भेडापालन
जुम्ला, माघ ३० गते । जुम्लाको तातोपानी गाउँपालिका– ८ स्थित थलाले गाउँमा स्थानीय कल्पना शाहीले पालेका भेडा । उक्त गाउँ भेडापालनका लागि प्रख्यात मानिन्छ । तस्बिरः रासस
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
कालीकोटको रासकोट नगरपालिका–६ का धने सार्की सोमबार दिनभरि निकै तनावमा देखिनुभएको थियो ।
लोपोन्मुख संस्कृति संरक्षणमा युवा
सुर्खेतका एक सयभन्दा बढी युवकयुवती लोप हुन लागेको कला संस्कृतिको संरक्षणमा जुटेका छन् ।
पार्टीले समुदायमा आधारित समाजवादलाई मुख्य कार्यदिशा बनाएको छः अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीले समुदायमा आधारित समाजवादलाई अहिले मुख्य कार्यदिशा बनाएको बताउनुभयो ।
वर्तमान सरकारले ल्याएकाे अध्यादेश पास हुँदैन : अध्यक्ष प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले संसदमा दर्ता गराएको विभिन्न अध्यादेशहरु पास नहुने दावी गर्नुभएको छ।
नाम्खा गाउँपालिका र स्तुपा सामुदायिक अस्पतालबिच सम्झौता
हिमाली जिल्लाको नाम्खा गाउँपालिका र राजधानीको स्तुपा सामुदायिक अस्पतालबिच उपचारमा विशेष छुट लिने सम्झौता भएको छ ।
स्थानीय तहका कर्मचारीले अल्टीमेटम दिँदै बुझाए ज्ञापनपत्र
कर्णाली सरकारले जारी गरेको स्थानीय सेवा गठन तथा सञ्चालन ऐनले अन्याय परेको भन्दै आन्दोलित स्थानीय तहका कर्मचारीहरुले अन्तिम अल्टिमेटम दिएका छन् ।
वीरेन्द्रनगरबाट देखिएको सूर्योदय
सुर्खेत, माघ २९ गते । सुर्खेतको वीरेन्द्रनगरबाट मङ्गलबार बिहान देखिएको उदाउँदै गरेको सूर्य। तस्बिरः रासस
एउटै वडामा तीन वटा प्रहरी चौकी
राजन रावतहुम्ला माघ २९ गते । उत्तरी नाम्खा गाउँपालिका– ५ मा तीन वटा प्रहरी चौकी स्थापना भएर सञ्चालनमा रहेका छन् । चीनसँगको सीमा नाकासमेत रहेको वडा भएको कारण पन तीन वटा प्रहरी चौकी स्थापना भएका हुन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले नाम्खा गाउँपालिका– ५ मा तीन वटा प्रहरी चौकी स्थापना भएर सञ्चालनमा रहेको बताउनुभयो । पहिलो साबिकको गाविस हुँदा मुचु गाउँ विकास समितिको मुचुमा मात्र पञ्चायती व्यवस्थामा स्थापना भएको प्रहरी ठाना भए पनि बहुदलीय व्यवस्थापछि प्रहरी चौकीमा परिवर्तन गरिएको थियो । उत्तरतर्फको सम्पूर्ण नामा सो प्रहरी चौकीबाट हेर्ने गरिएको थियो । सङ्घीयतापछि सीमा सुरक्षा चौकी हिल्सा स्थापना गरिएको बताउँदै उहाँले त्यसपछि एउटा वडामा दुई वटा प्रहरी चौकी रहेको बताउनुभयो । पछि सीमा सुरक्षा चौकी हिल्सालाई सहयोग गर्ने उद्देश्यले सोही वडाका यारीमा प्रहरी चौकी स्थापना गरिएको हो । हाल मुचुमा रहेको प्रहरी चौकीमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा चौकी सञ्चालन हुँदै आएको छ भने हिल्सामा रहेको सीमा सुरक्षा प्रहरी चौकी प्रहरी सहायक निरीक्षकको नेतृत्वमा रहेको छ । यता भरखरै स्थापना भएको यारी प्रहरी चौकी भने प्रहरी हवलदारको नेतृत्वमा सञ्चालन भएको छ । नेपालका हिमाली जिल्लाहरूमा एउटै वडामा तीन वटा प्रहरी चौकी रहेको जिल्लामा हुम्ला पनि पर्ने उहाँले बताउनुभयो । एउटा प्रहरीबाट अर्को प्रहरी चौकीमा पुग्न गाडीमा एक एक घण्टा समय लाग्ने गर्छ । हाल तीन वटै प्रहरी चौकीमा दरबन्दी अनुसार जनशक्ति भने रहेको छैन । एक वर्ष अगाडिसम्म हिल्सामा रहेको सीमा सुरक्षा प्रहरी चौकी हिउँदमा चार महिनाका लागि हिल्साबाट मुचुमा सार्ने गरिन्थ्यो । सशस्त्र प्रहरीको सीमा सुरक्षा प्रहरी हिल्सामा स्थापना भएर बाह्र महिना बस्न थालेपछि प्रहरी चौकी हिल्सामा पनि नेपाल प्रहरीको जनशक्ति बस्न थालेको हो । एक आपसमा समन्वय गरेर प्रहरी चौकीले काम गर्ने गरेको कारण सिमानामा सुरक्षा दिन सहज भएको उहाँले बताउनुभयो ।
सबै वडामा मुख्यमन्त्री रोजगार कार्यक्रम
कर्णालीका सबै वडामा ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ लागु भएको छ । यसअघि १५ वटा वडामा कार्यक्रम कार्यान्वयन हुन सकेको थिएन । चालु आर्थिक वर्षदेखि प्रदेशका सबै वडामा कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ ।
भवन अभावमा त्रिपालमुनि पढाइ
भूकम्प गएको १५ महिनासम्म पनि विद्यालय भवन नबन्दा यहाँको एक विद्यालयले अझै पनि बालबालिकालाई त्रिपालमुनि पढाइरहेको छ ।
नौ सय नब्बे मेगावाट राष्ट्रिय प्रसारणमा आउने
कर्णाली प्रदेशमा तीन निजी क्षेत्रले निर्माण गर्न लागेको जलविद्युत् आयोजनाको विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने सम्झौता भएको छ ।
एचपिभी खोप लगाउन सुरु
सरकारले थालेको राष्ट्रिय खोप अभियान अन्तर्गत पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप जुम्लामा लगाउन सुरु गरिएको छ ।
आयोजना बैङ्क कार्यविधि निर्माणको तयारी
प्रदेश सरकारले आयोजना बैङ्क निर्माण गरेर कार्यान्वयन गर्न लागेको छ । आयोजना बैङ्क कार्यान्वयनका लागि कार्यविधि निर्माण गर्न लागिएको हो । कार्यविधि निर्माणका लागि मन्त्री तथा मन्त्रालयका सचिवबिच छलफल गरिएको प्रदेश योजना आयोगले जनाएको छ ।
सुक्खा पहिरोले यातायात अवरुद्ध
कर्णाली कोरिडोर अन्तर्गत हुम्लाको खच्चा सडकखण्ड अवरुद्ध भएको छ । पटक पटक सुक्खा पहिरो आउने गरेको खच्चामा आइतबार बिहान पनि सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
कर्णाली प्रदेशबाट चार अर्ब बढीको कृषि तथा पशुजन्य उपज निकासी
कर्णाली प्रदेशबाट एक वर्षमा रु चार अर्ब बढीको खाद्यन्न, फलफूलसँगै पशु र दुग्धजन्य पदार्थ निकासी हुने गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा रु चार अर्ब बढीको खाद्यन्न, फलफूल, खसी बोका र दुग्धजन्य पदार्थ निकासी भएको हो ।
सञ्जीवनी फल खाएका १७ विद्यार्थी अस्पताल भर्ना
विद्यालय नजिकै रहेको सञ्जीवनी (स्थानीय भाषामा रतन्चोदो) को फल खाएपछि बिरामी भएका सल्यानको एक विद्यालयका विद्यार्थीहरु अस्पताल भर्ना भएका छन् ।
सुर्खेतबाट कुम्भमेला जाँदै गरेको बस बबईमा दुर्घटना : ४० यात्रु घाइते
सुर्खेतको वीरेन्द्रनगरबाट तिर्थयात्री बोकेर भारतको प्रयागराज कुम्भ मेला जाँदै गरेको बस बबई नजिक दुर्घटनामा परेको छ। सुर्खेतको भेरीगंगा नगरपालिकाको बबई नजिक भे १ ख ४३३१ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेततका उपपरीक्षक रूपेश खड्काले जानकारी दिनुभयो।
स्काभेटर कर्णाली नदीमा डुक्दा बेपत्ता भएका तीन जनाको शकुसल उद्धार
मुगु र बाजुरा जिल्लाको सिमाना झुगोलामा कर्णाली नदीमा स्काभेटर फस्दा बेपात्ता भएका तीन जनाको सकुशल उद्धार गरिएको छ ।
चुल्होमा परेर जलेका ६ महिने बालकको मृत्यु
रुकुमपश्चिममा घरकै चुल्होमा परेर जलेका एक ६ महिने नाबालकको मृत्यु भएको छ ।
रुकुमपश्चिममा भेटियो बम
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकास्थित नेपाली सेनाको ब्यारेज नजिकै बम फेला परेको छ। वडा नम्बर ६ बित्तास्थित लालीगुराँस सामुदायिक वन क्षेत्रमा आइतबार बिहान बम फेला परेको हो।
निजामती कर्मचारी सङ्गठन जाजरकोटको अध्यक्षमा विसी निर्वाचित
नेपाल निजामती कर्मचारी सङ्गठन जाजरकोटको अध्यक्षमा निराजन विसी निर्वाचित हुनुभएको छ ।
साना सिँचाइलाई पालिकामै सम्झौता
कृषि विकास कार्यालय दैलेखले ११ स्थानीय तहका ९१ वटा साना सिँचाइ आयोजनामा पाँच करोड रुपियाँ खर्च गर्न लागेको छ ।
वन कार्यालय आफ्नै भवनमा
डिभिजन वन कार्यालय दैलेखको आफ्नै भवन निर्माण भएको छ । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सो भवनको उद्घाटन गर्नुभयो ।