सिँजाका सम्पदा संरक्षणको कहर
कनकासुन्दरी मन्दिर जाने बाटोमा खण्डित अवस्थामा कलात्मक पत्थरको मूर्ति देख्न सकिन्छ ।
कर्णाली प्रदेशको अर्धवार्षिक समीक्षा : कामको गति बढाउन निर्देशन
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि पुससम्म छमहिने कामको अर्धवार्षिक समीक्षा गरेको छ ।
नारामा रोजगार, व्यवहारमा बेरोजगार
भगवतीमाई गाउँपालिका–२, रुमका १९ वर्षीय भूपेन्द्र विकले कक्षा ७ पढ्दापढ्दै विद्यालय छोड्नुभयो ।
विद्यालयमा न्यायिक संवाद
रुकुम जिल्ला अदालतले विद्यालयस्तरमा न्यायिक संवाद कार्यक्रम सञ्चालन गरेको छ। यसअघि समुदायस्तरमा कानुनी सचेतना कार्यक्रम सञ्चालन गरेको अदालतले मुसीकोट नगरपालिका–१ खलङगामा रहेको विजयश्वरी सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुलमा न्यायिक संवाद गरेको हो।
हुम्लामा समकोट गाउँपालिका उत्कृष्ट
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्याङ्कनमा सिमकोट गाउँपालिका उत्कृष्ट ठहरिएको छ । १७ वटा सूचकका आधारमा स्थानीय तहरुको कार्य सम्पादन मूल्याङ्कन गर्दा सबैभन्दा बढी अङ्क प्राप्त गर्दै सिमकोट यसवर्ष उत्कृष्ट भएको हो ।
डोल्पाको धो मा शिक्षकमा जागिर खुल्यो
डोल्पाको धो मा दुई जना शिक्षकका लागि आवेदन माग भएको छ । डोल्पो बुद्ध गाउँपालिकाले माध्यमिक तहमा सङ्घीय शिक्षण सिकाइ अनुदानमा करारमा विज्ञान र गणित विषयका लागि शिक्षक माग गरेको हो ।
सञ्चालनमा आउँदैनन् ‘फायर हाइड्रेन्ट’
दैलेख सदरमुकामको नारायण नगरपालिका–१, देवकोटा चोकको लालबहादुर खड्काको घरमा गत वर्षको जेठ २५ गते आगलागी भयो ।
कार्यान्वयनमै नआई ऐन संशोधन हुने
कार्यान्वयनमा नआउँदै कर्णाली प्रदेशको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन संशोधन हुने भएको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले ऐन संशोधन गर्ने निर्णय गरेको हो ।
मुटुरोगका बालबालिकाको निःशुल्क उपचार
जुम्ला तातोपानी गाउँपालिका–४ की भगवती कामीलाई मुटु दुखेर हैरान बनाउँथ्यो । उकालोमा हिँड्न निकै कठिन हुने, विद्यालयमा पढ्न पनि असजिलो र खाना कम खाने समस्या थियो ।
गुरिल्ला म्याराथनमा जुम्लाकी कल्पना पहिलो
जनयुद्ध दिवसको अवसरमा रुकुमपश्चिमको सानीभेरी गाउँपालिकामा आयोजित मौराखारा गुरिल्ला म्याराथनको सातौँ संस्करणको दौड सम्पन्न भएको छ ।
खारा ब्यारेक नजिक फेरि भेटियो बम
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकास्थित नेपाली सेनाको ब्यारेज नजिकै बम फेला परेको छ । त्रिवेणी गाउँपालिका ६ पात्लास्थित रमेश ओलीको खेतबारीमा बम फेला परेको हो ।
स्ववियु निर्वाचन तत्काल गराउन आदेश
उच्च अदालत सुर्खेतले मध्यपश्चिम विश्वविद्यालयमा तत्काल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गराउन आदेश दिएको छ । उच्च अदालत सुर्खेतका न्यायाधिश मातृकाप्रसाद भण्डारी र मदन पोख्रेलको संयुक्त इजलासको पूर्णपाठमा तत्काल निर्वाचन गराउन परामादेश जारी गरिएको छ ।
कर्णाली सरकारले निजामती सेवा ऐन संशोधन गर्दै
कर्णाली प्रदेश सरकारले २०८० मा जारी गरेको निजामती सेवा ऐन संशोधन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्री परिषद् बैठकले प्रदेश निजामती सेवा ऐन २०८० लाई संशोधन गर्ने निर्णय गरेको हो ।
किसानद्वारा स्याऊँ बगैँचाका बोटलाई बोलोपेष्ट
किसानहरु स्याउ बगैँचाका बोटहरूमा बोलोपेस्ट गर्ने कार्यका ब्यस्थ्य देखिनु भएको छ । स्याउको बोटलाई किराबाट सुरक्षित गर्न र उत्पादन वृद्धि गर्नका लागि जिल्ला भरका किसानहरू यो कार्यमा लाग्नु भएको हो ।
संसदीय समिति सक्रिय
कर्णाली प्रदेश सभाका संसदीय समिति अहिले सक्रिय बनेका छन् । नेतृत्वविहीन हुँदा निष्क्रिय झैँ बनेका समिति माघ १० गते संसदीय समितिलाई पूर्णता दिएपछि दिनहुँ जसो बैठक बसिरहेका छन् ।
बहाब घट्यो हुम्ला कर्णालीको
हुम्ला हुँदै बग्ने कर्णाली नदीमा पानीको बहाब घट्दै गएको छ ।
हस्तान्तरण नहुँदै विमानस्थलमा प्वाल
सिमकोट विमानस्थलको नयाँ निर्माण गरिएको एप्रोन (ट्याक्सी वे) हस्तान्तरण नहुँदै प्वाल परेको छ । एप्रोनका लागि पुरिएको माटोमा राम्रोसँग रोलर नलाउँदा माटो दबिएपछि कालोपत्रे गरेको एप्रोनको भागमा प्वाल परेको हो ।
मापदण्ड विपरीत पेट्रोलियम पदार्थ बेच्ने पसलमा तालाबन्दी
रुकुमपश्चिमको जिल्ला सदरमुकाम मुसीकोटका विभिन्न स्थानमा मापदण्ड विपरीत पेट्रोलियम पदार्थको विक्रि वितरण गर्ने चार वटा पसलमा तालाबन्दी गरिएको छ।
जुम्लामा फेरि भूकम्प
जुम्लाको पाटमारा क्षेत्र केन्द्रबिन्दु भएर बुधबार दिउँसो फेरि भूकम्प गएको छ । दिउँसो ३ः३८ बजे ४.१ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो ।
पाँच दिन व्रत बसेर धामी नाच्ने माघ पूर्णिमा
जिल्लामै घना बस्ती रहेको ठेहे गाउँमा मानिँदै आएको माघे पूर्णिमा धामी नाचेर मनाउने कार्य भएको छ।पाँच दिन लगातार धामी र झाँक्रीले एक छाके व्रत बस्ने माघ पुर्णिमा बुधबार अन्तिम दिन हो।
रुकुमपश्चिम रेडक्रसमा बलवीर निर्वाचित
नेपाल रेडक्रस सोसाइटी रुकुमपश्चिमको सभापतिमा बलवीर पुन निर्वाचित हुनुभएको छ । मङ्गलबार राति सम्पन्न मतदानपछि सार्वजनिक परिणामअनुसार पुन नेतृत्वको प्यानल विजयी भएको हो ।
पक्की पुल निर्माण अलपत्र
सम्झौता भएको साढे दुई वर्ष बितिसक्दा पनि कर्णाली नदीमाथि दुई वटा पक्की पुलको निर्माण कार्य सुरु हुन सकेको छैन ।
जुम्लामा ३.८ रेक्टर स्केलको भूकम्प
जुम्लाको उर्थु चौतारा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बुधबार बिहान ११ः५६ बजे ३.८ रिक्टर स्केलको भूकम्प गएको हो ।
पहिरोले हुम्लाको खच्चा सडक अवरुद्ध
सुक्खा पहिरोका कारण जिल्लाको दक्षिण भेग सर्केगाड गाउँपालिका–१ अन्तर्गतको कर्णाली करिडोरको खच्चा सडक चार दिनदेखि अवरुद्ध भएको छ ।