निर्माण हुँदै सात झोलुङ्गे पुल
सल्यानमा सडकको सुविधा नपुगेको वा पुगे पनि तत्काल सडक पुल निर्माणको सम्भावना नरहेको ठाउँमा झोलुङ्गे पुल निर्माण गरिने भएको छ ।
तेह्र पालिकामा ‘मुख्यमन्त्री डिजिटल शिक्षा’
कर्णाली प्रदेश सरकारले शैक्षिक गुणस्तर सुधार गर्न नयाँ कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ । सार्वजनिक विद्यालयको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन ‘मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम’ कार्यान्वयन गर्न लागिएको हो ।
प्रेस चौतारी नेपाल सल्यानको अध्यक्षमा भण्डारी
प्रेस चौतारी नेपाल सल्यानको अध्यक्षमा भूम प्रकाश भण्डारी निर्वाचित हुनु भएको छ । प्रेस चौतारी नेपाल सल्यानको सातौं जिल्ला अधिवेशनबाट भण्डारी अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
रारामा कर्णालीकै पहिलो चारतारे रिसोर्ट
राराको मुर्माटपमा सोमबारदेखि कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु भएको छ । एनआरएन अस्ट्रेलियाको लगानीमा प्रदेशकै पहिलो चारतारे सुविधा सम्पन्न रिसोर्ट निर्माण गर्न सोमबार भूमि पूजा गरिएको हो ।
परम्परा धान्न जहाँ कन्या-कन्याबिच विवाह हुन्छ !
आफ्नो गाउँ समाजअनुसार आ-आफ्नै भेषभूषा चालचलन रीतिरिवाज हुन्छन् ।
टिप्पर पल्टिँदा सह-चालकको मृत्यु
जाजरकोटको छेडागाडमा टिप्पर दुर्घटना हुँदा सह-चालकको मृत्यु भएको छ ।
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले समाज बदल्न उपदेश दिनेहरूलाई आफैँ बदलिन सुझाव दिनुभएको छ ।
कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
कर्णाली प्रदेशमा पाँच हजारभन्दा बढी शिक्षकको दरबन्दी रिक्त रहेको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बलवीर सुनारले कर्णालीमा अझै पाँच हजार पाँच सय ४९ शिक्षक रिक्त रहेको बताउनुभयो ।
रारामा कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु
राराको मुर्माटपमा सोमबारदेखि कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु भएको छ । एनआरएन अष्टे«लियाको लगानीमा प्रदेशकै पहिलो चारतारे सुविधा सम्पन्न रिसोर्ट निर्माण गर्न सोमबार हिन्दू धर्मअनुसार भूमि पूजा गरिएको हो ।
प्रदेश सभा स्थापना दिवस : बढी खर्च गर्न निर्देशन
कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले बजेट कम भएरभन्दा पनि खर्च गर्न नसकेर कर्णाली पछि परेको उल्लेख गर्दै खर्च बढी गर्न निर्देशन दिनुभएको छ ।
राष्ट्रिय परिचयपत्रका आवेदनकर्ता बढ्दै
हिमाली जिल्ला हुम्लामा आठ हजारभन्दा बढीले जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्र लिन आवेदन बुझाएका छन् ।
तीन हजारलाई एचपिभी खोप
हिमाली जिल्ला हुम्लामा तीन हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाइने भएको छ । १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई सो खोप लगाउन लागिएको हो ।
‘जनताको आवश्यकता बदल्न समर्पण चाहिन्छ’
कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेशलाई समृद्ध बनाउन सबैको समर्पण आवश्यक रहेको बताउनुभएको छ । सोमबार कर्णाली प्रदेश सभाको सातौँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको समारोहमा प्रमुख जोशीले जनताको चाहनालाई पूरागरी समृद्धि हासिल गर्न समपर्ण आवश्यक रहेको बताउनुभयो ।
पाँच हजारभन्दा बढी शिक्षक अपुग
कर्णाली प्रदेशमा पाँच हजारभन्दा बढी शिक्षक अपुग रहेका छन् । कर्णालीमा प्राथमिक तह, निम्नमाध्यमिक तह, माध्यमिक तह र उच्च माध्यमिक तहमा गरी कुल पाँच हजार ५४९ जना शिक्षक अपुग रहेका हुन् । विद्यार्थीको अनुपातमा शिक्षक अपुग भएपछि कर्णालीको साक्षरता दरसमेत कमजोर रहेको पाइएको हो ।
आम्दानीको स्रोत तातोपानी धारा
जुम्लाको तातोपानी गाउँपालिका–२ मा रहेको पर्यटकीय केन्द्र तातोपानी वडाको आम्दानीको स्रोत बन्न थालेको छ । सो वडाको जर्मीमा रहेको तातोपानी आयस्रोतको राम्रो माध्यम बनेको वडा कार्यालयले जनाएको छ ।
सल्यानका तीन सामुदायिक वनमा आगलागी, एक सय २९ हेक्टर क्षेत्र जलेर नष्ट
सल्यानका तीन सामुदायिक वनमा आगलागी भएको छ । यहाँको बागचौर नगरपालिका १ को लालिगुरास सामुदायिक वन, वडा नम्बर १० को शुभपोखरी वसामुदायिक वन र पिपलचौतारी सामुदायिक वनमा आगलागी भएको डिभिजन वन कार्यलय सल्यानले जनाएको छ ।
सुन्तलाबाट बाइस करोडभन्दा बढी आम्दानी
जाजरकोटमा उत्पादित सुन्तला बिक्रीबाट २२ करोड रुपियाँभन्दा बढी आम्दानी भएको छ । कृषि विकास कार्यालय जाजरकोटका अनुसार यस वर्षमा सुन्तला बिक्रीबाट जिल्लाका किसानले २२ करोड दुई लाख ७१ हजार ५०८ रुपियाँ आम्दानी गरेका छन् ।
‘सबै युवा तथा बालबालिकालाई खेलकुदमा जोड्न आवश्यक’
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सबै युवा तथा बालबालिकालाई खेलकुदमा जोड्न आवश्यक रहेको बताउनुभएको छ ।
अझै टिनको छानामुनि भूकम्पपीडित
जाजरकोट भूकम्पपीडित हालसम्म पनि टिनको छानामै बस्न बाध्य भएका छन् । २०८० कात्तिक १७ गते मध्यराति भूकम्पमा परी जाजरकोटमा १५४ जनाको ज्यान गएको थियो । जाजरकोटका सात वटा
जुनीचाँदेमा युवाको रहस्यमय मृत्यु, सात जना प्रहरीको नियन्त्रणमा
जाजरकोटको जुनीचाँदेमा एक पुरुषको रहस्यमय मृत्यु भएकोे छ । जुनीचाँदे गाउँपालिका–६, मैप बस्ने ३० वर्षीय रामबहादुर शाही हराएको दुई दिनपछि शव फेला परेको हो ।
गैरसरकारी संस्थासँग समन्वय गर्न ऐन
गैरसरकारी संस्थासँग समन्वय गर्न कर्णाली प्रदेश सरकारले ऐन निर्माण गर्न लागेको छ । गैरसरकारी सङ्घ संस्थाको अभिलेख राख्न र सञ्चालन गरिने कार्यक्रम प्रभावकारी बनाउन ऐन निर्माण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ ।
गैरसरकारी संस्था महासंघ नेपाल सल्यानको अध्यक्षमा रेग्मी
गैरसरकारी संस्था महासंघ नेपाल, सल्यानको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट रामचन्द्र रेग्मी सर्वसम्मत रूपमा अध्यक्ष चयन हुनुभएको छ ।
कर्णालीका पचास स्थानीय तहलाई ८० प्रतिशत अनुदान
कर्णालीका अधिकांश स्थानीय तहले सङ्घीय सरकारबाट ८० प्रतिशतसम्म समपुरक अनुदान रकम पाउने भएका छन् । सरकारले समपुरक अनुदानसम्बन्धी कार्यविधि २०८१ मा अनुदान दिने सीमा निर्धारण गरेपछि स्थानीय तहले ८० प्रतिशतसम्म पाउने भएका हुन् ।
मह प्रशोधन उद्योग सञ्चालन
जाजरकोटको खलङ्गा साना किसान कृषि सहकारी संस्थाले पहिलो पटक मह प्रशोधन उद्योग स्थापना गरेको छ । सहकारीले इन इलम परियोजना अन्तर्गत हेल्भेटास नेपालसँगको सहकार्यमा खलङ्गा