• २० असोज २०८१, आइतबार

जबरजस्ती करणी गरी फरार रहेका वडाध्यक्षद्वारा आत्मसमर्पण

blog

शिवशंकर मिश्र
बारा, पुस १८ गते । 
नाबालिकालाई जबरजस्ती करणी गरी फरार रहेका एक वडाध्यक्षले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

जबरजस्ती करणीको आरोप लागेका निजगढ नगरपालिका–२ का वर्ष ३९ को वडाध्यक्ष राजु श्रेष्ठ आइतबार राति पौने ९ बजे इलाका प्रहरी कार्यालय निजगढमा आफैँ उपस्थित भएको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

सोही ठाउँ बस्ने १४ वर्षीया नाबालिकालाई असोज १९ गते वडाध्यक्ष श्रेष्ठले आफ्नै घरमा बोलाएर जबरजस्ती करणी गरेको आरोप छ । नाबालिकालाई जबरजस्ती करणी गरेको भन्दै असोज २५ गते आफन्तले इलाका प्रहरी कार्यालय निजगढमा किटानी उजुरी दिएका थिए । उजुरी परेपछि वडाध्यक्ष श्रेष्ठ फरार भएका थिए ।

नाबालिकालाई जबरजस्ती करनी गरेको अभियोगमा आत्मसमर्पण गरेका वडाध्यक्ष श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि बारा जिल्ला अदालतबाट म्याद थप गरिएको डिएसपी थापाले जानकारी दिनुभयो ।