• १७ चैत २०८२, मङ्गलबार

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, चैत १७ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५१ रुपियाँ ४४ पैसा र बिक्रीदर १५२ रुपियाँ ०४ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपियाँ ०४ पैसा र बिक्रीदर १७४ रुपियाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपियाँ ५२ पैसा र बिक्रीदर २०१ रुपियाँ ३२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपियाँ ४८ पैसा र बिक्रीदर १९० रुपियाँ २३ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०३ रुपियाँ ८७ पैसा र बिक्रीदर १०४ रुपियाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ ७९ पैसा र बिक्रीदर १०९ रुपियाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपियाँ ४१ पैसा र बिक्रीदर ११७ रुपियाँ ८८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४९ पैसा र बिक्रीदर नौ रुपियाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ९१ पैसा र बिक्रीदर २२ रुपियाँ, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ३५ पैसा र बिक्रीदर ४० रुपियाँ ५१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ५५ पैसा र बिक्रीदर ४१ रुपियाँ ७१ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ६१ पैसा र बिक्रीदर चार रुपियाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ २३ पैसा र बिक्रीदर ४१ रुपियाँ ४० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ६० पैसा र बिक्रीदर ३७ रुपियाँ ७५ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपियाँ ९९ पैसा र बिक्रीदर १० रुपियाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ९५ पैसा र बिक्रीदर १६ रुपियाँ ०२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ २९ पैसा र बिक्रीदर २३ रुपियाँ ३८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ३३ पैसा र बिक्रीदर १९ रुपियाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपियाँ ३७ पैसा र बिक्रीदर ४९५ रुपियाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर ४०१ रुपियाँ ११ पैसा र बिक्रीदर ४०२ रुपियाँ ७० पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपियाँ ४० पैसा र बिक्रीदर ३९४ रुपियाँ ९६ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।  रासस