दलका उम्मेदवारसँग भिड्दै बागी तथा स्वतन्त्र उम्मेदवारहरु
प्रतिनिधि तथा प्रदेश सभाको आसन्न निर्वाचनमा महोत्तरीमा बागी तथा स्वतन्त्र उम्मेदवारको बर्चस्व देखिएको छ । अधिकांश बागीहरुले दलको ह्विप अटेर गर्दै नाम फिर्ता लिन नमानेपछि आधिकारिक उम्मेदवारलाई यो निर्वाचन चुनौतीपूर्ण हुने आकंलन गरिएको छ ।
सहज रूपमा स्वास्थ्य सेवा प्रवाह गर्न निर्देशन
मधेश प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले जनतालाई सर्वसुलभ र सहज तरिकाले स्वास्थ्य सेवा प्रवाह गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ। जनकपुरधाममा बिहीबार प्रदेश स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले आयोजना गरेको आर्थिक वर्ष २०७८÷७९ मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो।
खाल्टाखुल्टीले पुलमा जोखिम
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लखन्देही खोलाको पुलमा ठूला खाल्टाखुल्टी पर्दा जोखिम बढेको छ। साँघुरो र अत्यन्तै जीर्ण रहेको यस पुलमा सवारी आवागमन नै प्रभावित हुने गरी ठूला खाल्डा परेका छन्। लखन्देही पुलको अवस्था नाजुक बन्दा पनि सडक कार्यालयले मर्मतमा चासो नदिएको बस व्यवसायी दीपक श्रेष्ठले बताउनुभयो। खाल्डामा परेर गाडी लच्किँदा अर्को सवारीसँग ठोक्किएर दुर्घटना हुने गरेको उहाँले बताउनुभयो। तीव्र गतिमा आउने सवारी खाल्डामा परेर अनियन्त्रित भई दुर्घटना हुने जोखिम रहेको चालक बताउँछन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख ईश्वर कार्कीले खाल्टाखुल्टीका कारण सवारीसाधन बिस्तारै र पालैपालो पार हुनुपर्दा लखन्देही खोलामा सवारीको जाम बढ्दै गइरहेको बताउनुभयो।
बाध्यकारी कानुन नभएकाले महिला उम्मेदवारी न्यून
निर्वाचन आयोगको बाध्यात्मक कानुनी व्यवस्था भएकै कारण मङ्सिर ४ मा हुन गइरहेको निर्वाचनको प्रत्यक्षतर्फ सप्तरीमा महिलाको मनोनयन सङ्ख्या न्यून देखिएको छ। महिला सहभागिता सुनिश्चिताको लागि संविधानमा व्यवस्था भए पनि निर्वाचन आयोगले त्यस्तो बाध्यकारी गरिने कुनै प्रकारको कार्यविधि तथा कानुन नल्याउँदा पार्टीहरूले आफ्नै विधान कार्यान्वयनमा उदासीनता देखाएकोले प्राथमिकतामा महिला उम्मेदवार नपरेको बताइएको छ।
नदी कटान नियन्त्रण गर्नेलाई मत
सिरहा र सप्तरीको सिमानामा रहेको बलान नदीले सिरहातर्फको पश्चिमी किनारको तीव्र कटानले पीडित भएका स्थानीयले कटान नियन्त्रण गराउन विश्वास दिलाउन सक्ने उम्मेदवारलाई मात्रै मत दिने बताइएका छन्। बलान नदी कटानले लहान नगरपालिकाको ३, ४, १७, १९ र २३, सखुवानन्कारकट्टी गाउँपालिकाको ४ र ५, भगवानपुर गाउँपालिकाको १ र ४ नम्बर वडाको सयौँ बिघा उर्वर जमिन कटान गरेर सम्पन्न किसानलाई विपन्न र मध्यम वर्गीय किसानलाई सुकुम्बासी बनाइदिएको छ। बलान नदी कटान नियन्त्रणको लागि विगतका चुनावमा प्रतिबद्धता गरेर जितेका दलका नेताहरूले काम गर्न नसकेकोले यस विषयलाई यस पटकको चुनावमा प्रमुखताको साथ उठाउने लहान–२३ का बालकृष्ण यादवले बताउनुभयो।
स्वतन्त्र उम्मेदवारले आचारसंहिता उल्लङ्घन गर्दै
सप्तरीमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेगरेको पाइएको छ । निर्वाचन आचारसंहिता २०७९ विपरित राजनैतिक दल र स्वतन्त्र उम्मेदवारले चुनाव प्रचारप्रसार गरिरहेको पाइएको हो ।
डेङ्गु नियन्त्रण गर्न औषधि छर्किन थालियो
डेङ्गु नियन्त्रण गर्ने उद्देश्यले सर्लाहीको हरिवनमा मङ्गलबारबाट लामखुट्टे रहन सक्ने स्थानमा औषधि छर्किन थालिएको छ। हरिवन नगरपालिकाले व्यापक रूपमा फैलिँदै गएको डेङ्गु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियानअन्तर्गत औषधि ‘स्प्रे’ गर्न सुरु गरेको हो। मङ्गलबार पहिलो दिन हरिवन बजार, नयाँ रोडलगायतका स्थानमा लामखुट्टे मार्न औषधि छिट्ने (छर्किने) काम भएको हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक रामबाबु चौधरीले जानकारी दिनुभयो।
चौँतीस लाख मतदाता चार हजार मतदान केन्द्र
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मधेश प्रदेशमा दुई हजार १५६ मतदान स्थल निर्माण र चार हजार २३५ मतदान केन्द्र तोकिएको छ। प्रदेशभरि ३२ वटा प्रतिनिधि सभा र ६४ वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र छन्। प्रदेशका आठवटै जिल्लाका गरी ३३ लाख ८६ हजार ६२८ जना मतदाता रहेको प्रादेशिक निर्वाचन कार्यालय जनकपुरधामले जानकारी गराएको छ। गत स्थानीय निर्वाचनमा ३३ लाख ३१ हजार १७० जना मतदाता रहेका थिए। यस निर्वाचनमा ५५ हजार ४५८ जना मतदाता थप भएको छ। प्रादेशिक निर्वाचन कार्यालयका अधिकारी श्रीधर पन्तका अनुसार यस पटक ३३ लाख ८६ हजार ६२८ जना मतदाताले मतदान गर्न पाउने भएका छन्। प्रदेशमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी आठ जिल्ला छन्।
बारामा एकै परिवारका तीन जनाको शव भेटियो
बारामा एकै परिवारका तीन जनाको हत्या गरेर शव खोलाको किनारमा फलिएको अवस्थामा भेटिएको छ।
उपेन्द्र यादव संघीयता विरोधी : कांग्रेस सहमहामन्त्री यादव
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले एमालेसँग गठबन्धन गरेर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव संघीयता विरोधी रहेको कुरा सावित भएको बताउनु भएको छ।
पूर्वमन्त्रीबीच चुनावी प्रतिस्पर्धा
सिरहाको दुई निर्वाचन क्षेत्रमा पूर्वमन्त्रीहरूबीच कडा प्रतिस्पर्धा हुनेभएको छ । क्षेत्र २ र ३ मा पूर्वमन्त्रीहरू आमनेसामने चुनावमा उत्रेपछि कसले बाजी मार्ला भन्न अहिले हतार हुने भए पनि चुनावी प्रतिस्पर्धा भने रोचक हु्ने देखिएको छ । सिरहा–२ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय नेत्री तथा पूर्वशिक्षामन्त्री चित्रलेखा यादव र एमाले–जसपा तालमेलबाट पूर्व सूचना सञ्चार तथा सञ्चारमन्त्री राजकिशोर यादव चुनावी मैदानमा उत्रिनु भएको छ । यस क्षेत्रमा धनगडीमाई नगरपालिका, गोलबजार
डेंगुको प्रकोपमा मधेश प्रदेश : दुईको मृत्यु, पाँच सय बढी विरामी
वर्षा लागेसँगै फाट्टफुट्ट देखा परेको डेंगु पछिल्लो समय भयावह बन्दै गएको छ । फैलिदो क्रममा रहेको डेंगुको प्रकोपबाट मधेश प्रदेशका आठ वटै जिल्ला आक्रान्त छन् । अस्पतालहरुमा डेंगुका विरामी भरिदै गएका छन् । उपचारकै क्रममा दुई जनाको मृत्यु भएको छ ।
छिन्नमस्ता भगवतीलाई चाँदीको हार भेटी
सप्तरीको प्रसिद्ध छिन्नमस्ता मन्दिरभित्र अवस्थित छिन्नमस्तिका भगवतीलाई नयाँ मुकुट चढाइएको मन्दिर समितिले जनाएको छ । पौने एक तोला रहेको पुरानो मुकुटको कल्कीहरू झरिसकेकाले विगत पाँच वर्षदेखि भगवतीको मुकुट फेर्ने भनिए पनि समितिको निर्णय कुर्दै ढिला भएको थियो ।
महोत्तरीमा आठ प्रतिशत महिला उम्मेदवार
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि महोत्तरीबाट ८ प्रतिशत महिलाले उम्मेदवारी दर्ता गराएका छन् । महिलाहरूको नैराश्यपूर्ण सहभागिताले अनेकन् प्रश्न खडा गरेको भन्दै महिलाहरूले राजनीतिकदलहरुसँग आपत्ति जनाएका छन् ।
स्वतन्त्र उम्मेदवार धेरै, महिला कम
मधेश प्रदेशमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा उम्मेदवारी परेका दलको सङ्ख्याभन्दा स्वतन्त्र उम्मेदवार बनेको सङ्ख्या बढी देखिएको छ। मधेश प्रदेशका आठवटै जिल्लामा आफू आबद्ध दलले उम्मेदवार बन्न टिकट नदिएको कारण स्वतन्त्र उम्मेदवार बन्नेको सङ्ख्या बढेको हो। यसैगरी उम्मेदवार बनेको सङ्ख्याको अनुपातमा महिला उम्मेदवार एकदमै न्यून रहेको छ। जलेश्वर समाचारदाताका अनुसार आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि महोत्तरीमा दलभन्दा स्वतन्त्र र बागी उम्मेदवारको बढी मनोनयनपत्र दर्ता भएको छ। जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा आइतबार मनोनयनपत्र दर्ता गर्नेमा स्वतन्त्र र बागी उम्मेदवारको सङ्ख्या बढी रहेको देखिएको छ। पार्टीले टिकट नदिए पछि बागी भई स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या बढी भएको हो।
बैङ्कमा सेवाग्राहीको भीड
दशैँको लामो बिदापछि सोमबारबाट खुलेका बैङ्क तथा वित्तीय संस्थामा सेवाग्राहीको भीड देखिएको छ। विशेष गरी वैदेशिक रोजगारीबाट पठाइएको विप्रेषण (रेमिट्यान्स) निकाल्नेको यहाँका मनी ट्रान्सफर र आईएमई सेन्टरमा धेरै भीड देखिएको हो। असोज १४ गतेदेखि बन्द भएका बैङ्क तथा वित्तीय संस्था सोमबार १० दिनपछि खुलेका छन्।
मधेश प्रदेशमा मनोनयन दर्ता
मधेश प्रदेशका जिल्लाको निर्वाचन क्षेत्रमा आइतबार उम्मेदवारी मनोनयनपत्र दर्ता भएको छ । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि सो उम्मेदवारी मनोनयनपत्र दर्ता गरिएको हो । मधेश प्रदेशमा ३२ वटा प्रतिनिधि सभा क्षेत्र र ६४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् ।
सप्तरीमा यादव र राउतवीच प्रतिस्पर्धा
सप्तरीको निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) बाट उपेन्द्र यादव तथा जनमत पार्टीबाट डा. सिके (चन्द्रकान्त) राउतबीच प्रतिस्पर्धा हुनेभएको छ । दुवैजनाले एउटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएपछि सो प्रतिस्पर्धा हुनेभएको हो ।
लोसपा अध्यक्ष ठाकुरको महोत्तरीबाट उम्मेदवारी दर्ता
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले महोत्तरी निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदको लागि मनोनयन दर्ता गराउनुभएको छ ।
लोसपाका वरिष्ठ नेता महतोद्वारा मनोनयन दर्ता
लोकतान्त्रि समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिनुभएको छ ।
सुरक्षा व्यवस्था कडा बनाएको दाबी
भारतको बिहारसँग खुला सीमा जोडिएको महोत्तरीमा आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन सम्पन्न गर्न अनेकन चुनौती रहे पनि जिल्लामा सुरक्षा ब्यवस्था कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ ।
निर्वाचन अधिकृतको कार्यालय स्थापना
प्रतिनिधि तथा प्रदेश सभा सदस्यको आसन्न निर्वाचनका लागि महोत्तरीका सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित बिहीबार साँझसम्म जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यालय स्थापनासँगै जिल्लामा निर्वाचन माहोल तात्न थालेको छ ।
दशैँ मनाएर धमाधम कार्यस्थल फर्किंदै
सर्लाहीमा दशैँ मनाउन केही दिनअघि गाउँघर आएका अहिले धमाधम सङ्घीय राजधानी काठमाडौँसहित आ–आफ्नो कार्य क्षेत्रमा फर्किन थालेका छन् । यहाँबाट बीपी राजमार्गसहित अन्य सडक भएर मानिस राजधानी फर्किने क्रम बढ्न थालेको हो ।
मधेस प्रदेशसभाको पाँच वर्षः ५५ विधेयक पारित, नाम र राजधानीको टुङ्गो
मधेस प्रदेश प्रदेशसभाको पाँच वर्षको अवधिमा नौ वटा अधिवेशनबाट ५५ वटा विधेयक पारित भएका छन् । मधेस प्रदेशका सभामुख सरोजकुमार यादवले आज पाँच वर्षको उपलब्धिबारे जानकारी दिँदै प्रदेशसभाको नौ वटा अधिवेशनमा दुई सय २८ बैठक, तीन सय ११ घण्टा १८ मिनेट ५६ सेकेन्ड सभा सञ्चालन भएको र प्रदेशसभामा दर्ता भएको ६१ वटा विधेयकमध्ये ५५ वटा पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरणसमेत भएको जानकारी दिनुभयो ।