• १२ असोज २०८१, शनिबार

मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादव नियुक्त

blog

मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका जसपा नेता सरोजकुमार यादवलाई प्रमाणपत्र हस्तान्तरण गर्नुहुँदै प्रदेश प्रमुख हरिशंकर मिश्र ।

धीरेन्द्रप्रसाद साह

काठमाडौं, पुस २७ गते । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त हुनुभएको छ  ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले बुधबार यादवलाई मुख्यमन्त्रीमा नियुक्त हुनुभएको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ । संविधानको धारा १६८ को उपधारा २ बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

जसपाका मधेश प्रदेशका मुख्य सचिव दिनेशकुमार यादवका अनुसार सङ्घीय सत्तासमीकरण बमोजिम ६५ प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष दाबी पेश गर्नुभएको थियो । प्रदेश सभामा १०७ जना सदस्य रहेकोमा सरकार गठन गर्न बहुमतका लागि कम्तिमा ५४ जना प्रदेश सभा सदस्यको आवश्यक पर्छ ।

प्रदेशका निवर्तमान सभामुख यादवलाई जसपा १६, नेकपा एमालेका २३, जनमत पार्टी १३, नेकपा माओवादी केन्द्र नौ, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीका एक/एक तथा स्वतन्त्र प्रदेश सभा सदस्य अनिरुद्धप्रसाद सिंह यादव र सुरिता साहसहित ६५ प्रदेशसभा सदस्यको समर्थन पेश गरिएको मुख्य सचिव यादवले बताउनुभयो  ।