभामा उहाँले सो कुरा बताउनुभएको हो ।
प्रदेशमा आलोपालो मुख्यमन्त्री बन्ने सहमति भएको छ : खाण
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाणले वैशाख १० गतेको उपनिर्वाचनपछि प्रदेश सरकार पुनः गठनसँगै आलोपालो मुख्यमन्त्री बन्ने सहमति भएको बताउनुभयो ।
पूर्ण छात्रवृत्ति पाए पनि तनावमा महादेव
जलेश्वर नगरपालिका वडा नम्बर २ का महादेव पासवान एमबीबीएस अध्ययनमा ‘फुल स्कलरसिप’ (पूर्ण छात्रवृत्ति) पाए पनि तनावमा देखिनुभएको छ। किताब–कापीलगायतका अन्य सामग्री सापटी मागेर भए पनि मेहनत गरेका कारणले मेडिकल शिक्षाको प्रवेश परीक्षा उत्तीर्ण भएर चिकित्सा शिक्षा अध्ययनको बाटो खुलेको जानकारी दिँदै पासवानले घरको आर्थिक अवस्थाले गर्दा अझै धेरै समस्या बाँकी रहेकाले मानसिक तनावमा रहेको बताउनुभयो।
हरवा चरवा अधिकार यात्रा सुरु, पुनःस्थापनाको माग गर्दै सडकमा
मधेसका आठ जिल्लामा रहेको दास प्रथा हरवा चरवाको पुनस्र्थापनाको मागसहित चार दिने अधिकार यात्रा २०७९ आज शनिबारदेखि सुभारम्भ भएको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले एक कार्यक्रमबीच आज सो अधिकार यात्राको रिबन काटेर सुभारम्भ गर्नुभएको हो ।
उपराष्ट्रपति यादवद्वारा जानकी मन्दिरमा विशेष पूजा
उपराष्ट्रपति रामसहाय यादवले जनकपुरधामको जानकी मन्दिरमा शनिबार विशेष पूजाअर्चना गरी प्रसाद ग्रहण गर्नुभएको छ ।
मैथिली साहित्य परिषदको अधिवेशन सुरु
मैथिली साहित्य परिषद् सप्तरीको १७ औं साधारण सभा तथा अधिवेशन शनिबार राजविराजमा सुरु भएको छ।
रौतहटको सबै पालिकामा वारुणयन्त्र खरिद गरिने
जिल्ला दैवी प्रकोप उद्धार समिति रौतहटले जिल्लाको सबै पालिकामा वारुणयन्त्र खरिद गर्न पहल गर्ने भएको छ ।
सर्लाहीको बागमतीमा १८ करोडको आर्यघाट बन्ने
सर्लाहीको बागमतीमा १८ करोडको लागतमा व्यवस्थित आर्यघाट निर्माण गर्न सुरु गरिएको छ । अन्तिम संस्कार गर्ने ठाउँ राम्रो नभएको र जथाभाबी अन्तिम संस्कार गर्दा खोला फोहोर हुने भएपछि बागमती नगरपालिकाले सुविधा सम्पन्न आर्यघाट बनाउन लागेको हो ।
आत्मनिर्भर हुँदै फरक क्षमता भएका अशोक
धनुषाको धनुषाधाम नगरपालिका–४ सर्साका ४१ वर्षीय अशोक ठाकुर गरिब परिवारमा जन्मिएका एक फरक क्षमता भएका (अपाङ्गता) व्यक्ति हुनुहुन्छ । प्रायः अपाङ्गता भएका व्यक्ति अरूको सहरामा बाँच्ने गरेको भए पनि उहाँ आत्मसम्मानका साथ जिउन दैनिक १२ घण्टा एक पेट्रोल पम्ममा काम गर्नुहुन्छ ।